स्टोन, मिरान्दा केर, क्रिस्टन स्टेवार्ट, जेसिका गोम्ज, जेसिका पेर तथा मिखेल जेन्के क्रमशः एकदेखि दशस्थानसम्म रहेको उक्त सूचीमा विख्यात महिला सेलिब्रेटीहरू एन्जिलिना जोली, केट विलिम्स, नताली पोर्टम्यान, ऐश्वर्या राय आदिसँगै अमृता आचार्य ९४औं स्थानमा छिन्।
भारतीय अंग्रेजी दैनिक टाइम्स अफ इन्डियाले आफ्नो वेबसाइटमा '९९ फेन्ट्यासी वुमेन' शीर्षकमा पिपुल म्यागजिनको लिंक राखेको छ। जहाँ सय जना महिला सेलिब्रेटीको तस्बिर ग्यालरी छ। एचबीओ च्यानलबाट प्रसारण हुने लोकपि्रय धारावाहिक 'गेम अफ थ्रोन्स' तथा 'द डेभिल्डस डबल'की मुख्य अभिनेत्री अमृता आचार्यको थर भने साइटमा आचार्यको साटो 'आचरिया' उल्लेख गरिएको छ र भनिएको छ- 'अमृता नेपालमा जन्मिएकी र बेलायतमा पढेकी युवती हुन्।' चलचित्रसम्बन्धी नेपाली साइट मेरोसिनेमा डटकमले उक्त लिंक राख्दै बताएको छ 'काठमाडौंमा जन्मिएकी अमृता नर्वेकी बासिन्दा हुन्। उनले अहिलेसम्म नेपालको नागरिकता त्यागेकी छैनन्। १३ बर्षको उमेरमा उनी सपरिवार नर्वे पुगेकी थिइन्। हलिउडको अर्को चर्चित चलचित्र 'कम्पनी अफ वुल्भस्'मा पनि उनले सानो भूमिका निर्वाह गरेकी छिन्। बेलायती ड्रामा सिरिज 'क्याजल्टी'मा पनि उनी थिइन्।' विश्वका विभिन्न जानकारी रहने साइट 'विकीपिडिया डट ओआरजी' ले पनि अमृताका बारेमा उक्त जानकारीका साथ उनका बुवा नेपाली तथा आमा युक्रेनी भएको कुरा उल्लेख गरेको खबर साप्ताहिक मा छ।
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !