CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » बलिउडका हेन्डसम

बलिउडका हेन्डसम

बलिउडमा हालै गरिएको एक सर्वेक्षणमा अभिनेता सलमान खानलाई 'मस्ट इलिजेवल हट ब्याचलर' को पहिलो स्थानमा राखिएको छ। ४८ वर्षीय सलमान खानलाई मन पराउनेहरूको संख्या सबैभन्दा बढी छ। युवतीहरूमाझ उनी आज पनि त्यत्तिकै लोकप्रिय
छन् जति 'मैंने प्यार किया' को समयमा थिए। सलमान हालसम्म अविवाहित रहनु पनि लोकप्रियताको अर्को कारण हो। बलिउडमा अविवाहित युवा नायकहरूको वर्चस्व कायम रहेको यो बेलासमेत सलमानले आफ्नो प्रभुत्व कायम राखेका छन्। सलमानपछि रणवीर कपुरलाई दोस्रो स्थानमा राखिएको छ। कपुर खानदानका यी नायक आफ्ना समकालीन नायकहरूमध्ये युवतीहरूमाझ सबैभन्दा बढी प्रिय मानिन्छन्। यो सूचीमा रणवीर सिंह तेस्रो स्थानमा छन् भने शाहिद कपुर चौथो स्थानमा छन्।
साभार : साप्ताहिक
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis