बैज्ञानिकहरुले एक नयाँ ‘लव टेस्ट’
फर्मूला तयार पारेका छन्, जसले बैबाहिक सम्वन्धको सफलताका लागि
नवदम्पत्तिलाई राम्रो गाइड गर्न सक्ने दावी गरिएको छ ।
अध्ययनका अनुसार साथीको तस्वीरको बारेमा
एक
अवचेतन प्रतिक्रिया विवाहको परिणाम जन्न उपयोगी सावित हुनसक्छ । जर्नल
साइन्समा प्रकाशित अध्ययनका अनुुसार जुन मानिसको मनमा नकारात्मक कुरा आउँछ,
केही वर्षपछि उनीहरुको सम्वन्धमा दराद आउने सम्भावना बढ्छ ।
मुख्य
शोधकर्ता फ्लोरिडा स्टेट यूनिभर्सिटीका प्रोफेसर जेम्सका अनुसार नयाँ
अध्ययनले नवदम्पत्तिको एक अर्काप्रतिको साँेचबारे सही अनुमान लगाउन सकिने
देखिएको छ । उनका अनुसार मनको यो कुरा विवाहका क्रममा तपाई खुसी हुनुभयो कि
भएन भन्नेबारे अनुमान लगाउन निकै महत्वपूर्ण सावित हुनसक्छ ।
जेम्सको टोलीले विवाह लगतैका १ सय ३५
जोडीसँग कुराकानी गरेको थियो । शोधकर्ताहरुले उनीहरुलाई विवाहको मूल्यांकन
सकारात्मक, नकारात्मक, राम्रो, नराम्रो, सन्तुष्ट र असन्तुष्ट कुन प्रकारले
गर्नु भयो भनेर सोधेका थिए । त्यसपछि लव टेस्टको प्रयोग गरेर एकअर्काप्रति
उनीहरुको मनको अबस्था मापन गरिएको थियो । जसमा एक पार्टनरको तस्वीर
अर्कोलाई एक सेकेन्डको तेस्रो अंशसम्मका लागि देखाइएको थियो ।
त्यसपछि उनीहरुले जति सक्दो छिटो शानदार,
आश्चर्यजनक, डरलाग्लो र भयानक मध्ये कुनै एक जवाफ दिनु पर्ने हुथ्यो । यो
टेस्ट सम्वन्ध बनाउने मनोबैज्ञानिक सिद्धान्तमा आधारित छ । यो
सिद्धान्तअनुसार विवाहमा सम्वन्ध बनाइएको मानिसहरुमा पार्टनरको तस्वीर
क्षणभरका लागि हेरेपछि सकारात्मक वा नकारात्मक विचार आउँछ ।
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !