नेपाल साहित्य महोत्सवको अन्तिम दिन हिरो राजेश हमाल ‘सेलिब्रिटिङ राजेश हमाल’ शीर्षकको एक सेसनमा अतिथि थिए। उनले विभिन्न विषयमा आफ्ना स्पष्ट धारणा राखे। दर्शक दीर्घाबाट प्रश्न आउने क्रममा एक महिला दर्शकले सबैको ध्यान
राजेश हमाललाई विवाह नै गर्न जरुरी नभएको, सबै फ्यान नै उनका जीवन साथीको रुपमा रहेको तर्क गर्दै उनले भनिन्- ‘आजभोलिको लिभिङ टुगेडरको जमानामा बिहे नै गर्नुपर्छ भन्ने पनि छैन।’ तर, पुस्ता हस्तान्तरणको महत्व सुनाउँदै उनले सन्तान माग गरिन्।
यसको जवाफ राजेश हमालले कसरी दिए? सुन्नुस्-
कार्यक्रममा उनले विवाहको बारेमा पनि दार्शनिक जवाफ भन्दै कटु सत्य बोले। उनले भने- “तपाईँ आफ्नो जीवन साथीलाई अङ्गाल्नु हुन्छ भने त्यो तपाईँको आवश्यकता हो। किनकि जीवन जिउन सजिलो छैन। म त के भन्छु भने, अलिकति फिलोसफिकली भन्नुपर्दा, विवाह भन्ने जस्तो ढोङ्गी नाता मानव जातिमा अरु छैन। विवाह भनेको सबैभन्दा ठूलो ढोङ्गी नाता हो। किनकि यदि हामी मनुष्यको आफ्नो वास्तविक चरित्र हेर्छौँ, जो कुनै परम्पराबाट प्रभावित छैन, समाजबाट प्रभावित छैन, संस्कृतिबाट प्रभावित छैन, धर्मबाट प्रभावित छैन, आफ्नै नैतिकताबाट पनि प्रभावित छैन, लाई छाडेर विशुद्ध मनुष्य चरित्रलाई मात्रै हामीले हेर्यौँ भने एउटा लोग्नेमान्छे र एउटा स्वास्नीमान्छे आजीवन एकापसमा आकर्षित भएर रहिरहन सक्दैसक्दैन। त्यो असंभव छ।” सुन्नुस् उनकै मुखबाट यो भिडियोमा-
कार्यक्रममा राजेश हमालले राखेका अरु विचारहरु अर्को ब्लगमा राख्नेछु। राजेश हमालको धारणामा तपाईँको विचार के छ ? तल कमेन्टमा लेख्नुहोला।
साभार : माई संसार
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !