CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » निर्वाण चौधरी सम्बन्ध बिच्छेद गर्दै !

निर्वाण चौधरी सम्बन्ध बिच्छेद गर्दै !

काठमाडौं, ३ असार। चौधरी समुहका प्रमुख विनोद चौधरीका जेष्ठ पुत्रको विवाहेत्तर सम्बन्ध र त्यसले ल्याएको पारिवारीक तनाव अहिले चर्चामा रहेको छ। संगीतका पारखी र पार्टी-ह्याङ्ग आउटका सौखिन निर्वाणको साँझ पार्टीहरुमा नै बित्ने गरेको छ। उनलाई काठमाडौका ठमेल,
झम्सिखेल र पाँचतारे होटलहरुको डिस्को-बारमा संधै जसो साँझ भेटिने गरिन्छ।
उनी आफु व्यवसायिक डिजे (डिस्को जकी) पनि हुन र उनले ‘डिजे’ एल्बम पनि निकालेका छन्। यही सौखका कारण उनको केटीहरुप्रतिको मोह पनि उतिकै देखिन्छ। उनको अघि पछि केटीहरुको लर्को हुने र केटीहरुसँग समय विताउने बानीले गर्दा उनको बैवाहिक सम्बन्ध शुरु भएको १ बर्षमा नै बिग्रिन शुरु गरिसकेको थियो।
सम्वन्ध विग्रदै जाँदा उनकी श्रीमती स्वस्ती मित्तल चौधरी १ बर्ष पछि माईती गईन र विनोद चौधरी स्वयंम गएर फर्काएर ल्याएका थिए जुन लामो समय टिक्न नसके पछि स्वस्ती फेरि माईती फर्केकी थिईन। अहिले निर्वाण-स्वस्तीको सम्बन्ध बिच्छेदको प्रकृया शुरु भैसकेको र केही समयमा नै पुरा हुने श्रोतले बताएको छ।
चौधरी समुहमा काम गर्ने कर्मचारीहरुका अनुसार विनोद चौधरीले बुहारीलाई चाँद बाग स्कुल लगायत अन्य व्यापारिक काममा लगाउन खोजे पनि निर्वाणसँगको व्यक्तिगत समस्याले गर्दा काममा केन्द्रित हुन नसकेको बताईन्छ। स्वस्ती काम सिक्न खोज्ने र शालिन प्रकृतीकी छन भनेर उनीसँग कामगरेकाहरु अझै कुरा गर्ने गर्छन्।

निर्वाण र स्वस्तीबीच सम्वन्ध विग्रदै जाँदा उनीहरु घरमा पनि छुट्टा छुट्टै कोठामा रहने गर्थे। माथिल्लो तलामा निर्वाण बस्थे भने तल्लो तल्लामा स्वस्ती बस्ने गर्थिइन।
निर्वाण चौधरीको पछिल्लो समय कार्की थरकी एक यूवतीसँग प्रेम सम्बन्ध चलिरहेको चर्चा छ। त्यस अघि भने राणा थरकी युवतीसँग पनि उनको लामै विवाहेत्तर सम्बन्ध रहेको थियो। ती राणा थरकी महिलाको भारतिय व्यापारीसँग विवाह भएपछि निर्वाणले ती कार्की थरकी महिलासँग सम्बन्ध बढाएको बताईएको छ। उनीहरु राती अबेरसम्म विभिन्न बार, क्लब र रेस्टुरेन्टमा भेटिने गरेको जानकारी दिंदै स्रोतले भन्यो, बेलायतबाट उच्च शिक्षा हासिल गरेका निर्वाण र कार्कीको अध्ययनका क्रममा उतै चिनजान भएको हो।
चौधरी ग्रुपको प्रबन्ध निर्देशक रहेका निर्वाण कार्यमा भन्दा जुनसुकै बेला प्रेमिकासँग नै गफिन थालेको भन्दै परिवारका सदस्य उनीसँग असन्तुष्ट बन्दै आएको बताइन्छ। यही प्रकृतीका कारण निर्वाणलाई बाबु बिनोदले खासै विश्वास नगर्ने र उनको बिचारहरु पनि चौधरी समुहमा नसुनिने त्यहाँ कार्यरतहरुले बताएका छन्।
पाईन चुरोटको प्रवर्धनात्मक अभियानको बेला इटहरीको एक रेष्ट्रुरेन्टका वेटरलाई खुसी भएर टेलिभिजन उपहार दिने आदेश दिएपछि त्यहीको एक स्थानिय विक्रेताबाट उक्त उपहार दिनलगाईयो तर अहिलेसम्म सो टिवीको सोधभर्ना नभएको चौधरी समुहमा कामगर्ने कर्मचारीहरुले बताएका छन्।  उनको अडी कार नेपाल भित्र्याउने इच्छा पनि बाबु बिनोद चौधरीको उनी प्रतिको अविश्वासले पुरा हुन नसकेको पनि श्रोतले बताएको छ। हार्ड रक क्याफे भित्र्याउने सपना पनि त्यसरी नै तुहिएको थियो।
तर पारिवारीक रुपमा जे जस्तो भएपनि निर्वाण चौधरी सह्रदयी र सहयोगी भएको उनिसंग निकट रहेकाहरुको भनाई छ। -हाम्रा कुरा बाट 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis