CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » सन्की केटाले प्रेमिकालाई नांगै बनाए

सन्की केटाले प्रेमिकालाई नांगै बनाए

हालै चीनमा प्रेममा पागल एक युवकले आफ्नो प्रेमलाई सफल बनाउन अनौठो हर्कत देखाए। चीनको सान्या सहरको एउटा भवन बनाउन मजदुरहरू खटिएका थिए। त्यही बेला लिन नामक ३२ वर्षीय युवाले उक्त अनौठो हर्कत देखाएका हुन्। मजदुरीका क्रममा एउटी कन्यासित उनको प्रेम बसेको थियो, तर परिवारले
उनीहरूको प्रेमसम्बन्ध अस्वीकार गरिदियो। उनले प्रेमिकालाई अपहरण गरी पुरानो घरको छानामा लगे र घोषणा गरे- अब म यो केटीलाई मारिदिन्छु। उनको हातमा चक्कु थियो। त्यतिमात्र होइन, उनले फटाफट आफ्ना कपडा फुकाले र सँगै रहेकी प्रेमिकालाई पनि त्यसै गर्न अह्राए।

उनीहरूको उद्धार गर्न सयौं प्रहरी र सेनाले उक्त भवनमा घेरा हाल्यो। उनीहरूलाई मनाउन आफन्तहरू बोलाइयो, तर उनीहरू पनि नग्न केटाकेटीको अघि पर्न सकेनन्। करिब पाँच घन्टासम्म उक्त जोडीले प्रहरीलाई हैरान खेलाए। अन्तिममा केटाले प्रहरीसँग कुरा गर्दै आफूहरूलाई भाग्न कार उपलब्ध गराउन माग गरे। प्रहरीले उनको प्रस्ताव मान्दै कारको व्यवस्था गरिदियो। ती युवकले पाइन्ट लगाए अनि प्रेमिका लिएर कारतर्फ लम्किए, तर कारनजिक पुग्दा-नपुग्दै प्रहरी उनीहरूलाई नियन्त्रणमा लिन सफल भयो।
साभार : साप्ताहिक
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis