CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » नफापेको बिशेष सम्बन्ध

नफापेको बिशेष सम्बन्ध

एक समयमा विनय श्रेष्ठ र ऋचा शर्माको जोडीको खुब चर्चा हुन्थ्यो। लगनगाँठोमा नबाँधिए पनि उनीहरू एकअर्कालाई निकै माया गर्थे। सार्वजनिक कार्यक्रममा एक्लै विरलै उपस्थित हुन्थे उनीहरू। अर्थात्, यी दुईको प्रेमकथा पर्दामा देखाइनेभन्दा निकै रोमाञ्चक थियो। तर, जब दुवैको लगानी रहेको फिल्म भिसा गर्ल
फ्लप भयो, सम्बन्धमा पनि दरार आयो। विनयबाट टाढा भइन् ऋचा। यसरी नायकसँगको सम्बन्ध अन्त्य भएपछि उनी निर्देशक निश्चल बस्नेतसँग नजिक भएको हल्ला चल्न थाल्यो। त्यसमाथि निश्चलको फिल्म टलकजंग भर्सेज टुल्केमा ऋचा अनुबन्ध भएपछि 'दालमा केही कालो छ' भन्नलाई गाह्रो भएन। भलै दुवैले यो हल्ला मात्र भएको जिकिर गररिहेका छन्। हल्ला होस् कि यथार्थ, उनीहरूले नै जानून्। तर, दुःखलाग्दो कुरा के हो भने निर्देशकसँग घनिष्ट सम्बन्ध बनाए पनि ऋचाको करिअरमा कुनै फाइदा पुगेको छैन। निश्चलबाहेक अरू कुनै निर्देशकले उनलाई पत्याएका छैनन्। साभार : नेपाल
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis