
'चेन्नाई एक्सप्रेस'को चर्चा हुँदा यो फिल्मकी हिरोइन दीपिका पादुकोणको उचाइ चर्चाको विषय बन्यो । फिल्मको प्रचारमा सँगै हिँड्दा दीपिका शाहरूखभन्दा निकै अग्ली देखिएकी थिइन् । शाहरूखका यसअघिका फिल्म 'जब तक है जान' का कटि्रना कैफ र अनुष्का शर्मा तथा 'मैं हुँ ना' कि हिरोइन सुस्मिता सेन पनि उनीभन्दा अग्ला थिए ।
सामान्यतया मसला हिन्दी फिल्ममा हिरोइनलाई सुन्दरी र हिरोलाई बलियो देखाउने चलन छ । यसअनुसार हिरो हिरोइनको जोडीमा हिरोलाई अग्लो देखाउने चलन छ । तर, अचेल बलिउडमा हिरोभन्दा अग्ला हिरोइनको संख्या बढिरहेको छ । दीपिका मात्र यसको उदाहरण होइनन् । नपत्याए 'धुम ३' को प्रचारमा आमीर खान र कटि्रना कैफलाई हेर्नुस् । बलिउडका होचो हिरोमा पर्ने आमीरसँग यसमा अग्ली हिरोइन कटि्रनाको जोडी बनाइएको छ ।
अहिलेसम्म अग्ला हिरोहरूसँग देखिएकी सोनाक्षी सिन्हा पनि यो तस्बिरमा सैफभन्दा अग्ली देखिन्छिन् । 'दबंग'का सलमानबाहेक सोनाक्षीले अजय देवगन र अक्षय कुमारजस्ता अग्ला हिरोसँग अभिनय गरेकी छन् । तर, 'बुलेट राजा'मा उनी सैफसँग देखिंदै छिन् । सोनाली बेन्द्रे, तब्बु, पूजा बत्राजस्ता अग्ला हिरोइनको समयपछि बलिउडमा होचा हिरोइन चले । काजोल, रानी मुखर्जी तथा करिश्मा कपुरहरूको हाइट खासै धेरै थिएन । तर, अहिलेका हिरोइनहरू हिरोभन्दा अग्ला देखिन्छन् । त्यसमाथि हाई हिल लगाएपछि विचरा होचा हिरोहरू झन् समस्यामा छन् । तर, नयाँ छिमलका हिरोहरू रणवीर कपुर, रनवीर सिंह, अर्जुन कपुरलाई भने यस्तो समस्या नहोला, उनीहरू पनि राम्रो हाइट भएका हिरोमा पर्छन् ।
साभार : कोशेली
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !