CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » बलिवुड कलाकार राजपाल यादव जेल चलान

बलिवुड कलाकार राजपाल यादव जेल चलान

 राजपाल यादव जेल चलानमुम्बई– बलिउड फिल्मका हास्य अभिनेता राजपाल यादवलाई जेल चलान गरिएको छ। ठगी मुद्दाको आरोपमा प्रमाणित उनलाई दिल्ली अदालतले १० दिनका लागि थुनामा राख्ने सजाय सुनाएको हो। अदालतको आदेशसँगै उनलाई जेल चलान गरिएको छ।

नयाँ दिल्लीका व्यापारी एमजी अग्रवालले राजपाल दम्पतीले पाँच करोड रुपैयाँ
सापटी लिएको तर तिर्न आनाकानी गरेको भन्दै अदालतमा मुद्दा दायर गरेका थिए। सो रकम उनले सन् २०१० मा फिल्म 'अता पता लापता' बनाउन अग्रवालसँग सापटी लिएका थिए। ४२ वर्षे राजपाल यादव आफैंले निर्देशन गरेको उक्त फिल्म सन् २०१२ को नोभेम्बरमा रिलिज भएर फ्लप भएको थियो।

त्यसपछिका दिनमा अग्रवालले रकमका लागि बारम्बार ताकेता गरे पनि राजपालले आफूले अग्रवालसँग रकम नलिएको बताउँदै आएका थिए। अदालतले झुठो बोलेको तथा अदालतको अपहेलना गरेको कारण देखाउँदै १० दिनका लागि थुनामा राख्ने आदेश दिएको हो। मंगलबार अदालतमा आफ्नो बचावका लागि उपस्थित भए पनि यसअघिका दिनमा उनी अदालतले बारम्बार बोलाउँदा पनि हाजिर भएका थिएनन्।

अदालतले राजपालसँगै उनकी पत्नी राधा यादवलाई पनि दोषी प्रमाणित गरेको थियो। 'अता पता लापता'की निर्माताको रुपमा राधाको नाम रहेकाले उनी पनि ठगी मुद्दामा मुछिएकी हुन्। तर सानो बच्चा भएका कारण उनलाई भने हरेक दिन रजिष्ट्रारको कार्यालयमा उपस्थित हुनेगरी छाडिएको छ। आउँदो वर्षको जनवरी १४ मा मुद्दाको अन्तिम सुनुवाई हुनेछ। रामगोपाल वर्माको 'मस्त'बाट फिल्म यात्रा थालेका राजपालले वर्माकै 'जंगल'बाट हास्य कलाकारको रुपमा ख्याति कमाएका थिए।साभार :नागरिक
बम्बई– बलिउड फिल्मका हास्य अभिनेता राजपाल यादवलाई जेल चलान गरिएको छ। ठगी मुद्दाको आरोपमा प्रमाणित उनलाई दिल्ली अदालतले १० दिनका लागि थुनामा राख्ने सजाय सुनाएको हो। अदालतको आदेशसँगै उनलाई जेल चलान गरिएको छ।


नयाँ दिल्लीका व्यापारी एमजी अग्रवालले राजपाल दम्पतीले पाँच करोड रुपैयाँ सापटी लिएको तर तिर्न आनाकानी गरेको भन्दै अदालतमा मुद्दा दायर गरेका थिए। सो रकम उनले सन् २०१० मा फिल्म 'अता पता लापता' बनाउन अग्रवालसँग सापटी लिएका थिए। ४२ वर्षे राजपाल यादव आफैंले निर्देशन गरेको उक्त फिल्म सन् २०१२ को नोभेम्बरमा रिलिज भएर फ्लप भएको थियो।

त्यसपछिका दिनमा अग्रवालले रकमका लागि बारम्बार ताकेता गरे पनि राजपालले आफूले अग्रवालसँग रकम नलिएको बताउँदै आएका थिए। अदालतले झुठो बोलेको तथा अदालतको अपहेलना गरेको कारण देखाउँदै १० दिनका लागि थुनामा राख्ने आदेश दिएको हो। मंगलबार अदालतमा आफ्नो बचावका लागि उपस्थित भए पनि यसअघिका दिनमा उनी अदालतले बारम्बार बोलाउँदा पनि हाजिर भएका थिएनन्।

अदालतले राजपालसँगै उनकी पत्नी राधा यादवलाई पनि दोषी प्रमाणित गरेको थियो। 'अता पता लापता'की निर्माताको रुपमा राधाको नाम रहेकाले उनी पनि ठगी मुद्दामा मुछिएकी हुन्। तर सानो बच्चा भएका कारण उनलाई भने हरेक दिन रजिष्ट्रारको कार्यालयमा उपस्थित हुनेगरी छाडिएको छ। आउँदो वर्षको जनवरी १४ मा मुद्दाको अन्तिम सुनुवाई हुनेछ। रामगोपाल वर्माको 'मस्त'बाट फिल्म यात्रा थालेका राजपालले वर्माकै 'जंगल'बाट हास्य कलाकारको रुपमा ख्याति कमाएका थिए।
- See more at: http://nagariknews.com/entertainment/story/10470#sthash.xYFL7WhQ.dpuf
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis