न्युयोर्क – के तपाईं गर्मीबाट राहत पाउन कोल्ड ड्रिंक पिउनुहुन्छ भने सावधान हुने बेला आएको छ। लोकप्रिय कोल्ड डिंक पेप्सीमा क्यान्सर पैदा गर्ने तत्व मापदन्डभन्दा बढी पाइएको छ। वातावरण वाचडग द सेन्टर फर
इन्भाइरनमेन्टल हेल्थले पेप्सी रंगाउन उपयोग गरिने रसायनमा अझै तोकिएभन्दा बढी कार्सिनोजेन अर्थात क्यान्सर उत्पन्न गर्ने तत्व पाइएको बुधबार खुलासा गरेको छ। पेप्सी निर्माता पेप्सीको इन्कर्पोरेसन र कोका कोला कम्पनीले सन् २०१२ मार्चमा अमेरिकाभर आफ्ना उत्पादन फर्मुला फेरबदल गरी सुधार्ने वाचा गरेका थिए।

क्यालिफोर्नियामा पेय पदार्थसम्बन्धी पारित कानुनअनुसार कार्सिनोजेनको मात्रा तोकिएपछि पेप्सीको र कोका कोलाले पेयको फर्मुला सुधार्ने वाचा गरेका थिए।
वाचाअनुसार पेप्सीकोले अझै आफ्नो कोल्ड ड्रिंक पेप्सीमा कुनै फेरबदल नगरेको वातावरण वाचडग समूहले जनाएको हो। पेप्सीकोले क्यालिफोर्नियामा पेप्सीको फर्मुला बदलेर सुधार गरे पनि क्यालिफोर्नियाबाहिर भने कुनै सुधार नगरेको वाचडग इनभाइरनमेन्टल हेल्थले खुलासा गरेको हो।
पेप्सीमा रंगाउने रसायन फोर–मिथाइलिमिडाजोल वा फोर–मेल उपयोग गरिएको छ। यो रसायन अधिकांश तयारी खाद्य पदार्थमा उपयोग गरिएको हुन्छ। पेप्सीकोका अनुसार उसको आपूर्तिकर्ताले फोर–मेलको मात्रा घटाउन रसायन उत्पादन प्रक्रिया नै परिवर्तन गर्न लागेको छ। क्यालिफोर्नियामा भने उत्पादन प्रक्रिया पूरा भएको पेप्सीकोले जनाएको छ। पेप्सीकोले सन् २०१४ फेब्रुअरीभित्र अमेरिकाभर नै उत्पादन प्रक्रिया परिवर्तन भइसक्ने जनाएको छ। पेप्सीकोले विश्वभर नै आफ्ना उत्पादनमा फोर–मेलको मात्रा घटाउने बताए पनि मितिचाहीं तोकेको छैन।
तर पेप्सीकोले अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन एजेन्सीलगायत विश्वका अन्य अनुगमनकर्ता निकायद्वारा पेप्सीको रंग सुरक्षित ठानिएको जनाएको छ। कोका कोलाले क्यालिफोर्नियालगायत अमेरिकाभर नै उपयोग गर्ने रंग फोर–मेलरहीत भएको जनाएको छ। कोका कोलाले उसका सबै उत्पादनमा उपयोग गरिएको रंग सुरक्षित भएको दाबी गरेको छ।
वाचडग समूह इनभाइरनमेन्टल हेल्थले कोक र पेप्सीको परीक्षण लुजियानाको मिटारीस्थित युरोफिन्स एनालिस्टिकल लेबोरेटरीमा गरिएको जनाएको छ। क्यालिफोर्नियामा बेचबिखन भइरहेका कोक र पेप्सीको प्रयोगशाला परीक्षण मेमा र अमेरिकाभरका कोक पेप्सीको परीक्षण जुनमा गरिएको थियो।
प्रयोगशाला परीक्षणमा क्यालिफोर्नियाका कोक र पेप्सीका पेय पदार्थमा फोर–मेल रसायन पाइएन। क्यालिफोर्नियाबाहेक अन्य राज्यका १० मध्ये ९ कोकमा फोर–मेल रसायन फेला परेन। तर क्यालिफोर्नियाबाहेक अन्य राज्यका १० मध्ये १० पेप्सीमा नै फोर–मेल रसायन पाइएको थियो। वाचडग समूहका अनुसार पेप्सीमा पाइएको फोर–मेल रसायनको मात्रा क्यालिफोर्नियामा तोकिएको मापदन्डभन्दा ४ देखि८ गुणा बढी फेला परेको थियो।
द अमेरिकन बेभरेज एसोसिएसनले पेय रंगाउने रसायनबाट मानवमा क्यान्सर हुने नहुने कुनै अनुसन्धानबिना नै क्यालिफोर्नियाको कानुनमा रसायनलाई क्यान्सरजन्य पदार्थको सूचीमा राखेको बताएको छ। एसोसिएसनका अनुसार मुसामा गरिएको एउटा प्रयोगशाला परीक्षणका आधारमा उक्त रसायनलाई क्यान्सरजन्य पदार्थको सूचीमा राखिएको दाबी गरेको छ।
अमेरिकाको खाद्य पदार्थ अनुगमन गर्ने सरकारी निकाय द फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनले समेत मुसामाजस्तै मानिसलाई क्यान्सर हुन एक जनाले दैनिक एक हजार क्यानभन्दा बढी पेय पिउनु पर्ने जनाएको छ।

साभार : नागरिक न्युज
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !