मुम्बइ- रमजानको महिनामा शाहरुख र शलमान खानले अंकमाल गरे। अंकमालपछि उनीहरुको बारेमा विभिन्न चर्चा चले तर सलमान भने चुप नै बसे। लामो समय पछि यसबारे सलमानले मुख खोलेका छन्।
दुई खान बीचमा राम्रो सम्वन्ध नभएको अझ बोलचालनै नभएको खबरले बलिउडमा समय समयमा चर्चा पाउने गर्छ। अघिल्लो महिना उनीहरुको अंकमाल पछि दुई खान बिचको विवाद सकिएको बताइएको थियो। यसपछि शाहरुखले यो विषयमा अलग अलग प्रतिक्रिया दिएका थिए तर सलमानले भने कुनै प्रतिक्रिया दिएका थिएनन्। यस बारेमा सलमानले रोजामा गला मिलाउनु सामान्य औपचारिकता भएको बताएका छन्। उनले यसलाई 'दोस्ती वा दुश्मनी' को रुपमा हेर्न नहुने बताए। दुई कलाकार एउटै उद्योगमा भएपछि दुईबीच इगो हुनु स्वभाविक भएको बताउँदै उनले यसको अर्थ दुश्मनी नभएको उल्लेख गरे।
सलमानले शाहरुखप्रति कुनै रिस भए आफ्नो काम बाट नै त्यसको उत्तर दिने बताएका छन्। 'जसको काम बोल्छ उसको मुख बोल्न पर्दैन' सलमानले भनेका छन् ।
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !