CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » नपाएको कि नखेलेको ?

नपाएको कि नखेलेको ?

व्यापार चौपट भएर के भयो ? दिन बिराएर नयाँ-नयाँ फिल्मको मुहूर्त भइरहेको छ। कलाकारको व्यस्तता बढ्नु सामान्य भइहाल्यो। तर, सुन्दरता र क्षमताकी खानी भनिएकी हिरोइन झरना बज्राचार्य भने निकै फुर्सदमा छिन्। चार वर्षै पुग्न लागिसक्यो, उनको फिल्म रिलिज भएको छैन। यसो फाट्टफुट्ट म्युजिक भिडियोमा भने देखिरहन्छिन्। नयाँ हिरोइनहरूको
उदय भएपछि झरनालाई निर्देशक/निर्माताले नपत्याएको भन्न आइतबार कुर्नुपर्दैन। तर, उनको फुर्ती भने अलि फरक छ। फिल्म नपाएर होइन कि मन नपरेरचाहिँ नखेलेकी रे ! भन्छिन्, "अफर त धेरै आइरहेको छ। तर, स्क्रिप्ट मन नपरेकाले काम नगरेकी हुँ।" राम्रो स्क्रिप्ट कुर्दाकुर्दै अनुहारमा चाउरी पर्न लागिसक्यो भनेर उनलाई कसले सम्झाइदिने ? साभार : नेपाल
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis