त्यस्तै भयो।
बेलायतको गार्डियनले दुई दिनअघि एउटा समाचार ठोक्यो- कतारले विश्वकप फुटबल गर्ने मौका जिते यता देशभरका निर्माण स्थलहरुमा ज्यान गुमाउनेको संख्या ४ सय नाघ्यो। यसलाई लगेर उसले जोड्यो सँधै झैँ विश्वकप फुटबल आयोजनासित। विश्वकप आयोजना हुने साल २०२२ सम्म त यही पाराले मर्नेको संख्या ४ हजार पुग्छ भन्दै।
अनि आज कतारको पत्रिका पेनिन्सुलाले त्यसको खण्डन ठोक्यो। गार्डियनले बढाइचढाइ गरेको दावी गर्यो।
दुवैको स्रोत एउटै- प्रवासी नेपाली समन्वय समिति।
गार्डियन भन्थ्यो- यो तथ्याङ्क समितिले यसै साता सार्वजनिक गर्ने प्रतिवेदनको हो। यो संगठनले दोहाको आधिकारिक स्रोत प्रयोग गरी मृत्यु हुनेको सूची बनाएको हो।
पेनिन्सुला चाहिँ भन्छ- “समितिका प्रवक्ता तथा महासचिव सोमप्रसाद लामिछानेले नेपालबाट हामीलाई फोनमा भने- पत्रिकाले हामीले अर्को हप्ता प्रतिवेदन सार्वजनिक गर्ने भनी बताएको कुरा पूरै गलत छ। हामी कुनै प्रतिवेदन बनाउँदै छैनौँ र हामीसँग त्यस्तो कुनै तथ्याङ्क छैन।”
समितिका उपाध्यक्ष कुलप्रसाद कार्कीले पेनिन्सुलालाई भनेका छन्- “मध्यपूर्वका अन्य देशहरु जस्तै साउदी अरेबिया र युएईमा पनि उत्तिकै संख्यामा मृत्यु भइरहेको छ। हामीलाई थाहा छैन गार्डियन किन कतारलाई मात्र फोकस गरिरहेको छ।”
गार्डियनले आफ्नो समाचारको शीर्षकलाई भने सच्याउन बाध्य भएको थियो। सच्याउने क्रममा उसले यस्तो सूचना राखेको छ-
• The headline, caption and introduction to this article were amended on 16 Feb 2014 to make it clear that 400 Nepalese workers have died on construction sites across Qatar, not just on World Cup sites
[तपाईँको विचारमा को फटाहा ? गार्डियन ? कतार ? कि नेपाली संस्था ??]
साभार : माई संसार
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !