CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » यी हुन् मुटु नभैकन २ वर्षसम्म बाँच्ने मान्छे

यी हुन् मुटु नभैकन २ वर्षसम्म बाँच्ने मान्छे

Untitled-1शरीरमा मुटु नभैकन कोही पनि मान्छे बाँच्न सक्दैन । यो विज्ञानको शास्वत नियम हो किनकी मुटुले नै रक्तसंचार गरेको हुन्छ र रगत मार्फत नै प्राणवायु सरीरका कोष कोषमा पुग्छ । तर एक जना मान्छे भने मुटु विना २ वर्षसम्म
बाँचेका छन् ।

ती अद्वितीय मान्छे बेलायतको लण्डनका हुन् । उनी दुइ वर्षसम्म मुटु विना नै बाँचे र अन्ततः दुइ वर्षपछि नयाँ मुटु पाए ।
४२ वर्षका म्याथ्यु गि्रन नामका ती व्यक्ति सायद मुटु विना बाँच्ने विश्वका एकमात्र व्यक्ति हुन् । उनको छातिभित्र मुटु थिएन तर उनलाई बाहिरबाटै रगत पम्प गरिएको थियो । गम्भीर रोगका कारण दुइ वर्ष पहिले उनको सरीरबाट मुटु निकालिएको थियो । क्याम्बि्रजशायरको पपवर्थ अस्पतालका चिकित्सकहरुले उनलाई कृत्रिम मुटु उपलब्ध गराए जसले सरीर बाहिरबाट रगत पम्प गरी उनको सरीरको रक्तचाप सामान्य बनाउँथ्यो ।
त्यो कृत्रिम मुटुमा एक मोटर लगाइएको थियो जो रिचार्जवाला ब्याट्रीबाट चल्थ्यो । यसको अर्थ जबसम्म ब्याट्रीमा चार्ज हुन्थ्यो तबसम्म उनको प्राण रहन्थ्यो । त्यसैले म्याथ्युका परिवारले त्यो २ वर्षसम्म उनको मुटुको ब्याट्री चार्ज गर्न कहिल्यै भुलेनन् ।
अन्ततः केही महिनाअघि एक जना मुटु दाताले दिएको मुटु उनको सरीरमा प्रत्यारोपण गरिएपछि उनले दुइ वर्षपछि प्राकृतिक मुटु पाएका हुन् ।
यी भाग्यमानीका एक पत्नी र एक छोरा पनि छन् ।
स्रोत: अन्लाईन खबर 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis