CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » हास्य कलाकार दीपकराज गिरीको पहिलो अनुभव

हास्य कलाकार दीपकराज गिरीको पहिलो अनुभव

deepak raj giriकाठमाडौ । ‘अर्काको सुटिङमा गयो, अभिनय गर्‍यो अनि पारिश्रमिक लियो निकै आनन्द’ यो अनुभव हो हास्य कलाकार दीपकराज गिरीको। तर, यतिबेला उनको यो
अनुभवले ठीक उल्टो पाठ पनि सिकाएको छ। अरूको फिल्ममा काम गर्दा निर्मातालाई घुर्की देखाउने उनी आफैँ त्यो पात्र बन्न पुगेका छन्। साथी निर्मल शर्मासँग मिलेर दीपकले बनाइरहेको चलचित्र ‘छ एकान छ’ मा अरूको घुर्की सुन्दै र यसो भएन उसो भएन भन्ने समस्याहरूको पोको धेरै हुँदा दीपक दिक्क पनि मान्न थालेका छन्। कुनै साथीभाइले के छ दीपकजी भनेर सोध्दा उनी भन्न थालेका छन्, ‘टेन्सनमा छु। तनावमा छु। फिल्म बनाउन गाह्रो हुँदो रहेछ। अरूको फिल्ममा काम गरेजस्तो हुँदैन रहेछ।’
नमरी स्वर्ग देखिन्न भन्ने कुरालाई आजभोलि सही मानेका दीपकराज यो तनाव र टेन्सनका बाबजुद पनि चलचित्र भने राम्रो बन्ने कुरामा दङ्ग छन्। आफ्नै गुरु दिनेश डिसीले निर्देशन गरेको ‘छ एकान छ’ मा दीपकले हास्य कलाकारहरूको ठूलै झुण्डलाई समेटेका छन्। यतिबेला हास्य कलाकारभन्दा पनि निर्माताको रूपमा दौडधुप रहेका दीपक बिहानदेखि बेलुकासम्म चामल, तरकारी अनि सुटिङमा दैनिक लाग्ने खर्चको विवरण टिप्न र टिपाउनतिर व्यस्त देखिन्छन्। ‘चामल, दाल र तरकारीको भाउ कति छ सोध्नुस् म भन्न सक्छु,’ उनले रमाइलो गरे।
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis