CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , , » टेलिकम कब्जा गर्ने एनसेलको दाउ

टेलिकम कब्जा गर्ने एनसेलको दाउ

काठमाडौं। नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा एनसेलका इन्जिनियर नियुक्त भए भने अव आश्चर्य हुनेछैन। हालै एनसेल सम्बद्ध एक युवा इन्जिनियरले आफू अब टेलिकमको प्रबन्ध निर्देशक बन्ने भन्दै एक रेष्टुरेन्टमा ठूलै जमघट समेत गराएको चर्चाले टेलिकममा खैलाबैला मच्चिएको छ।
सार्वजनिक संस्थान निर्देशन बोर्डका अध्यक्ष विमल वाग्लेले टेलिकमको प्रबन्ध निर्देशक नियुक्तिमा चासो दिनु र उनले खुल्लेआम यस्तो चर्चा गर्नु संयोगमात्र भने होइन। बाबुराम भट्टराई सरकारको मन्त्रिपरिषद् बैठकले बिभिन्न सार्वजनिक संस्थानहरूका कार्यकारी प्रमुख खुल्ला प्रतिस्पर्धाबाट नियुक्ति गर्नेगरी सार्वजनिक संस्थान बोर्डलाई दिने निर्णय गरेको थियो। त्यसमा नेपाल टेलिकम पनि पर्छ। नेपाल टेलिकमका प्रबन्ध निर्देशक अमरनाथ सिंहको पदावधि असोज अन्तिम साता सकिंदैछ। उनको पदावधि दुई महिना बाँकी छँदै टेलिकम बाहिरका व्यक्तिहरू टेलिकम कब्जा गर्न जुर्मुराएपछि युनियनहरू पनि तातिन थालेका छन्। हालका प्रबन्ध निर्देशक अमरनाथ सिंहपछिका इन्जिनियरहरू बरिष्ठता क्रममा अनुपरन्जन भट्टराई, मधुसुदन कर्माचार्य, जीवन शाक्य, भगतमान सिंह प्रधान, सुरेन्द्रलाल थिके, बिष्णु कसजु, राजेन्द्र नकर्मी कार्यरत छन्।
यदि टेलिकमको प्रबन्ध निर्देशक खुल्ला प्रतिस्पर्धाका लागि संस्थान बोर्डमा पठाउने हो भने अहिलेका टेलिकमका कोही पनि इन्जिनियरले प्रतिस्पर्धा गर्न नपाउने र टेलिकमको नेतृत्व विदेशीले लगानी गरेका अरु नै व्यक्तिको हातमा जाने भन्दै युनियनहरू संगठित भएर विरोधमा उत्रिने भएका छन्। सार्वजनिक संस्थान बोर्डमा टेलिकमको एमडीलाई लैजाने हो भने अहिलेको डीएमडीहरू कसैले पनि प्रतिस्पर्धा गर्न पाउँदैनन्। किनकि उनीहरू कसैको पनि स्नातकोत्तर छैन। टेलिकमका सबै सिनियर इन्जियनियरहरू स्नातकमात्र रहेको बताइन्छ। टेलिकमको एमडी बन्नका लािग अहिले विशेषगरी एनसेल सम्बद्ध इन्जिनियरहरूको दौडधूप बढिरहेको र उनीहरूले विमल वाग्लेसँग समेत छलफल गरिरहेको चर्चा पनि चलेको छ। यदि टेलिकमको नेतृत्व त्यहीँका इन्जिनियरभन्दा बाहिर गएमा केही बर्षमा टेलिकमको हालत जनकपुर चुरोट कारखानाको जस्तो हुने र देशको सबैभन्दा बढी राजस्व तिर्ने टेलिकम समाप्त हुने भन्दै टेलिकमका पूर्व एमडी सुगतरत्न कंसाकारले सरकारको ध्यानाकर्षण समेत गराएका छन्। यद्यपि उनले टेलिकममा कार्यकारी अध्यक्षको व्यवस्था हुनुपर्ने अर्को प्रस्ताव पनि अघि सारेको थाहा भएको छ।
नेपाल टेलिकम देशको सबैभन्दा ठूलो र संवेदनशील संस्थान भएका कारण यसको नेतृत्वमा बाहिरका मान्छे आउने अवस्था आउनु देशको सुरक्षासँग समेत गाँसिएकाले बेलैमा बिचार पुर्‍याउन सरोकारवालाहरूले ध्यानाकर्षण गराएका छन्। टेलिकमका इन्जिनियरहरू र कर्मचारी युनियनहरूले औपचारिक रुपमा सरकार समक्ष आफ्नो सरोकार राख्ने र कुनै हालतमा बाहिरबाट नेतृत्व ल्याउन नदिने तयारी गरिरहेको स्रोतले जनाएको छ। यसबारेमा सूचना तथा सन्चार मन्त्रालय भने बेखबर जस्तै देखिएको छ।
http://sanghu.weeklynepal.com/2013/08/27/article-item91377597704/
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis