CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » गफाडी दिनेशको धाकमा कतिको दम छ ? २६ पुसपछि थाहा होला।

गफाडी दिनेशको धाकमा कतिको दम छ ? २६ पुसपछि थाहा होला।

उसो त दिनेश डीसीलाई गफ दिन कसले भ्याउँछ र ? आफूले गरेको तीलजतिको कामलाई पहाड जत्रो बनाउने क्षमता उनमा छ। गफकै कारण उनले निर्देशन गरेको मायाज बारले निर्माताको ५० लाख डुबाएको चर्चाले सिने बजारमा निकै स्थान पाएको थियो। त्यसयता डेढ वर्षजति उनले कुनै फिल्म निर्देशन
गरेनन्। अन्ततः उनले आफ्नै चेला दीपकराज गिरीलाई लगानी गर्न लगाए र आफूले निर्देशन गरे। दीपकको लगानीमा दिनेशले एउटा फिल्म तयार पारेका छन्, ६ एकान ६। यो फिल्ममा दीपकसहित नेपालका चर्चित ६ जना हास्य कलाकारले एकसाथ अभिनय गरेका छन्। एउटा सार्वजनिक कार्यक्रममा कसैले उनलाई सोधिदियो, 'त्यति चर्चित कलाकारलाई एकसाथ काम गराउन धेरै गाह्रो भयो होला होइन ?' फुर्ती लगाउन दिनेशलाई ठूलो मौका मिलिहाल्यो। हत्तपत्त भनिहाले, 'हो नि, सबै आफूलाई सुपरस्टार ठान्ने तर पनि मैले आफूले भनेजस्तो काम गराएको छु। फिल्म बबाल बनेको छ।' उनको यो धाकमा कतिको दम छ ? २६ पुसपछि थाहा होला। साभार : नेपाल
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis