आकारको यो सिङ्कहोल (जसलाई नेपाली भूगर्भविद्हरु 'भुवान' भन्ने गर्छन्) ६६ फिट फराकिलो र १०० फिट गहिरो थियो। यो सिङ्कहोलले एउटा तीन तले बिल्डिङ र अर्को एउटा सानो घर निलेको थियो। ग्वाटेमालाको राष्ट्रपति कार्यालयबाट आधिकारिक रुपमा जारी गरिएको यो फोटोलाई अमेरिकी सञ्चार संस्था एपीले विश्वभर फैलाएको थियो। आज पनि विश्वका विभिन्न ठाउँमा मानव बस्ती भएको ठाउँमा वा त्यस वरपर मान्छेको चासोको क्षेत्रमा सिङ्कहोल बन्दा यही फोटोलाई उदाहरणको रुपमा देखाउने गरिन्छ। त्यहाँका अधिकारीहरुले आँधीका कारण लगातार परेको पानीले जमिनमुनिको पानीको सतह बढेर त्यहाँको पातलो माटोको तह पगालेका कारण माथिको जमिनसमेत भासिएर यति ठूलो सिङ्कहोल बनेको बताएका थिए। पोखरा उपत्यकामा रहेको अर्मला गाविसमा अहिले बनिरहेका सिङ्कहोलले भविष्यमा यस्तै विपत्ति सहरी क्षेत्रमा समेत आउनसक्नेतर्फ सचेत गराएको छ। भूगर्भविद्हरुले १५ वर्षअघि नै यस्तो चेतावनी दिइसकेका छन्।
संविधान सभाको
निर्वाचन सकिएर देशभर मतगणना जारी रहँदा न्युजरुममा एउटा बेग्लै समाचार
आइपुग्यो। साथी
रविराज बराल पोखराको बासिन्दा हुनाले उसलाई त्यो समाचारले छोयो र तत्काल
समाचार अनलाइनमा
फोटोसहित राख्यो। हामी भने मतगणनाको अपडेटमै व्यस्त थियौँ।
मतपरिणाम आउने
क्रम सकिँदै जाँदा बल्ल फूर्सदमा त्यहाँका फोटो र समाचार हेरेँ। अहो,
अचम्मै भएको
रहेछ। पोखरा नै गएर नजिकबाट बुझेर यसबारे एउटा विशेष सामाग्री तयार पार्नुपर्ला
भन्ने प्रस्ताव
अहिले म कार्यरत अन्नपूर्ण पोस्टको डिजिटल टिममा राखेँ। डिजिटल सम्पादक
उज्ज्वल
आचार्यसहित अरु साथीहरुले पनि हौस्याएपछि यसै साताको सुरुमा पोखरा पुगेँ।
अन्नपूर्ण
पोस्टको पत्रिका र अनलाइनमा आज यसबारे विशेष सामाग्री छापिएको छ।
कात्तिक २६ गतेबाटै अर्मलाको ठूलीबेसी फाँटमा ससाना खाल्डाहरू पर्न थालेको रहेछ। तर कसैले वास्तै गरेका
रहेनछन्। चुनावको भोलिपल्ट अलि ठूलै सिङ्कहोल बनेपछि बल्ल मानिसहरु झसङ्ग भए। मंसिर ७ गते
शुक्रबार दिउँसै एउटा कच्ची घरको सामानै निल्ने गरी प्वाल परेपछि भने यहाँ आतंक मच्चिन सुरु गरेको थियो।
अहिले दिनदिनै जसो त्यहाँ सिङ्कहोलहरु बन्ने क्रम जारी छ। साना प्वालहरु अझ ठूला र नयाँ नयाँ ठाउँमा
सिङ्कहोल देखिएका छन्।
किन भयो यस्तो?
कालीखोला पश्चिम अर्मला गाविस वडा नम्बर १ क्षेत्र भौगर्भिक हिसावले
अत्यन्त कमजोर अवस्थामा रहेको सिल्ट (Silt) र ग्राभेल (Gravel) जम्मा भई
बनेको भूभाग हो। यस क्षेत्रको जमिनको माथिल्लो भागमा पातलो ग्राभेलको तह (५
मिटर सम्म) र तल्लो भागमा राम्रोसँग नजमिसकेको कमेरे माटोको तह (Silt
Layer) रहेको छ। कमेरे माटोमा लगातार पानीको प्रभावको कारण सो तह कमजोर भई
केही मात्रा पानीमा घुल्छ र पानीसँगै बगेर जान्छ। खहरे खोलाको प्राकृतिक
प्रवाहमा अवरोध पुगेपछि पानीको भूमिगत सतह बढ्यो। त्यसले कमेरे माटोलाई
पगाल्यो। जसले गर्दा तलको भाग खोक्रो हुन गयो। तलको भाग
खोक्रो
भइसकेपछि माथिबाट जमिन भासिन गयो र यस्ता प्वाल देखियो। कमेरे माटो पगालेर
भूमिगत पानी निस्किएको तलको फोटोबाट पनि देखिन्छ। एकातिर कालीखोला सफा
बगेको छ भने भूमिगत पानी कमेरे माटो गाल्दै सेतो भएर खोलामा मिसिएको छ।
१५ वर्षअघि नै सचेत गराइएको थियो
हिजो म खानी तथा भूगर्भ विभागका वरिष्ठ भूगर्भविद् लीलानाथ रिमाललाई
भेट्न गएको थिएँ। उनी अस्ति भर्खरै अर्मला गएर स्थलगत अध्ययन गरी
फर्किएका थिए। १५ वर्षअघि जर्मन सरकारको सहयोगमा विभाग र विदेशी विज्ञ
सहितको टोलीले पोखरा उपत्यकाकै एउटा पूर्ण नक्साङ्कन गरेको थियो, जसमा
कुन ठाउँको माटो कस्तो छ, कहाँ सिङ्कहोल बन्नसक्छ, कुन ठाउँ भास्सिन
सक्छ, सबै उल्लेख थियो। त्यसमा पनि सहभागी रिमालले भने, "हामीले उतिबेलै कार्यक्रम गरेर नगरपालिका, जिविस, पत्रकार सबैलाई सचेत गराएका थियौँ। नक्सामा जोखिम देखिएका ठाउँहरुमा निर्माण कार्य गर्दा विस्तृत अध्ययनपछि मात्रै स्वीकृति दिनभनेका थियौँ।" उनी कसैलाई दोष दिन चाहँदैनन्। "हामी सबैको दोष हो, हामीलेनक्सा बनायौँ, दियौँ। कसैले बुझ्न नपाएर वा नबुझेर त्यस्ता ठाउँमा अध्ययनै नगरी घर बनिरहेका छन्।"
पोखराको कहाँ कहाँ खतरा?
न्युरोड आसपास
चिप्लेढुंगा आसपास
लाचोक
घाचोक
हेम्जाबेसी
छोरेपाटन
साभार : माई संसार
for more click http://www.mysansar.com/2013/12/9480/
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !