CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » एन्जेलिनाले स्तन फाल्दा मनीषा प्रभावित

एन्जेलिनाले स्तन फाल्दा मनीषा प्रभावित

manisaन्यूयोर्क। पाठेघरको क्यान्सरबाट भर्खरै मुक्त भएकी बलिउड नायिका मनिषा कोइरालाले क्यान्सर भएपछि स्तन फाल्ने साहस गर्ने एन्जेलिना जोलीको प्रशंसा गरेकी छिन्। ‘पाठेघर वा स्तन फाल्दैमा महिलाले आफूलाई नारी नभएको अनुभव गर्दैनन्। नारीत्व मानिसको
शरीर वा अंगमा होइन मुटु र आत्मामा बसेको हुन्छ। यस्तो संगीन घडीमा एन्जेलिना जोलीको प212मा उभिएका ब्राड पिटदेखि म निकै प्रभावित छु,’ मनिषाले भनेकी छिन्।
दी अमेरिकन बजार नामक अनलाइनलाई विशेष अन्तर्वार्ता दिंदै उनले यस्तो धारणा राखेकी हुन्। क्यान्सर आफ्नो जीवनमा आँधीबेहरी बनेर अचानक आएको पनि मनिषाले बताएकी छिन्। उनले थपेकी छिन्, ‘हामीलाई रोगले किनारामा नधकलेसम्म त्यसबारे सोचेकै हुँदैनौं।’
आफूलाई क्यान्सर लाग्ला भन्ने कहिल्यै नसोचेको कुरा पनि उनले बताएकी छिन्। साथै क्यान्सर पूर्ण रुपमा निको होला भन्ने समेत नलागेको उनको अनुभव छ। स्वस्थकर खाना, व्यायम, तनावमुक्त भएर बस्नाले यस्तो असाध्य रोगबाट बच्न सकिने उनले सुझाव दिएकी छिन्। सागसब्जी, गेडागुडी खानाले स्वास्थ्यका लागि राम्रो हुने उनले अन्तर्वार्तामा भनेकी छिन्।
अब आफूले करियरसँगै गुणस्तरीय जीवन जिउने कुरा पनि बताएकी छिन्। यो पूरा गर्नका लागि परिवारको भावनात्मक सहयोग चाहिने कुरामा समेत मनिषाले जोड दिएकी छिन्। नेपाली मूलकी बलिउड नायिका मनिषाको वैवाहिक जीवन सफल हुन सकेन। डिभोर्स भएपछि उनलाई क्यान्सर लागेको पत्तो भएको थियो। उनी पछिल्लो समय अध्यात्मिक चिन्तनतिर रमाउन थालेको कुरा फिल्म नेपालले लेखेको छ।
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis