CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » सहकारीको आवरणमा फेरि हर्वोको धन्दा: प्याकेजमै घुसः सहकारी बदनाम

सहकारीको आवरणमा फेरि हर्वोको धन्दा: प्याकेजमै घुसः सहकारी बदनाम

काठमाडौं। नेटवर्किङको माध्यमबाट उपभोक्ता ठगी गर्दैआएको हर्वो इन्टरनेशनल सरकारले बन्द गरिदिएपछि नयाँ आवरणमा उपभोक्ता ठगी सुरु भएको छ। हर्वोका संचालकहरूले सहकारी दर्ता गर्दै नेटवर्किङकै शैलीमा ठगी सुरुवात गर्न थालेका छन्। हर्वोका संचालक र संजालमा आवद्ध व्यक्तिहरूले सहकारीको आवरणमा चियापत्ती, साबुन लगायतका उत्पादनहरू चर्को मूल्यमा उपभोक्ताहरूलाई बिक्री गर्न सुरु गरेका छन्। हर्वोको नेटवर्क रहेका प्रत्येक सहरमा सहकारी दर्ता गर्दै चियापत्ती, साबुन लगायतका
सामग्रीको बिक्री गर्ने नयाँ जुक्ति निकालेर उनीहरूले जिल्ला जिल्लामा सहकारी दर्ता गर्न थालेका छन्। सहकारी विभागले हर्वोलाई ब्यूँताउन काठमाडौं, ललितपुर र भक्तपुर तीनै जिल्ला कार्यक्षेत्र हुनेगरी आमनागरिक उपभोक्ता सहकारी संस्था लिमिटेड दर्ता गरिसकेको समाचार छ।
सूत्रका अनुसार, सहकारी विभागका रजिष्टार केदार न्यौपानेलाई प्रभावमा पारेर हर्वोका संचालकहरूले विभागमा आमनागरिक सहकारी दर्ता गरी ललितपुर सहकारी डिभिजनबाट प्रमाणपत्र लिइसकेको बुझिएकोे छ। स्रोतका अनुसार, सहकारी विभागका रजिष्टार केदार न्यौपाने समेत ठूलो प्रलोभनमा परी आमनागरिक सहकारी दर्ता गरी हर्वोका संचालकहरूलाई उपभोक्ता ठगी गर्ने लाइसेन्स दिएका छन्। रजिष्टार न्यौपाने र हर्वोका संचालकहरूबीच पटक–पटक छलफलपछि काठमाडौंमा तीनै जिल्ला कार्यक्षेत्र हुनेगरी हर्वोलाई उपभोक्ता ठग्ने लाइसेन्स दिइसकेको चितवन, हेटौंडा, बीरगंज, बिराटनगर,  झापा, भैरहवा, पोखरा,  दाङ नेपालगंज, धनगढी लगायतका सहरमा पनि सहकारी दर्ता गरेर हर्वोको कारोबार सुरु गर्ने तयारी भइसकेको समाचार छ। यसका लागि रजिष्टार न्यौपानेसंग प्याकेजमै सहमति गरेर अघि बढेको बताइएको छ। ललितपुरमा हर्वोका उत्पादन बिक्री गर्नकै लागि आकर्षण उपभोक्ता सहकारी संस्था दर्ता गरी कारोबार पनि सुरु गरिसकेेको कुरा साँघुले यसअघि नै उजागर गरिसकेको छ।  
अरु जिल्लामा पनि सहकारी दर्ता गरी कारोबार गर्न हर्वोका संचालकहरूले संजाल परिचालन गरिसकेको बताइएको छ। हर्वोलाई सहकारीबाट नेटवर्किङकै जस्तो चर्को मूल्यमा उपभोक्तालाई गुणस्तरहीन सामान बिक्री गर्ने वातावरण मिलाउन रजिष्टार न्यौपाने समेत सक्रिय भएको आरोप छ।  सहकारीको मूल्य मान्यताविपरीत २ सय प्रतिशतसम्म बढी मूल्य लिएर चियापत्ती, साबुन र हर्वल उत्पादन बिक्री गर्न छुट दिइएकोमा सहकारी विज्ञहरूले चिन्ता प्रकट गरेका छन्।  
लामो समयदेखि सहकारी आन्दोलनमा लागेका एक सहकारीकर्मीले भने– ''नेटवर्किङका माध्यममबाट ठगी गर्न सरकारले रोकेपछि सहकारीका माध्यमले उपभोक्ता ठग्ने धन्दा सुरु भएको छ। यसले सहकारीको बदनाम गर्नेछ। सहकारी क्षेत्रमा समस्या आइरहेको बेला नेटवर्किङवालाहरूले यसलाई थप बदनाम बनाउने भए।'' सरकारले बन्द गरेको हर्वोले देशभर सहकारी दर्ता गरी हर्वोका सामान बिगतमा नेटवर्किङका माध्यमबाट जस्तै बिक्री सुरु गर्ने र केन्द्रीय उपभोक्ता सहकारी संघको नेतृत्व नै कब्जा गर्ने उद्देश्य राखेको स्रोतले बतायो।  
स्रोतका अनुसार, सहकारीका माध्यमबाट सुपथ मूल्यका पसल, कृषि उपजहरू बिक्री गर्न पाइन्छ। तर हर्वोले चियापत्ती, साबुन जस्ता उत्पादनहरू आफ्नै उत्पादन भन्दै बिक्री गर्न उद्योग विभागबाट उत्पादन लाइसेन्स लिनुपर्ने हुन्छ भने गुणस्तर तथा नापतौल विभागबाट अनुमति लिनुपर्छ। उद्योग विभागमा उत्पादन दर्ता गरेर मात्र ती सामान बिक्री गर्नुपर्ने हुन्छ, तर हर्वोले लेबल छाप्दै बट्टामा हालेर गुणस्तरहीन हर्वल उत्पादन भन्दै चर्को मूल्यमा बिक्री गरी राजश्व र उपभोक्ता ठगी गरी सहकारी क्षेत्र बदनाम गर्ने कार्यलाई रजिष्टार न्यौपानेले ब्यक्तिगत स्वार्थकै कारण छुट दिएका छन्। भोलि यसले सहकारीको बद्नाम हुनेछ। युनिटीले सुरुमा यसैगरी फिनावर्ल्ड सहकारी दर्ता गरी त्यसकै माध्यमबाट ४ अर्ब रुपैयाँ ठगी गरेको कुरालाई रजिष्टार न्यौपानेले मनन नगरी आर्थिक लेनदेन गरी देशभर सहकारी दर्ता गदर्ैै ठगी गर्ने लाइसेन्स दिएको आरोप सहकारीकर्मीहरूले लगाएका छन्। 
केन्द्रीय उपभोक्ता सहकारी संघका अध्यक्ष दीपक पौडेलले तीनै जिल्ला कार्यक्षेत्र दिन मिल्दैन, अरु उपभोक्ता सहकारीले एउटा जिल्ला पूरै पनि कार्यक्षेत्र नपाएको अवस्थामा आमनागरिक सहकारीले कसरी पायो? यसबारेमा आफूलाई केही थाहा नभएको बताए। संघबाट सिफारिस लिनुपर्दैन भन्ने जिज्ञासामा उनले अनिवार्यता नभएकाले 'कोही लिन्छन् कोही लिंदैनन्' भन्ने प्रतिक्रिया दिए। 
-- साँघु , फागुन २२ 
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis