आठौं साफका चर्चित ५ : जिरो टु हिरो , हिरो टु जिरो , अन सङ हिरो
जिरो टु हिरो
खेलले कति बेला कस्तो मोड लिन्छ, यकिन गर्न सकिन्न । कुनै एउटा खेलमा गरेको एक गल्तीले राम्रो खेलाडी खलनायक बन्छ । अर्कोतर्फ खेलमा गरेको एकमात्र सही प्रदर्शनले खेलाडीलाई जिरोबाट हिरो बनाइदिन्छ । साफ च्याम्पियनसिप फुटबलमा नेपालका दुई खेलाडी यस्तै
घटनाबाट गुजि्रए । युवा स्ट्राइकर विमल घर्ती मगर यही प्रतियोगिताबाट एकाएक चर्चामा आए । उमेर समूहमा राम्रो खेले पनि धेरैले उनलाई चिन्दैन थिए । तर पाकिस्तानविरुद्धको खेलमा अन्त्यतिर दशरथ रंगशालाको मैदान छिरेका १५ वषर्ीय विमल एकाएक हिरो सावित भए । उनले इन्ज्युरी टाइमको पहिलो मिनेटमा गोल गर्दै नेपाललाई हारबाट जोगाए । यही गोलले विमल सबैको आँखामा परे । उनको चर्चा चुलियो । उनी हिरो सावित भए ।
हिरो टु जिरो
अर्का खेलाडी रोहित चन्दका लागि भने प्रतियोगिता विमलको भन्दा ठ्याक्कै उल्टो सावित भयो । रोहित अहिले नेपाली फुटबल टिमका सबैभन्दा महत्त्वपूर्ण र राम्रा खेलाडी मानिन्छन् । विदेशी लिग खेल्ने र सबैभन्दा बढी पैसा कमाउने नेपाली खेलाडी पनि रोहित नै हुन् । इन्डोनेसियन लिग खेल्ने यी डिफेन्सिफ मिडफिल्डरको प्रदर्शनमा कमै प्रश्नचिन्ह उठ्ने गरेको छ । तर साफ च्याम्पियनसिपको सेमिफाइनलमा यी स्टार घरेलु समर्थकको नजरमा एकाएक खलनायक बन्न पुगे । उनले दुवैपल्ट प्रहार गरेको पेनाल्टी युरोपियन फुटबलको स्वाद चाखेका अफगानी गोलकिपरले रोकिदिए । महत्त्वपूर्ण घडीमा पाएको पेनाल्टी गोलमा परिणत गर्न नसक्दा उनलाई समर्थकले खलनायकको रूपमा व्याख्या गरे । तर महत्त्वपूर्ण खेलाडीहरूले महत्त्वपूर्ण क्षणमा पेनाल्टी मिस गरेको धेरै घटना छन् । सायद आइतबार रोहित र नेपालकै ब्याड-लक थियो । इटालीका रोबर्टो बाजियो, इंग्ल्यान्डका डेभिड बेकह्यामजस्ता विश्वकै चर्चित खेलाडीले पनि महत्त्वपूर्ण क्षणमा पेनाल्टीलाई गोलमा परिणत गर्न चुकेका छन् । सन् १९९४ को वल्र्डकप फुटबलको
फाइनल खेलअघि बाजियो सबैभन्दा चर्चित खेलाडी
थिए । उनकै उत्कृष्ट प्रदर्शनमा इटालीले फाइनल यात्रा तय गरेको थियो । तर फाइनलमा उनले पेनाल्टीमा गोल गर्न सकेनन् । कप ब्राजिलले उचाल्यो । बाजियो खलनायक
बन्न पुगे ।
अन सङ हिरो
रवीन श्रेष्ठ लिखुरे छन् । तर नेपाली डिफेन्सका यी खम्बा मैदानमा भने दमदार खेल पस्कन्छन् । उनले नेपालले खेलेका चारै खेलमा कसैलाई पनि आफ्नो आलोचना गर्ने ठाउँ छाडेनन् । लेफ्ट ब्याक रवीन डिफेन्समा मात्र होइन, ओभर-ल्याप गएर विङ्गबाट बललाई अघि बढाउन पनि माहिर मानिन्छन् । उनले त्यसको सबैभन्दा राम्रो उदाहरण भारतविरुद्ध नेपालले निकालेको २-१ को जितमा देखाए । नेपालको दोस्रो गोल जुमनु राईले गरेका थिए । तर त्यो गोलमा सम्पूर्ण श्रेय रवीनलाई नै जान्छ । रवीन एक्लैले बायाँ साइडबाट बललाई अघि लगेर विपक्षी डिफेन्डरलाई छक्याउँदै लोभलाग्दो पारामा जुमनुलाई बल उपलब्ध गराइदिए । राम्रो खेल्ने तर चर्चामा नआउने रवीनलाई धेरैले पर्दापछिका नायक भन्ने गरेका छन् ।
सुदिशको छलाङ
राष्ट्रिय टिमले दशरथ रंगशालामा खेलिरहँदा नेपालकै रेप|mी सुदिश पाण्डे भने हलचोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा फुटबल खेलाउन व्यस्त थिए । एएफसी एलिट प्यानलको रेप|mी बन्ने दोस्रो नेपाली बनेका सुदिशले अफगानिस्तान र भुटान तथा श्रीलंका र अफगानिस्तानबीचको खेल साफ च्याम्पिनसिपका दौरान खेलाए । परीक्षा दिएर पास भई एलिट प्यानलमा पुग्ने पहिलो नेपाली बनेका ३० वषर्ीय सुदिश एएफसीले आठौं साफ च्याम्पियनसिपका लागि विभिन्न देशका ४ रेप|mीको चयनमा अटाउन सफल भए । सन् २०११ मा फिफा रेप|mी बनेका उनी १०
वर्षअघि अखिल नेपाल फुटबल
संघ -एन्फा) का रेप|mी
भएका हुन् ।
उनले गत असोजमा काठमाडौंमा भएको नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेलदेखि माथिल्लोस्तरमा रेप|mीको सुरुआत गरेका हुन् । उनी ज्ञानुराजा श्रेष्ठपछि साफ च्याम्पियनसिप खेलाउने दोस्रो नेपाली रेप|mी हुन् ।
अस्फाकको शान
भारतसँग सेमिफाइनलमा १-० ले हार्दै माल्दिभ्स घर फर्कियो । तर माल्दिभ्सका कप्तान अली अस्फाकले भने काठमाडौं यात्रालाई यादगार बनाए । उनले दशरथ रंगशालामा दनादन गोल ठोक्दै एकपछि अर्को कीर्तिमान बनाए । 'आइरन म्यान' र 'म्यान अफ स्टिल' को उपनामले चिनिने २८ वषर्ीय अस्फाकले श्रीलंकाविरुद्धको १०-० को जितमा ६ गोल गरे । भुटानविरुद्धको खेलमा ४ गोल थपे । त्योसँगै उनी एकै प्रतियोगितामा सबैभन्दा बढी १० गोल गर्ने खेलाडी भए । उनले भारतका कप्तान सुनिल छेत्रीको नाममा रहेको ७ गोल -सातौं संस्करणमा) को कीर्तिमानलाई उछिने । उनी १६ वर्षे साफ च्याम्पियनसिपको इतिहासमा सबैभन्दा बढी १८ गोल गर्ने खेलाडी पनि भए । यसअघि त्यो कीर्तिमान भारतका पूर्वकप्तान भाइचुङ भुटियाको नाममा -१२ गोल) थियो । माल्दिभ्सका लागि ४२ खेलमा ३६ गोल गरेका अस्फककै गोलमा माल्दिभ्सले श्रीलंकामाथि निकालेको १०-० को जित साफ च्याम्पियसिपको अर्को कीर्तिमान हो ।
सन् २००८ को माल्दिभ्स साफमा उत्कृष्ट खेलाडी भएका अस्फाक छरितो, प्राविधिक रूपमा बलिया र सुटिङ पावर राम्रो भएका खेलाडी हुन् । उनी आफूमात्रै गोल गर्दैनन्, अरूलाई पनि गोलको अवसर मिलाइदिन्छन् । उनी विपक्षी गोलकिपरलाई रातो कार्ड खुवाउन पनि चलाख छन् । उनले श्रीलंकन र भुटानी गोलकिपरलाई यसपल्ट रातो कार्ड खुवाएका थिए ।
साभार : ईकान्तिपुर
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !