CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » लुम्बिनीका सिद्धार्थ गौतमको पनि पार्टी

लुम्बिनीका सिद्धार्थ गौतमको पनि पार्टी

आगामी संविधान सभा निर्वाचन प्रयोजनका लागि वैद्य माओवादीले पार्टी दर्ता गरेन। तर कूल कति वटा पार्टी दर्ता भयो थाहा छ ? ५० हैन, १०० हैन। पूरै १३९। आम्मामा ! यति धेरै पार्टी। सबको पार्टी दर्ता हुने र सबले चुनाव लड्ने हो भने त चुनाव चिह्न पनि के के मात्र दिनु पर्ने होला ! अनि मतपत्र कति लामो हुने होला ! लामो मतपत्रमा चुनाव चिह्न खोज्न कति झ्याउ हुने होला ! त्योभन्दा अहिले त म यी पार्टीहरुको नाम पढेरै दङ्ग परिराछु। कति रमाइला रमाइला नाम पनि रैछन् त। हुँदाहुँदा लुम्बिनीका सिद्धार्थ गौतमले समेत पार्टी दर्ता गर्न भ्याएका रहेछन्।


के रहेछ त उनको पार्टीको नाम चाहिँ ?
नेपाल रिपब्लिक पार्टी रे। यो पार्टीको कार्यालय लुम्बिनी २, रुपदेन्ही भनिएको छ। जेठ १६ गते यो पार्टी दर्ता गर्न आउनेले नाम सिद्धार्थ गौतम (लुम्बिनी) लेखाएका छन्। पहिलो पटक पार्टी दर्ता गर्न आएकोले १० हजार मतदाताको समर्थन रहेको हस्ताक्षर पनि उनीहरुले बुझाएका छन्।
नामै गजबका !
बिजुलीप्रसाद तिम्सिनाले युनाइटेड ग्रीन अर्गनाइजेसन नामको पार्टी दर्ता गराएका छन्। स्वाभिमानी एकता समाज नामको अर्को पार्टी पनि दर्ता भएको छ।
त्यस्तै कीर्तिपुर कार्यालय भएको अर्को पार्टीको नाम नेपाल श्रमजीवी दल रे। राष्ट्रिय एकता पार्टी पनि रैछ बुढानिलकण्ठमा। देशभक्त समाज नामको दल रहेछ जमलमा। अनि कोटेश्वरमा चाहिँ युवा नेपाल पार्टी रे। युवा महिला जनता पार्टी रैछ पुतली सडकमा। एउटा पार्टीले चाहिँ नामैले विकास गर्ने भो। संघीय विकासवादी पार्टी नेपाल रे नाम पनि। नयाँ नेपालको नाम पनि भजाएको छ एउटा नयाँ नेपाल राष्ट्रिय पार्टीले।
बेलायतको जस्तो लेबर पार्टी रहेछ फेरि नेपाल लेबर पार्टी। अफिस्  चाहिँ पेरिस डाँडा कोटेश्वरमा रे। नयाँ बानेश्वरमा लोक दल खुलेको रैछ। ओम सेना नेपाल भन्ने अर्को पार्टी रैछ सोह्रखुट्टेमा। नेपाल आमा पार्टी नि रैछ। एउटा अर्को क्रान्तिकारी पार्टीको नाम चाहिँ गरिब जनताको क्रान्ति पार्टी रे। हरे शिब ............
सबै पार्टीको नाम हेर्नुस्-


साभार : माई संसार 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis