CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » भीरबाट बस खसाल्ने चालकसँग ‘नक्कली लाइसेन्स’

भीरबाट बस खसाल्ने चालकसँग ‘नक्कली लाइसेन्स’

licence५ असार, सिन्धुपाल्चोक । १४ जना गाउँलेको ज्यान जाने गरी बस सल्लेभीरबाट खसालेर भागेका चालक माइला तामाङले नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाएर गाडी
चलाउँदै आएको खुलेको छ । पक्राउपछि हिरासतमा राखेर गरिएको दुई साता लामो अनुसन्धानपति यो तथ्य खुलेको नागरिक दैनिकमा खबर छ
बागमती अञ्चल यातायात कार्यालयले तामाङको नाममा जारी लाइसेन्स नक्कली पुष्टि गरेपछि कर्तव्य ज्यानअन्तर्गत सर्वस्वसहित जन्मकैदको माग गर्दै मुद्धा चलाउने तयारी प्रहरीले गरेको छ । ‘चालकको लाइसेन्स नक्कली पुष्टि भयो । अब कर्तव्य ज्या मुद्दामा कारबाही चलाउँछौं’, दुर्घटनाको अनुसन्धान गरिरहेका इलाका प्रहरी कार्यालय मेलम्चीका इन्सपेक्टर सदीप्राज पाठकले भने। उनलाई मंगलबार जिल्ला अदालतमा हाजिर गराई अनुसन्धानका लागि १० दिनको म्याद लिएर कारबाही प्रक्रिया अघि बढाएको उनले जानकारी दिए ।
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis