CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » यसरी भेटिएछ महँगो सुगा, हातहातै पाए $ २ हजार

यसरी भेटिएछ महँगो सुगा, हातहातै पाए $ २ हजार


suga4आइतबारको दिन कान्तिपुरमा सुगा हराएको एउटा विज्ञापन छापिएको थियो। २० हजार+ भ्याट लाग्ने त्यो रङ्गीन विज्ञापनमा सुगा भेट्टाएर फर्काउनेलाई २ लाख रुपियाँ पुरस्कार दिने लेखिएको थियो। माइसंसारमा त्यही दिन यसबारे एउटा ब्लग लेखिएको थियो। यससम्बन्धी थप समाचार अरु कतै आएन तर त्यही
ब्लगको कमेन्टमा केही पाठकले अरु जानकारी बाँडे।
विनय महर्जनले आफ्नो साथी शक्ति प्रधानलाई उद्‍धृत गर्दै दिएको जानकारी अनुसार सुगा त्यही दिन बालुवाटारमा एक जनाले भेट्टाएका रहेछन्। उनले त्यहीँ हातहातै २ हजार डलर पुरस्कार पनि पाएछन्। फोटोसमेत रहेकोले यो विश्वसनीय लाग्छ। हेरौँ कसरी भेट्टाइएको रहेछ त यो महँगो सुगा ?
231542343
शक्ति प्रधानले यसो लेखेका छन्- सुगा बालुवाटार क्षेत्रको एउटा ठूलो रुखमा देखिएको थियो। देख्ने बित्तिकै एक जना पुरुष पुरस्कारको लोभमा रुख चढे।
suga
रुख चढेर उसले सुगालाई त समात्यो तर त्यो क्रममा ऊ रुखबाट खस्न पुग्यो। खसे पनि उसले सुगालाई भने दह्रैसँग समातेको थियो।
कंक्रिटको भूँइमा त्यतिमाथिबाट खसेर बजारिए पनि उसलाई कुनै ठूलो चोटपटक भने लागेन। उसको खुट्टा भने मर्कियो।
suga2
तर ऊ पीडाले हैन, मैले पुरस्कार पाउनु पर्छ, मैले ज्यान जोखिममा राखेर पक्रेको भन्दै चिच्याउन थाले।
suga1
विदेशी जोडीले उसलाई तत्काल २ हजार डलर दियो। डलर देखेपछि उसले सबै पीडा बिर्सियो।
suga3

suga4



डलरको शक्ति, डलरको लागि मान्छेले ज्यानसमेत जोखिममा पार्न थाले।

साभार : माई संसार  





































































































Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis