यो कुनै विज्ञापन होइन । 'सित्तैमा' भनेर धेरै वस्तु वा सेवाको विज्ञापन गरिन्छ तर वास्तवमा तिनीहरू सित्तैमा हुँदैनन् । तिनका लागि हामीले प्रत्यक्ष वा परोक्ष रूपमा केही न केही पैसा तिरिरहेकै हुन्छौँ । कहिलेकाहीं गुगल-फेसबुकको सेवा वा पैसा तिर्नु नपर्ने टीभी च्यानलका समाचार
जसरी निःशुल्क पनि केही पाइएको हुन सक्छ । तर हामीले विज्ञापन हेरेबापत पाएको लाभका आधारमा मात्र सेवा प्रदायकले त्यो सेवा दिएको हुन्छ ।
सित्तैमा पाइने कुरा त नदीको पानीजस्तो हुनुपर्छ- धाएर जानु मात्र पर्छ, जत्ति पनि पाइन्छ । वनको शीतलता जस्तो हुनुपर्छ- गएर निस्पिmक्री रमाउन मात्र जान्नुपर्छ, असीमित आनन्द पाइन्छ । सित्तैमा नै दिइएको कुरा त विकिपिडियाजस्तो हुनुपर्छ- कम्प्युटर खोलेर सहभागी मात्र हुनुपर्छ, संसारभरका जानकारी पाउन र आफूले जानेका कुरा संसारलाई बताउन पाइन्छ । यी तीनैवटा कुराका प्रयोक्ता- उपभोक्ताले पालना गर्नुपर्ने नियम पनि एउटै छ- यहाँ जथाभावी गरेर यसको सौन्दर्य, महत्त्व र विशिष्टतामा खलल नपुर्याइदिनुहोला ।
रमाइलो कुरा त यो नियम पनि नैतिक नियम मात्र हो । कसैले बिगार-बद्मासी गरिहाले त्यसबाट जोगिने विधि-प्रविधि पनि यी सबैमा एकैएकै खालको छ । नदीले आफैँ संगलिने कोसिस गर्छ, वनले आफैँ पलाउने प्रयास गर्छ र विकिपिडियामा पनि कसैले प्वाल पारिहाले पनि सहभागीले त्यसका प्वाल टाल्दै जान्छन् ।
विद्वान् पाठकलाई 'यसले विकिपिडियाको विज्ञापन गर्न लाग्यो' भन्ने लागिसक्यो होला । लाग्यो भने पनि म त्यसमा एउटा शब्द मात्र फेरिदिन आग्रह गर्छु । यो विज्ञापन होइन, बरु प्रचार हो । त्यसभन्दा पनि यसलाई 'विकिपिडियाको बढाइ' भने बेस होला । दुइटा कुराले विकिपिडियालाई 'गजब'को बाट 'महान' बनाएर बढाइ गर्नैपर्ने पारिदिएको छ । पहिलो हो यसको सर्वथा गैरव्यापारिक चरित्र, जसले यसलाई संसारका सबै व्यक्तिका लागि उसरी नै उपलब्ध हुने अवस्थामा राखेको छ । दोस्रो हो यसको सामग्रीको निर्माण्ामा संसारको जुनसुकै व्यक्ति पनि उसरी नै सहभागी हुने व्यवस्था, जसले गर्दा यो संसारका कुनै पनि भाषामा प्रकाशित हुन सक्छ र यसमा संसारका सबै कुराका बारेमा सामग्री अटाउन सक्छ ।
एकछिन पुराना कुरा
संसारभरका कुरा जान्ने मान्छको चाहनाले विश्वकोष अर्थात् इन्साइक्लोपिडियाको जन्म र विकास भएको हो । 'हिस्ट्री अफ इन्साइक्लोपिडिया' भनेर विकिपिडियामा खोज्दा ईपू पहिलो शताब्दीका 'नाइन बुक्स अफ डिसिप्लेन' देखिका कुरा आउँछन् । पछि विश्वकोष तयार गर्ने संस्थाहरू विकास भए र छापाखानाको विकास भएपछि विश्वकोषहरू बजारमा पनि आउन थाले । विश्वकोषहरू जानकारीका भण्डार त थिए नै मानिसको प्रतिष्ठाका सूचक पनि बने । छालाको गातामा सुनौलो अक्षरले नाम आदि लेखिएका इन्साइक्लोपिडियाका भोल्युमहरू निजी पुस्तकालयमा सजाएर राख्न सक्ने मान्छेको धन र ज्ञानको हैसियतले अरूलाई पनि लोभ्याउन थाल्यो, एक दशकअघिसम्म पनि यो क्रम चली नै रहेको थयो ।
मैले पढेको स्कुलमा रहेको 'वल्र्डबुक' नामक इन्साइक्लोपिडिया नै मैले देखेको पहिलो इन्साइक्लोपिडिया थियो । सम्भवतः सात कक्षामा हुँदा मलाई इन्साइक्लोपिडियाका बारेमा थाहा भयो । आफ्नो उत्सुक स्वभावका कारण्ा त्यसमा हेर्नु पर्ने कुराको मेरो सूची लम्मिँदै थियो तर मेरो उमेरको व्यक्तिले ती चिल्ला किताबका पानाहरू पल्टाउन पाउनु सम्भव थिएन । एसएलसीपछि काठमाडौँ आएपछि सम्भावनाका धेरै ढोकाहरू खुले र अनेक कुराका बारेमा जानकारी पाउन चाहने मेरो जिज्ञासाको किरो शान्त हुन थाल्यो । आपmनै क्याम्पस, खिचापोखरीस्थित अमेरिकी पुस्तकालय र कान्तिपथमा रहेको बि्रटिस काउन्सिलमा गएर ठुल्ठूला र चिल्लाचिल्ला किताबका पाना पल्टाउन पाउँदा संसारकै ज्ञानकोषको चाबी हातमा परेजस्तो हुन थाल्यो । तर आपmनै इन्साइक्लोपिडियाको मालिक हुने सपनासित अरू धेरै कुरा पनि जोडिएका थिए, त्यो भने कहिल्यै पूरा भएन ।
डिजिटल युगमा इन्साइक्लोपिडिया
२०५२ सालतिर एकजना साथीले पठाइदिएको एन्कार्टा मेरा हातमा परेको पहिलो डिजिटल इन्साइक्लोपिडिया थियो । आपmनै स्वामित्वमा आएको त्यो मल्टिमिडिया सुविधाहरूले युक्त इन्साइक्लोपिडियाले मेरो लामो समयदेखिको रहर शान्त पारेको थियो । मैले 'सित्तैमा' पाए पनि माइक्रोसफ्टले निकालेको त्यो इन्साइक्लोपिडिया निकै महँगो थियो । भन्न त नहुने, तर पाइरेसीका कृपाले पछि इन्साइक्लोपिडिया बि्रटानिकाका डिजिटल प्रतिहरू पनि सस्तैमा किन्न थालियो ।
२०६२ तिर मदन पुरस्कार पुस्तकालयका निर्देशक अमर गुरुङबाट विकिपिडियाका बारेमा जानकारी पाउँदा म छक्क परेको थिएँ । त्यसबेला इन्दिबर बडाल र युकेश रञ्जितले नेपाली र नेवारी विकिपिडियाको काम पनि थालिसकेका थिए । विकिपिडियाका बारेमा लगभग पाँच वर्षपछि मात्र थाहा पाउँदा मलाई आफू समयभन्दा धेरै पछाडि परेको अनुभव भयो । 'आममान्छेले लेख्न र सम्पादन गर्न सक्ने इन्साइक्लोपिडिया'का बारेमा थाहा पाउँदा मलाई पनि अरू धेरैलाई जस्तो 'त्यसको गुण्ास्तर कसरी कायम रहला' भन्ने लागेको थियो । तर विस्तारै इन्कार्टा र बि्रटानिकाका डीभीडी किन्न छाडियो । विकिपिडिया आवश्यकताभन्दा पनि आदत बन्न थाल्यो ।
आपmना पानाहरूमा कसैको विज्ञापनसमेत नगर्ने विकिपिडिया एउटा प्राविधिक विकास मात्र होइन, एउटा दर्शन हो । यसले धेरै पढेलेखेका र आपmनो ज्ञान प्रमाण्ाित गरिसकेका व्यक्ति मात्र होइन, जससुकैलाई पनि लेख्ने, सम्पादन गर्ने र विश्वकोषमा आफूसित भएका तस्बिर र श्रव्यदृश्य सामग्री राख्ने अधिकार दिएर ज्ञानको साम्राज्यमा हजारौँ वर्षदेखि रहेको सम्भ्रान्तहरूको एकाधिकारको अन्त्य गरेको छ । फलतः हिजोसम्म इन्साइक्लोपिडियाका लागि सर्वथा अनुपयुक्त मानिने विषयवस्तुले पनि यो, सही अर्थमा विश्वकोष भनिन लायक इन्साइक्लोपिडियामा प्रवेश पाएका छन् । विकिपिडियाले मानिस समान्यतः असल र उत्तरदायी प्राण्ाी हो, विश्वकोषकै चाबी हातमा हुँदा पनि यसले बद्मासी गर्दैन भन्ने पनि प्रमाण्ाित गरेको छ ।
नेपाली विकिपिडिया
एउटा शब्दकोषको नयाँ संस्करण्ा किन्न वर्षौँसम्म पखिर्नुपर्ने नेपालमा नेपाली भाषामा विश्वकोषको परिकल्पना गर्न पनि सजिलो थिएन । तर नेपाली विकिपिडियाले त्यसलाई सम्भव बनाइदिएको छ । नेपालीमा पूरा-अपूरा गरी २३ हजारभन्दा बढी लेखहरू संकलित छन् । नेवारीमा ७० हजारभन्दा बढी लेखहरू छन् । भोजपुरी, पाली र संस्कृतमा पनि राम्रै विकिपिडियाहरू छन् । मैथिली, थारू, तामाङ, अवधी, लिम्बू, गुरुङ, शेर्पा र लेप्चामा पनि विकिपिडियाको तयारी भइरहेको छ । अर्थात्, नेपाल र नेपालीका बारेमा अब आपmनै भाषाहरूमा लाखौं जानकारीहरूको संकलन र संरक्षण्ा हुने बाटो खुलेको छ ।
पूरा लेख मात्र होइन, विकी कमन्समा एउटा फोटो मात्र पनि राख्न सक्ने सुविधाले कम्प्युटरमा राम्रोसित लेख्न नसक्ने व्यक्तिहरूलाई पनि सहभागी हुने अवसर दिएको छ । अब हामी कुनै पनि विषयमा लेख्न, अरूले लेखेका कुरा सम्पादन गर्न वा आफूले खिचेका फोटाहरू समेत यो विश्वकोषमा राख्न सक्छौँ । नेपाली विकिपिडियाका प्रबन्धक र विकिमिडिया नेपालमा अध्यक्ष गण्ाेश पौडेल भन्छन्, 'विश्वकोषको सामग्री निर्माण्ामा हामी सम्पूण्र्ारूपमा स्वतन्त्र छौँ । आपmना बारेमा संसारले के पढोस् भन्ने लाग्छ त्यो हामी राख्न सक्छौँ । उदाहरण्ाका लागि एउटा इटालियनले किनेमाका बारेमा पढ्न पाओस् र नेपालीले आफूलाई सजिलो लाग्ने भाषामा पिज्जाका बारेमा पनि पढ्न पाओस् । विकिपिडियाले त्यसलाई सम्भव बनाइदिएको छ ।' उनी थप्छन्, 'उदाहरण्ाका लागि विकी प्रोजेक्ट मेड नामक चिकित्सा क्षेत्रको अभिरुचि समूहले चिकित्सा विज्ञान र परम्पराका बारेमा कुरा गर्छ । हामी त्यसका कुरा त सिक्न सक्छौ नै हाम्रा परम्परागत चिकित्सा प्रण्ाालीहरूका बारेमा पनि संसारलाई जानकारी दिन सक्छौँ ।' यसै प्रयोजनका लागि आउँदो अक्टोबरमा 'विकी प्रोजेक्ट मेड'का सदस्यहरू नेपाल आउँदै छन् ।
हामी के गर्न सक्छौँ ?
विकिपिडियामा एउटा फोटो प्रतियोगिता छ, जसको नाम हो 'विकी लभ्स मोन्युमेन्टस्' अर्थात्, विकीले पुरातात्त्विक भौतिक धरोहरहरूलाई माया गर्छ । यो पुरस्कारसहितको प्रतियोगितामा सहभागी हुनु भनेको आपmना धरोहरलाई विश्व ज्ञानकोषमा राख्नु हो । नेपाली विकिपिडियाका एकजना प्रबन्धक सरोज ढकाल भन्छन्, 'आउँदो सप्टेम्बरमा हामी नेपाली धरोहरकै फोटो प्रतियोगिता गर्दै छौँ ।'
हामी यस्ता विविध प्रतियोगिताहरूका बारेमा जानकारी लिन सक्छौँ, त्यसमा सहभागी हुन सक्छौँ । हामी आपmनो गाउँका बारेमा, आफूले मन पराएका वा मानेका व्यक्तिका बारेमा, आफूलाई मनपर्ने खानेकुराका बारेमा वा अरू जे पनि यसमा राख्न सक्छौँ । राजनीतिक नेताहरू वा व्यापारिक निकायहरूले फेसबुकमा खर्च गर्ने अलिकति समय विकिपिडियामा लगाए भने आफूलाई नै विश्वकोषमा हेर्न सक्छन् । हाम्रासामु यो सित्तैको स्रोतमा सित्तैमा सामग्री राख्न सक्ने अपरिमित सम्भावना छन् ।
नेपाली विकिपिडियाका केही पाना हेरेर एकजना भाषाका पण्डितले मलाई भने,
'तपाईँलाई त हामी शुद्ध र राम्रो भाषाको पक्षधर पो मान्छौँ त, यस्तो भाँडभैलो भाषामा लेख्नेहरूलाई किन प्रोत्साहित गर्नुभएको ?' भनेँ, 'शुद्ध भाषा लेख्न जान्दैनौँ भनेर उनीहरू चुप लागेका भए वा शुद्ध लेख्ने तपाईं हामीजस्ता मान्छेको बाटो हेरेका भए अहिलेसम्म पनि सम्भवतः यो सुरु हुने थिएन ।'
उनको प्रतिप्रश्न थियो, 'के अब नेपाली भाषा यस्तै हुने हो त ?' भनेँ, 'होइन, चित्त नबुझेका कुरा भए तपाईं हामी सच्याउन सकिहाल्छौँ नि । जोत्ने र रोप्ने काम सुरु भएको छ । बारीमा झार देख्दा जसलाई दिक्क लाग्छ, त्यसले कि त गोड्नुपर्छ, कि त चुप लाग्नुपर्छ ।'
बुझ्नुपर्ने कुरा, माथि नाम आएका सबै व्यक्तिहरूले सित्तैमा काम गरेर यो सित्तैको विश्वकोषमा पाना थपेका छन् । हामी सूचना समृद्धिको बाटामा अघि बढिरहेका छौँ ।
साभार : ईकान्तिपुर
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !