डिस्कभरी नेटवर्क्स एसियाको स्वामित्वमा रहेको भारतीय टेलिभिजन च्यानल ‘एनिमल प्लानेट इन्डिया’ ले नेपालको माछापुच्छ्रे हिमाललाई ‘ये मेरा इन्डिया’ बोलको गीतमा देखाइरहेको छ। भारतको स्वतन्त्रता दिवस आउँदो अगस्त १५ तारिखदेखि सुरु हुने नयाँ कार्यक्रम ‘ये मेरा इन्डिया’को प्रचार गर्न बनाइएको सामाग्रीमा हाम्रो शान माछापुच्छ्रे
हिमाललाई देखाइएको हो। अङ्ग्रेजी र हिन्दी भाषामा प्रसारण हुने यो च्यानल भारत लगायत नेपालका केबल र डिटिएचमा पनि हेर्न पाइन्छ।
हेर्नुस् भिडियो-
१ मिनेट ३७ सेकेन्डमा माछापुच्छ्रे हिमाल देखाइएको छ। त्यहीँदेखि मात्रै भिडियो हेर्ने भए यहाँ क्लिक गर्नुस्।
कसैले सडकमा उफ्रन जरुरी छैन, कुनै नेताले भड्काउन जरुरी छैन। यसमा भारतीय नेता र भारतीय जनतालाई गाली गर्नु पनि पर्दैन। यो भारतलाई नै नबुझ्ने एक जना लापरवाह भिजुअल एडिटर र डाइरेक्टरको काम हुनसक्छ। यो नियतवश नभएको भए हामी पाठकहरु आफै जागरुक भएर एनिमल प्लानेटको फेसबुक पेजमा गएर सभ्य भाषामा जानकारी दिएर गल्ती भएको जानकारी दिन, सच्याउन र माफी माग्न अनुरोध गरे पुग्छ। किनभने माछापुच्छ्रे हिमाल नेपालको हो, भारतको हैन।

सभ्य भाषामा गल्ती सच्याउन अनुरोध गर्न एनिमेल प्लानेटको फेसबुक पेजमा अनुरोध गर्न यहाँ क्लिक गर्नुस्। वा ट्विटर @AnimalPlanetIn मा पनि।
त्यसो त गएको बुधबारदेखि नै केही नेपालीहरुले त्यहाँ आवाज उठाइरहेका छन्। तर उनीहरुको आवाजलाई वास्ता गरिएको छैन। फेसबुकको अर्कै पोस्टको कमेन्टमा गल्ती स्वीकार नगरी हामीले भिडियो परिवर्तन गरेका छौँ भनेर झारा टार्ने हिसाबले भनिएको छ। तर टेलिभिजनमा आज शुक्रबारसम्म पनि यही प्रोमो बजिरहेको देखिएको छ।
साभार : माई संसार
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !