CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » फेरिएको भाग्य

फेरिएको भाग्य


आर्जेन रोबनको बल कन्ट्रोल गर्ने खुबी गजबकै छ । राइट विङ्सबाट खेल्ने उनी बल लिएर तीव्र गतिमा अघि बढ्ने गर्छन् । उनको स्पिड यस्तो छ कि उनलाई रोक्न बसेका प्रतिद्वन्द्वीहरू पनि साइड लाग्ने गर्छन् । अर्थात् उनलाई रोक्ने खास अवसर
हुन्न । पेनाल्टी क्षेत्रनजिक पुगेपछि बायाँ खुट्टाको कला देखाउने गर्छन् । अनि ठूल्ठूला आँखा डुलाउने गर्छन् । उनको निसाना गोलपोस्ट नै हुने गर्छ । किनभने उनी जोडदार प्रहारमार्फत गोल गर्न चाहन्छन् ।

ठीक यस्तो स्टाइलमा रोबेनले युरोपेली च्याम्पियन्स लिगमा बार्सिलोनाविरुद्ध -सेमिफाइनलको सेकेन्ड लेग) गोल गरेका थिए । यस्तो शैलीलाई उनले आफ्नो 'ट्रेडमार्क' नै बनाइसकेका छन् । पेनाल्टी क्षेत्रनजिक पुगेपछि आफैंले गोल गर्न सक्ने स्थिति छैन भने उनी सहकर्मीलाई बल दिने गर्छन् । त्यसको मतलब जसरी पनि गोल हुनुपर्छ भन्ने नै हो, जसले आफ्नो टिमलाई जित दिलाउँछ । यस्तो ट्रेडमार्क स्थापित गर्ने क्रममा उनले धेरै खेलमा आफ्नो टिमको भाग्य चम्काइसकेका छन् ।

च्याम्पियन्स लिगको 'अल जर्मन फाइनल' मा वायर्न म्युनिकको भाग्य फेर्ने काम पनि यिनै रोबेनले गरे । बोरुसिया डर्टमुन्डविरुद्ध हात पारेको २-१ को जितमा उनले ८९ औं मिनेटमा निणर्ायक गोल मात्र गरेनन्, पहिलो गोलको अवसर पनि सिर्जना गरिदिए । उनको त्यही गोलले वायर्नलाई १२ वर्षपछि युरोपेली च्याम्पियन मात्र बनाएन, निणर्ायक खेलमा चुक्ने परिचय पनि फेरिदियो ।

पाँचौंपल्टको युरोपेली च्याम्पियन वायर्नसँगै रोबेनले आफ्नै भाग्य पनि बदले । किनभने उनी निणर्ायक खेलमा चुक्दै आएका थिए । गत वर्ष चेल्सीविरुद्ध फाइनलमा उनी पेनाल्टीमा गोल गर्न असफल भएपछि वायर्न उपविजेतामै रोकिएको थियो । उनको टिम वायर्न ३ वर्षअघिको फाइनलमा इन्टरमिलानसँग हारेको थियो । उनको देश नेदरल्यान्ड्सले वल्र्डकप-२०१० फाइनलको नतिजा स्पेनलाई सुम्पियो । त्यसैले च्याम्पियन्स लिगको उपाधिलाई उनले करियरकै सबैभन्दा ठूलो सफलता मानेका छन् । लन्डनको बेम्बलीमा ट्रफी चुमेपछि उनले राहत महसुस गर्दै 'फाइनलमा लगातार हार्नेको छवि फेरेको' बताए । उनी फाइनलको म्यान अफ दी म्याच पनि चुनिए ।

रोबेनलाई यस्तो खेलमा ५ फिट ७ इन्च उचाइसहितको ठूलो जीउडालले पनि बलियो बनाएको हुनुपर्छ । राइट विङ्समा उनी 'गड गिफ्टेड' फुटबलर नै हुन् । उनी जति समय मैदानमा हुन्छन्, त्यतिन्जेल प्रतिद्वन्द्वीको टाउको दुखाइ बन्ने गरेका छन् । उनको 'डि्रब्लिङ' जादुयी नै छ । खुइलिएको तालुमा मैदानमा छाइरहँदा २९ वषर्ीय उनले प|mेन्च प्लेमेकर जिनेदिन जिदानको झल्को दिने गरेका छन् ।

नेदरल्यान्ड्सको बेडुममा जन्मिएका उनी सानैदेखि राइट विङ्समा खेल्थे । उनले छिमेकी क्लब ग्रोनिन्गनबाट फुटबल करियर सुरु गरेका थिए । ग्रोनिन्गनमा दुई सिजन खेलेपछि उनी सन् २००२ मै डच जायन्ट 'पीएसभी' पुगे । पहिलो सिजनमै उनको लोभलाग्दो खेलको सहयोगमा पीएसभी डच लिग 'इरेडिभाइज' च्याम्पियन भयो । उनी योङ प्लेयर अफ दी इयर चुनिए । त्यसैले उनलाई आबद्ध गर्न इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड र चेल्सीको होड नै चल्यो । उनले रसियन अर्बपति रोमन अब्रामोभिचको चेल्सी रोजे ।

पोर्चुगिज ट्याक्टिसियन जोसे मोउरिन्होले सम्हालेको चेल्सीमा रोबेन ४५ मिनेटका खेलाडी थिए । मोउरिन्होले एक हाफ उनलाई खेलाउँथे, अर्को हाफमा जो कोल । खेल्न पाएको समय रोबेनले मैदानमा प्रभाव छाडेकै हुन्थ्यो । दुईपल्ट इङ्लिस पि्रमियर लिगसहित आधा दर्जन ट्रफी चुमेपछि उनी लन्डन छाड्दै सन् २००७ मा स्पेनिस जायन्ट रियल म्याडि्रड पुगे । रियलमा ला लिगा र कोपा डेल रे जिते ।

ब्राजिली प्लेमेकर काका र पोर्चुगिज क्रिस्टियानो रोनाल्डोको आगमनसँगै रोबेन स्पेनी राजधानी म्याडि्रड बसाइ दुई वर्षमै टुंग्याउँदै जर्मनीको सर्वाधिक सफल क्लब वायर्न म्युनिकमा आबद्ध भए । उनको पहिलो सिजनमै वायर्न बुन्डेस लिगा च्याम्पियन भयो । वायर्नले च्याम्पियन्स लिगको फाइनल पनि खेल्यो । वायर्नको यस्तो यत्राका मुख्य खेलाडी बनेका उनले जर्मन फुटबलकै प्लेयर अफ दी इयरको अवार्ड जिते । यसपल्ट च्याम्पियन्स लिगको सफलता उनको निम्ति वायर्नसँगको छैटौं उपाधि हो ।

युवा छँदैदेखि रोबेनलाई ह्यामस्टि्रङले सताउँदै आएको छ । पीएसभी, चेल्सी, रियल र वायर्नको बसाइमा उनी कहिल्यै चोटमुक्त भएका छैनन् । त्यसैले उनको मुख्य चुनौती नै फिट हुनु हो । यो सिजनको सुरुमै चोटले दुःख दिएपछि उनी वायर्नको पहिलो रोजाइबाट बाहिरिएका थिए । टोनी क्रुज घाइते भएकाले मात्र उनी 'प्लेइङ सेट' मा अटाएका हुन् । यस्तोमा पनि उनले वायर्नलाई च्याम्पियन्स लिग जिताएर दोस्रो रोजाइको खेलाडी नभएको प्रमाणित गरिदिए ।
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis