CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » फिल्मी अवार्डमा मनपरी

फिल्मी अवार्डमा मनपरी

एनएफडीसी राष्ट्रिय चलचित्र अवार्डले 'राष्ट्रिय' शब्दको दोहोलो काढ्यो।
ऋषिराम कट्टेल
अवार्ड थापेपछि नीता ढुंगाना ।
नेपाली चलचित्र ५० वर्ष पुगेको अवसरमा नेपाल चलचित्र विकास कम्पनी (एनएफडीसी)ले ५ साउनमा राजधानीमा गरेको चलचित्र अवार्डले उत्साहको साटो विवाद निम्त्याएको छ। एनएफडीसीका अध्यक्ष उद्धव पौडेलले नेपालको अवार्डको इतिहासमै सबैभन्दा 'फेयर' भने पनि अवार्डमा मनोमानी नै देखिएको अधिकांश फिल्मकर्मीको आरोप छ।
संगीतकार शुभबहादुर सुनाम, चलचित्र निर्देशक प्रदीप उपाध्याय, छायाँकार मन्जुकुमार श्रेष्ठ, निर्माण नियन्त्रक नारायणध्वज पन्त र अभिनेत्री चैत्यदेवीको जुरी भन्दा उद्धव पौडेलको चाहना हावी भइदिंदा पुरस्कार गलत पोल्टामा गएको उनीहरुको भनाइ छ। चलचित्र लेखक/निर्देशक विकास आचार्य भन्छन्, “राष्ट्रिय चलचित्र अवार्ड भनेर मनपरी ढंगले बाँडियो।”
तर एनएफडीसीका अध्यक्ष पौडेल भने विशेषज्ञको जुरी बनाएर र भोटिङबाट छानेर अवार्ड दिएकाले धाँधली नभएको बताउँछन्। उनी भन्छन्, “अवार्डलाई निष्पक्ष बनाउन सक्दो प्रयास गरेका छौं।”
हास्यास्पद निर्णय
चलचित्र विकास बोर्डका अध्यक्ष धर्मेन्द्र मरवैता र उद्धव पौडेलबीचको शीतयुद्धका कारण नीता ढुंगानाको भाग्य खुलेको चर्चा फिल्मी बजारमा छ। हुन पनि, अवार्ड पाउने संभावनामा निशा अधिकारी, रेखा थापा र प्रियंका कार्की पछि चौथो नम्बरमा थिइन् नीता, तर उनी नै उत्कृष्ट घोषित भइन्।
मरवैताले यो अवार्डबाट 'राष्ट्रिय' शब्द हटाउन पत्र लेखे पनि शब्द हटाउन त के लंका चलचित्रको अभिनयका लागि रेखालाई दिन तयार पारिएको अवार्ड उनी मरवैता निकट भएकाले खोसिएको चर्चा छ। त्यो अवार्ड बोर्ड अध्यक्ष धर्मेन्द्रले धरानमा गरेको महोत्सव झूर भएको प्रचार गर्न भूमिका खेलेकी नीतालाई दिइयो। यो थाहा भएपछि रेखा, मरवैता, आर्यन सिग्देल, सौगात मल्ल लगायत अवार्ड समारोहमा गएनन्।
मालतीको भट्टी का हिरोको रुपमा अवार्ड पाएका जीवन लुइँटेलको पनि त्यसलायक अभिनय देखिंदैन। यो अवार्डको हाँसउठ्दो पक्ष के पनि छ भने, फिल्म–निर्देशक विधामा सर्वोत्कृष्ट पाँचमा परेको राष्ट्रियताको विषय उठाएको रिदम को पटकथा–संवाद चाहिं स्त्रि्कप्ट उत्कृष्ट हुँदाहुँदै पनि नोमिनेसनमै परेन।
अर्को हास्यास्पद कुरा, रिदम को 'म पागल बन्न सक्छु' गीतबाट स्वरुपराज आचार्यले सर्वोत्कृष्ट पार्श्वगायकको अवार्ड पाए, तर त्यसको संगीत नोमिनेसनमा परेन। सम्पादन विधा नै नपर्नु अवार्डको अर्को कमजोरी रह्यो।
२०६९ मा प्रदर्शन भएका '९३ फिल्मको मूल्यांकनबाट १६ विधामा बाँडिएको' यो अवार्डमा चलचित्र, निर्देशक र पटकथा सहित सात विधामा सायद ले अवार्ड पायो । नाम उल्लेख गर्न नचाहने एक निर्देशक यो अवार्डले सायद बाहेक अरु कुनै फिल्म गतिला छैनन् भन्ने सन्देश दिएको बताउँछन्। “एउटा व्यक्तिले निजी जस्तो गरी चलाएको कम्पनीबाट योभन्दा गतिलो परिणामको आशा गर्न पनि सकिंदैन”, उनी भन्छन्।
'राष्ट्रिय' बेइज्जत
निर्देशक समाजका निवर्तमान अध्यक्ष केपी पाठक एउटा कम्पनीले आयोजना गरेको अवार्डमा 'राष्ट्रिय' शब्द हुनुलाई चलचित्र विकास बोर्डको 'राष्ट्रिय बेइज्जत' भन्छन्। आफूखुशी 'राष्ट्रिय' भन्दै अवार्ड बाँड्नुलाई राम्रो भन्न नसकिने पाठकले बताए।
करीब ६ घण्टा लामो कार्यक्रम यति पट्यारलाग्दो थियो कि उदित–दीपा झाको आगमनले मात्र समारोहलाई संयमित पारेको थियो। भारतबाट मुकेश भट्ट सहितका पाहुना ल्याएर कार्यक्रम गर्ने भन्दै नेपाल पर्यटन बोर्डबाट मात्रै रु.१७ लाख लिइएको बताइएको छ। झा दम्पती सहित ७ जनालाई पर्यटन बोर्डबाटै हायात होटलमा बस्ने–खाने र प्लेन खर्चको व्यवस्था गरेको बताइन्छ। यसरी कमाउ धन्दासँगै अवार्डमा धाँधली गरेको विषयमा कान्तिपुर टीभीको रजतपट कार्यक्रमले विशेष रिपोर्ट बनाएपछि पौडेलले त्यसको व्यवस्थापन मार्फत प्रसारण रोकेका थिए।
ऋषिराम कट्टेल, हिमाल खबर 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis