CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » लगानी खोज्दै हिरोइन बन्दै

लगानी खोज्दै हिरोइन बन्दै

खुस्बु खड्काको नाम धेरैले सुनेका छैनन्। भलै होची कदकी यी अभिनेत्रीले फिल्ममा सानोतिनो भूमिका गर्न थालेको चार वर्ष पुगिसक्यो। यति लामो समयसम्म पनि कुनै चर्चा पाउन नसकेपछि उनले नयाँजुक्ति निकालेकी छन्, फिल्मका लागि लगानीकर्ता खोजिदिने, त्यसको बदलामा आफूलाई नै हिरोइन लिनुपर्ने। र, यो जुक्तिले उनलाई थोरै समयमा धेरै फाइदा
पुर्‍याएको छ। सुकुलगुन्डा र भ्रमका लागि उनले १०-१० लाख रुपियाँ हाल्ने लगानीकर्ता मिलाइदिएको चर्चा छ। सुकुलगुन्डा निर्माण युनिटका एक सदस्यले हालै अनौपचारकि कुराकानीमा भने, "के गर्नु, १० लाख हाल्ने मुर्गा मिलाइदिएपछि त जस्तो भए पनि उनलाई नै हिरोइन राख्नैपर्‍यो नि!"

सायद यही कारणले होला सुकुलगुन्डामा उनले जीवन लुईंटेलसँग रोमान्स गर्ने मौका पाएकी छन्। भ्रममा भने उनी कर्मा शाक्यको अपोजिटमा छिन्। खुस्बु भने लगानीकर्ता मिलाइदिएर हिरोइन बनेको स्वीकार्दिनन्। भन्छिन्, "म अगाडि बढेेको देखेर खुट्टा तानेका हुन्, लगानीकर्ता मिलाइदिएको कुरा साँचो होइन।"
साभार : नेपाल
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis