CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » हिंसाको हार, प्रेमको जित

हिंसाको हार, प्रेमको जित

 हिंसाको हार, प्रेमको जितरिलजको तेस्रो साता पनि बुलेट (गोली)को रासलीला छाइरहेको छ। सानातिना बहानामा बन्दुकको आतिशबाजी गरिहाल्नेहरूको दुश्मनीमा रुमल्लिएको फिल्म १०० करोड क्लबमा छिरिसकेको छ। त्यसैले यसको पूरा नाम 'गोलियों की रासलीलाः राम–लीला'
हुनु स्वभाविक हो।
सञ्जयलीला भन्सालीद्वारा निर्देशित 'राम–लीला'मा सनेडा र रजाडी समुदायबीच कडा द्वन्द्व छ। शेक्सपियरको 'रोमियो एन्ड जुलियट'मा आधारित यस फिल्ममा सनेडा र रजाडी समुदायका पात्रहरूले एकअर्कालाई 'रावण' मानिरहेका छन्।
हिंसाले भरिपूर्ण 'राम–लीला'को मुख्य एजेन्डा चाहिँ 'अस्वीकृत प्रेम' हो। कट्टर दुश्मनका रूपमा परिचित दुई समुदाय रजाडी र सनेडाका क्रमशः राम र लीला नामक पात्रहरूबीचको प्रेमप्रसंगमै फिल्म घुमेको छ। यसमा प्रेम पनि छ, हिंसा पनि छ।
यसअघि फिल्म 'सावरिया'मा शान्ति, भरोसा र समर्पणको प्रतीक मान्दै निलो रङलाई खेलाएका निर्देशक भन्सालीले 'राम–लीला'मा रातो रङको कलेबर पोतेका छन्। फिल्ममा रातोको दोहोरो अर्थ झल्किन्छ। रातो अर्थात् प्रेम र हिंसा दुवै।
निर्देशकले फिल्मलाई रंगीचंगी रङहरू लिपिएको एउटा फराकिलो क्यान्भासझैं बनाएका छन्। चहकिला रङहरू निकै सुनियोजित कोरियोग्राफ गरिएको छ। ती रङहरू जसरी एकअर्कादेखि छुट्टिने खालका छन्, फिल्मका पात्रहरू पनि सर्लक्क केलाउन सकिने स्वभावका छन्। पात्रहरू कि 'ब्ल्याक' छन्, कि 'ह्वाइट'। दुईको मिश्रित रूप 'ग्रे'को अंश पात्रमा पाइँदैन। पात्रहरू चेप्टा लाग्छन्, गोलाकार लाग्दैनन्। गोलाकार भएका भए थप रोचक हुनेथिए।
'राम–लीला'का मुख्य पात्रहरूविरुद्ध सहायक पात्रहरूले सक्दो षड्यन्त्र रच्छन्। समुदाय–समुदायबीचको दुश्मनी र युद्धमै फाइदा देख्नेहरू राम र लीलाको प्रेम असफल पार्न डटेर लाग्छन्। हिंसा र लडाइँ भइरहे 'बुलेट'को बिजनेस उकालो लाग्ने स्वार्थ केहीको छ।
अंग्रेजी साहित्यमा निकै रोमान्टिसाइज गरिएको रोमियो र जुलियटबीच बाल्कोनीमा हुने प्रेमालापलाई फिल्ममा स्थान नदिने कुरै भएन। दुश्मनको बार्दलीमा दुश्मनकै छोरी लीलासँग रामले प्रेमालाप गर्छ। रामलाई अरूको बगैंचामा छिर्ने मयुरसँग तुलना गरिएको छ। राम र लीला मयुर जोडी नै हुन्छन्। पोथीलाई प्रभावित पार्न भाले मयुरले नृत्य देखाएजस्तै राम पनि नाचिरहन्छ।
मयुर अरू पन्छीभन्दा ठूलो र झट्टै छुट्टिने हुन्छ। यो उड्न त उड्छ तर धेरै टाढा उड्न सक्दैन। रुखमै बास बस्ने यसले गुँड चाहिँ जमिनमा बनाउँछ। राम र लीला पनि आफ्नो समुदायका आकर्षक पात्रहरू हुन्छन्। उनीहरू उम्किने प्रयास त गर्छन् तर धेरै टाढा जान सक्दैनन्।
रामको बाहिरी इच्छा लीलालाई पाउनु हुन्छ भने भित्री इच्छा चाहिँ दुई समुदायबीचको दुश्मनी दूर गर्नु हुन्छ। उसले सुरुमा सनेडा समुदायको एक पात्रलाई आफ्ना केटाहरूबाट जोगाइदिन्छ। होलीको जमघटमा पहिलोपटक भेट्दा राम र लीला दुवैले एकअर्कालाई बन्दुकले ताक्छन्। लीलाले आकाशतिर तेर्साउँदै बन्दुक पड्काउँछे, त्यसबाट आगो निस्किन्छ। रामले लीलातिरै बन्दुक ताकेर प्रहार गर्छ, पानीको मसिनो धारा छुट्छ। त्यस दृश्यमा समेत रामको हिंसाविरोधी छवि चम्किन्छ।
राम र लीलाको आत्मीयता बढ्दै गएपछि फिल्ममा बन्दुकभन्दा बाजा धेरै बज्न थाल्छन्। पाश्चात्य साहित्यमा बन्दुकको विपरीत विम्ब गुलाब होला, 'राम–लीला'मा बाजालाई प्रयोग गरिएको छ। ढोल, नागरा र अरू थुप्रै धमाकेदार बाजाहरूका आवाजले बन्दुकको आतंकलाई छोप्न खोज्छ।
विपरीत विम्ब निर्माण गर्न फिल्मले मरुभूमि र पानीको समेत सहारा लिइएको छ। समाजदेखि भागेका राम र लीलाले मरुभूमिमा जीवनका योजना बुन्छन्। पछि उनीहरूको विछोडको बेला त्यही जीवनको प्रतीक मानिने पानी नै तगारो बनिदिन्छ। राम पानीमा पौडिँदै लीलालाई भेट्न खोज्छ तर सक्दैन।
फिल्मले क्लाइमेक्समा पानीलाई जीवनको रूपमा कलात्मक चित्रण गरेको छ। दुवैजना बगैंचाको पोखरीमा झर्ने दृश्यमा पानीलाई जीवनमात्र होइन शीतलता र राहतका रूपमा पनि अर्थ्याउन सकिन्छ। पानीमा डुब्नु भनेको एकअर्कामा बिलीन हुनु पनि हो।
'रोमियो जुलियट'मा आधारित भनिए पनि 'राम–लीला'मा रामायणको हल्का झल्को महसुस हुन्छ। रामलाई रजाडी समुदायले 'वनवास' पठाइदिएको प्रसंग पनि फिल्ममा छ। त्यतिमात्र होइन लीलालाई रामबाट खोसेर बेलायत लैजान्छु भन्ने एक पात्र समेत यसमा छ। बेलायत पनि रावणको लंकाजस्तै समुद्रले घेरिएको टापु हो। रामायणको रावण डरलाग्दो थियो भने यसको 'रावण' हाँसउठ्दो छ।
परम्परागत रूपमा प्रचलित रामलीला विजयादशमीको बेला देखाइने एउटा लोकनाटक हो। नाटकमा संगीत र हास्य मिश्रित (पेन्टोमाइम) शैलीबाट दृश्य मञ्चन गरिन्छ। यो पूर्ण यथार्थपरक हुँदैन। निर्देशक भन्सालीले फिल्म 'राम–लीला'मा यो अतिनाटकीय शैलीलाई अनुसरण गरेका छन्।
रामलीला जात्राको अन्तिम दिन रावणलाई परास्त गरिन्छ। 'राम–लीला' फिल्मको अन्तिमतिर रावणको एउटा भीमकाय पुतला देखाइन्छ पनि। तर, फिल्ममा नायक रामले रावण होइन दुई समुदायबीचको पुस्तौनी हिंसालाई परास्त गर्ने लक्ष्य लिन्छ। राम–लीलाको प्रेम र दुई समुदायबीचको हिंसा आमनेसामने हुन्छ, जसमा हिंसाले हार्छ, प्रेमले जित्छ।
बलिउडको ठूलो बजारले त्यहाँका फिल्म निर्माणमा करोडौं खर्च गर्न सकिन्छ। भव्य लोकेसन, महँगा सेट, बुट्टेदार प्रप्स, झकिझकाउ लाइट र सयौंको भीड जुटाउन 'राम–लीला'ले कञ्जुस्याइँ गरेको छैन। तैपनि फिल्मको भौतिक पक्ष जति बलियो छ, संवेदना पक्ष त्यति मार्मिक हुनसकेको छैन। फिल्मका पात्रहरूमा संवेदनाको उतारचढाव निकै गराइएको छ। तर, त्यसलाई 'जस्टिफाई' गर्ने दृश्यहरू बुन्न निर्देशक सफल भएका छैनन्।
खाइलाग्दा हिरो रणवीर सिंह र पातली हिरोइन दीपिका पादुकोणको केमिस्ट्रीलाई 'मसल' र 'ब्युटी'को फ्युजन मान्न सकिन्छ। फिल्मका दृश्यहरू कतै 'इन्स्टलेसन आर्ट'जस्तो त कतै नाटकको भव्य सेटजस्तो लाग्छ। फिल्म 'राम–लीला' गुजरातको कुनै काल्पनिक गाउँमा मनाइएको झन्डै अढाइ घन्टा लामो एउटा अबीरजात्रा हो।
फिल्म समीक्षा

two and half

फिल्मः राम–लीला
निर्देशकः सञ्जयलीला भन्साली
निर्माताः सञ्जयलीला भन्साली, चेतन देवलेकर, किशोर लुल्ला, सन्दीप सिंह
लेखकः गरिमा सिद्धार्थ र सञ्जयलीला भन्साली
कलाकारः रणवीर सिंह, दीपिका पादुकोण, सुप्रिया पाठक कपुर, ऋचा चद्दा, शरद केल्कर आदि।
साभार : नागरिक न्युज

(0 votes)
हिंसाको हार, प्रेमको जित
रिलजको तेस्रो साता पनि बुलेट (गोली)को रासलीला छाइरहेको छ। सानातिना बहानामा बन्दुकको आतिशबाजी गरिहाल्नेहरूको दुश्मनीमा रुमल्लिएको फिल्म १०० करोड क्लबमा छिरिसकेको छ। त्यसैले यसको पूरा नाम 'गोलियों की रासलीलाः राम–लीला' हुनु स्वभाविक हो।

- See more at: http://nagariknews.com/entertainment/bollywood/story/10474#sthash.d7yI8nT4.dpuf
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !

हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis