बस्छन्। कतिपय महिलाका अनुसार यौन नै पुरुषलाई सजाय दिने, उनीहरूलाई प्रताडित गर्ने सर्वोत्तम उपाय हो, कारण पुरुषहरू यौनको भाषा राम्रोसँग बुझ्छन्।
दाम्पत्य जीवनमा शारीरिक सम्बन्धको अहम् र सर्वाधिक महत्त्व हुन्छ। अतः आफ्ना श्रीमान्प्रति पूर्ण रूपले समर्पित भएर, सहभागी बनेर जीवन्त प्रेम गर्नुपर्छ। एउटा संसर्गपश्चात् र अर्को संसर्गभन्दा ठीक पूर्व आफ्नो कुरा, आफ्नो माग व्यक्त गर्नुपर्छ। पुरुषको क्षमताअनुसार त्यसलाई मान्ने उसको पूर्ण प्रयास हुन्छ। कसैले गल्ती गर्छ, कसैले आफ्नो कुरा मान्दैन भने उसलाई उसको लगावको कुराबाट टाढा राखे त्यसबाट उसलाई आफ्नो कमीको आभास हुन्छ भन्ने विचार आपसी सम्बन्धका मामिलामा ठीक होइन। बालबालिकालाई टिभी, तिनका मित्रजन, चकलेट आदिबाट अलग्याएर राख्दा उनीहरू त्यसप्रति अझ बढी उत्सुक हुन्छन्। लुकीछिपी आफ्नो लगावको कुरा प्राप्त गर्न प्रेरित हुन्छन्। जुन अझ बढी खतरनाक सावित हुन्छ। अतः उनीहरूलाई चकलेट दिएरै आफ्नो कुरा मान्न लगाउनु बढी मनोवैज्ञानिक उपाय हुन सक्छ।
शारीरिक सम्बन्धबाट श्रीमान्लाई वञ्चित राखेर महिलाहरूले श्रीमान्को आफूप्रतिको प्रेमलाई पनि लत्याइरहेका हुन्छन्, श्रीमान्को सम्मानमा चोट पुर्याइरहेका हुन्छन्। दाम्पत्य जीवनमा यौन शारीरिक मिलन मात्र नभएर भावनात्मक लगावको आधार पनि हुन्छ। यसबाट वञ्चित जीवनसाथी भड्किने सम्भावना पनि हुन्छ। अमेरिकी एन्टी एजिङ विशेषज्ञले 'यंगर यु' शीर्षकको पुस्तकमा यस्तो समस्याको समाधान दैहिक सम्बन्धबाट बच्नमा नभएर त्यसलाई खुसी भएर बाँच्नुमा रहेको उल्लेख गरेका छन्। विशेषज्ञ डा. एरिक ब्राबरमनका अनुसार विवाहित दम्पतीको सेक्सुयल लाइफ बढी सुमधुर हुन्छ, उनीहरू चिर युवा रहन्छन्, साथै उनीहरूको आयु पनि लामो हुन्छ। सुखद रतिक्रियाबाट शरीरको मस्तिष्क, मुटु र प्रतिरक्षा प्रणाली पनि बलियो हुन्छ।
रतिक्रीडाका बेला नर-नारी दुई शरीर एक आत्मा हुन्छन्। यो समयमा प्रेमपूर्वक राखिएको मागलाई कसैले पनि अस्वीकार गर्न सक्दैन। माग पूरा नभएको स्थिति-परिस्थिति बुझेर अर्को संसर्गभन्दा पूर्व, पाक्क्रियाका बेला आफ्नो चाहना व्यक्त गर्नुपर्छ। वैज्ञानिकहरूका अनुसार यसबाट यौनक्षमता वृद्धि हुन्छ भने रतिक्रियाप्रतिको उदासीनता पनि हटेर जान्छ। अरू कामबाट भएको थकान पनि रतिक्रियाबाट हट्छ। बेलफास्ट विश्वविद्यालयद्वारा गरिएको यौन विषयक एक अनुसन्धानअनुसार सातामा तीन पटकभन्दा बढी गरिएको संसर्गले साथीलाई यथासम्भव केही गर्न उक्साउनुका, साथै हृदयाघातको जोखिम पनि कम हुन्छ। यंगर यू का अनुसार सम्भोगका बेला प्राप्त हुने चरमोत्कर्षले संक्रमक रोगबाट समेत बचाउँछ। सम्भोग त्यतिबेला मात्र सफल हुन सक्छ, जब श्रीमान्-श्रीमतीको समान सहभागिता र समान स्तर कायम हुन्छ।
लन्डनमा गरिएको एउटा अर्को अनुसन्धानअनुसार यौनसम्पर्कका बेलाको चरमोत्कर्षले कमजोर तनमनको कोशिकालाई २० प्रतिशतभन्दा बढी सुरक्षा प्रदान गर्छ। बलियो यौनजीवनले वृद्ध व्यक्तिलाई प्रोस्टेट क्यान्सरबाट सुरक्षा प्रदान गर्छ। चिकित्सकहरूका अनुसार रतिक्रियाबाट प्राप्त हुने लाभ, स्वस्थ संसर्गका बेला व्यक्तिको मस्तिष्क-शरीरबाट प्राप्त सूचनाहरूका आधारमा गरिएको प्रतिक्रियाको स्वरूपमा निर्भर गर्छ र तब मात्र स्वास्थ्यमा अनुकूल प्रभाव पर्छ। विशेषज्ञहरूका अनुसार जब व्यक्तिको मस्तिष्क सम्भोगको समयमा चरम अवस्थामा हुन्छ, तब मानसिक हार्मोन श्राव हुन्छ। यी रसायन आवश्यकमात्रामा पूरा शरीरमा फैलन्छन्। कुनै व्यक्तिमा यौन चाहनाको अभावको अर्थ हो, उसको मस्तिष्कका चार प्रमुख रसायन- डोपामाइन, एसिटाकोलीन, जीएबीए वा सिरोटोनिनमा केही गडबडी छ, अतः समय छँदै सम्हालिनुपर्छ, होइन भने अबेर हुन सक्छ। साप्ताहिक साभार
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !