शेरबहादुर सिंह। महेन्द्रनगर, ३ असार। तीन दिनदेखिको भीषण बर्षाका कारण महाकाली नदीमा आएको बाढीले दार्चुला सदरमुकाम खलंगामा ५० भन्दा बढी घर बगाएको छ। अझैपनि बर्षा जारी रहेकाले सदरमुकाम क्षेत्र उच्च जोखिममै हरेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ। आइतवार रातीदेखी कटान तिव्र रुपले हुनथालेपछि सर्वसाधारणहरुमा त्रास फैलिएको छ। सदरमुकामबासीहरु सुरक्षित स्थानतर्फ बसाई सरिरहेका छन्।
वाढीले तीनजनालाई वगायो
त्यसैगरी उर्लिएको महाकाली नदीको बाढी हेर्न गएकी दार्जुला धाप गाविस–५ कि ३१ वर्षीया सरस्वती रैखोला बेपत्ता भएकी छन्। यता कञ्चनपुरको महाकाली पारी चादँनी–६ का स्थानीय नन्दसिंह ठगुन्ना र कोशिल्ला सुनार पनि नदीमा बेपत्ता भएका छन्। चादँनीका स्थानीय ठगुन्ना र सुनार महाकाली नदीमा आएको बाढीले ल्याएको दाउँरा बटुल्न गएको प्रहरीले जनाएको छ। दार्जुलामा बाढीले सबैभन्दा बढी क्षती खलंगा गाविस–५ बाँगाबगडमा पुर्याएको प्रहरीले जनाएको छ। महाकालीको बाढी गाउँपसेपछि दार्चुलामा मात्रै सयौं घर डुबानमा परेका छन्।

सरकारी कार्यालय पनि वगायो
त्यसैगरी बाढीले दार्चुलाका विभिन्न सडकहरु पनि भत्काएको छ। बाढीकै कारण जिल्ला वन कार्यालय, भु संरक्षण कार्यालय लगायतका पाचँ वटा कार्यालयहरु पनि बगाएको छ। गल्फैका आधा दर्जन बढी घर समेत बगाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। जिल्ला अस्पताल, विद्युत प्राधिकरण, जिल्ला प्राविधक कार्यालय समेत बाढीले बगाएको छ। सवै कर्मचारी जिल्ला शिक्षा कार्यालयमा वसिरहेको जिल्ला शिक्षा अधिकारी दुर्गादत्त विष्टले बताउनुभयो। ‘राती बाढीको अवस्था हेरेर वस्छौं, एकदमै खतरा भयो भने सुरक्षित स्थानतर्फ लाग्नु पर्छ’ शिक्षा अधिकारी विष्टले भन्नुभयो। जिल्ला अस्पतालको शव राख्ने घर, जिल्ला वन कार्यालयको कर्मचारी निवास, अपी नाम्पा संरक्षण क्षेत्र, जिल्ला खेलकुद विकास समितको कार्यालय, खुल्ला मञ्च समेत बाढीले कटान गरिरहेको छ।

खलंगा गाविस–४ मा रहेको स्रोत केन्द्र भवन बगाएको छ। बह्मदेव गाविसको कालागाड लघुजलविद्युत आयोजनाको पावर हाउस समेत बगाएको छ। तिंकरखेडा, गल्फै, खेट्याबगड, नमस्कारका साथै धाप, लाली, दत्तु र उकुका सयौ घर उच्च जोखिममा परेका छन्। अझै कटान जारी रहेकाले विस्थापित हुने क्रम जारी छ। जिल्ला प्रहरी र नेपाली सेनाले रातीदेखी नै सदरमुकामका घर खाली गराएको थियो। उक्त कार्य अहिले पनि जारी छ। बाढीले जिल्ला प्रहरी कार्यालय र नेपाल टेलिकम शाखा दार्चलाको भवन रहेको ठाउँमा कटान थालेकाले दुवै भवनका सामान खाली गरिएको छ। जिल्ला प्रहरीको सवै सामान दार्चुला वहुमुखी क्याम्पसमा सारिएको प्रहरी नाउव उपरिक्षक कुवेर कडायतले बताउनुभयो।
नदीमा पानी अहिलेसम्मकै उच्च
सोमबार महाकाली नदीमा पानीको बहाव ४ लाख ४० हजार ३ सय १६ क्युसेक नाघ्यो। सुदूरपश्चिमको पहाडी भेगमा लगातार झरी परेपछि महाकाली नदीमा पानीको बहाव बढेको हो। महाकालीमा पानीको बहाव अहिलेसम्मकै उच्च हो। यो अहिलेसम्मकै बढी भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। गत वर्ष तीन लाख ७१ हजार क्युसेक पानीको वहाव पुगेको थियो। ४ लाख क्युसेक भन्दा बढी नाघेपछि खतरा मानिन्छ। सोमबार बिहान पानीको बहाव १ लाख ६१ हजार बढी रहेको थियो। पानी बढेपछि भीमदत्त नगरपालिका–११, १२ र १३ वडामा बाढीले कटान शुरु गरेको छ। बर्षा नरोकिएकाले पानीको बहाव अझैं बढ्ने सक्ने देखिएको छ। महाकाली नदीमा पानीको बहाव बढेपछि नेपाल–भारत आवत जावत गर्ने एक मात्र पश्चिमी बनबासा नाकास्थित शारदा व्यारेजमा आवागमन बन्द गरिएको छ।

महाकालीको टापुमा थुनिएका २३ जनाको उद्धार
महाकालीको टापुमा थुनिएका २३ जनाको उद्धार स्थानियले ट्युवमार्फत गरे। आइतबार साझँदेखि महाकाली नदीको बिच टापुमा सवारीसाधनसहित थुनिएका सर्वसाधारणहरुको उद्धार गरिएको हो। पानी बढेपछि ढुंगा, गिट्टी र बालुवा लिन गएका २३ जना सर्वसाधारण टापुमा थुनिएका थिए। उनीहरुलाई उद्धार गर्न नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरी खटिएको थियो। पानीको बहाव बढेपछि उनिहरु आइतावार रातीदृखी नै टापुमा थुनिएका थिए। स्थानिय , प्रहरी र सेनाले ट्युवको मद्धतले टापुमा थुनिएकाहरुको उद्धार गरेको हो।

तटवन्धका कारण वढी क्षती
वाढीले नेपाल र भारत दुवैतर्फ क्षती पुर्याएपनि भारततर्फ पक्की तटवन्ध भएकोले नेपालतर्फ नदीको बहाव फर्केको छ। नेपालको स्वीकृती विना सीमाको नदीमा लगाइएको तटवन्ध र कतिपय ठाउँमा नदीलाई पेलेर लगाइएको पक्की तटवन्धका कारण नेपालतर्फको भागमा नदी पसेको छ। नेपालतर्फको तटवन्ध सामान्य खालको मात्र भएकोले त्यसैको आडमा रहेको सरकारी कार्यालय र घरहरुमा क्षती पुगेको छ।

वाढीले धौलागञ्जा जलविद्युत परियोजनामा समेत प्रभाव पार्न सक्ने भन्दै ड्यामको पानी छोडेका कारणपनि पानीको वहाव वढी भएको स्थानियहरु वताउँछन्। हाम्राकुरा डटकमसँग कुरा गर्दै दार्चुलाका स्थायी वासिन्दा तथा नेपाली काँग्रेसका प्रवक्ता दिलेन्द्र वडुले यस बारेमा सरकारसँग पार्टीका तर्फबाट सभापति शुसिल कोइराला तथा आफू स्वयंले मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी र परराष्ट्र तथा गृहमन्त्री माधव घिमिरेसँग जानकारी लिंदा भारतीय दुतावासलाई उदृत गर्दै धौलागञ्जा जलविद्युत परियोजनाबाट पानी नछोडेको जानकारी आफूलाई गराएको बताउनुभयो।
नेपालस्थित भारतीय दुतावासले परियोजनाबाट पानी नछोडेको दावी गरेको छ। दार्चुलाका वासिन्दाले पनि भारतीय पक्षले पानी छोडको भएपनि एकैपटक नछोड्न भनेका छन्। आइतवार राती मात्रै दार्चुलाबाट कञ्चनपुर आइपुग्नुभएका काँग्रेस प्रवक्ता बडुले भारतीय जलविद्युत परियोजनाको वाँध पनि वाँचोस पानी पनि नवढोस भन्ने हिसावले पानी छोड्नुपर्ने बताउनुभयो।
उद्धार, पुनर्स्थापना र पूनर्निर्माणको माग
महाकालीको वाढीले धेरै क्षती पुर्याएको छ। नेपाली सेना, नेपाल प्रहरी वाढीपछि उद्धारमा जुटेको छ। वाढीले वैतडीदेखि दार्चुला जाने वाटो अवरुद्ध गरेको छ। उद्धारका लागि सडकमार्ग भएर जान समेत असम्भव भएको छ। वाढी तथा पहिरोले धेरैलाई विस्थापित गरेको छ। करोडौंको भौतिक सम्पतिमा क्षती पुगेको छ। प्रवक्ता वडुले तत्काल पिडितहरुलाई राहत सामग्री पुर्याउन माग गर्नुभएको छ। पिडितहरुलाई युद्धस्तरमा उद्धार गरी पुनर्स्थापना गर्न र भत्किएका संरचनाको पूनर्निर्माणमा लाग्न वढुले सरकारसँग माग समेत गर्नुभएको छ।

(काठमाडौंमा अजयबाबु शिवाकोटी)
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !