CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » एंकरको हड्तालले न्युज २४ अनिल जोशी आत्तिए

एंकरको हड्तालले न्युज २४ अनिल जोशी आत्तिए

news24काठमाडौं। सात महिनादेखि तलब नपाएपछि न्युज २४ टेलिभिजनमा कार्यरत श्रमजीवी पत्रकार आन्दोलनमा उत्रिएपछि न्युज २४ टेलिभिजन च्यानल दुई दिन बन्द भयो। तलब माग्दा नदिने र व्यवस्थापनले दुर्व्यवहार समेत गर्न थालेपछि न्युज एंकरहरूले थालेको हड्तालमा अन्य श्रमजीवी पत्रकार पनि मिसिएपछि न्युज २४ टेलिभिजन पुन बन्द
भएको हो। केही दिनअघिमात्र स्याटेलाइटको पैसा नतिरेपछि थाइकमले बन्द गरेको च्यानल अहिले आएर आफ्नै स्टाफका कारण बन्द हुने अवस्थामा पुगेको थियो। दुई दिनसम्म न्युज २४ च्यानलमा फिलरमात्र बजिरहेको थियो भने माघ १९ गते अपरान्ह आन्दोलनरत पत्रकार र व्यवस्थापन पक्षबीच शुक्रवारसम्म मंसिर महिनासम्मको तलब दिइसक्ने सम्झौता भएपछि पुनः प्रसारण आरम्भ भएको छ। यसअघि तलब दिनभन्दा व्यवस्थापन पक्ष आफैं टीभी बन्द गर्न अग्रसर भएको थियो।
मंसिरसम्मको तलब माघ २४ गते शुक्रवारसम्म दिन व्यवस्थापन पक्ष सहमत भएपछि सम्झौतामा अध्यक्ष अनिल जोशी र समाचार संयोजक चिरन्जीवीराज देवकोटाले हस्ताक्षर गरेका छन्। आन्दोलनकारी पक्षबाट अनुज थापा र अरुणदेव जोशीले साक्षी किनारामा सही गरेका छन् भनें व्यवस्थापन पक्षबाट तपनाथ शुक्ल र सुधिर राजभण्डारीले हस्ताक्षर गरेको बताइएको छ। सम्झौता पालना नभए सोही दिनदेखि पुनः टीभी बन्द गराउने आन्दोलनकारीले जनाएका छन्। अनिल जोशीले यस्ता सम्झौता हरेक बर्ष गरे पनि सम्झौता पालना नगर्दा पुनः आन्दोलन हुने गरेकाले यसपटक पनि आशंका कायमै छ। अघिल्लो वर्ष पनि यही समयमा तलब माग्दै न्युज २४ का पत्रकारहरू आन्दोलनमा उत्रिएका थिए। त्यसबेला २ महिनाको तलब दिएर अध्यक्ष अनिल जोशीले आन्दोलित पत्रकारसँग ११ बुँदे सम्झौता गरेका थिए। सम्झौतामा व्यवस्थापन पक्षबाट अनिल जोशी र श्रमजीवी पत्रकारहरूको तर्फबाट नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य मात्रिका पौडेलले हस्ताक्षर गरेका थिए। हस्ताक्षरको मसी सुक्न नपाउँदै व्यवस्थापन पक्षले आन्दोलनको अगुवाइ गर्ने पत्रकारमाथि आक्रमणको प्रयास गरेपछि प्रमोद न्यौपाने, निरज खतिवडा, अनुप आचार्य, प्रभात देवकोटा लगायतले राजीनामा दिएका थिए भनें केन्द्रीय सदस्य पौडेल सन्चार मन्त्रालयको प्रेस सल्लाहकार बनेर सिंहदरवार छिरे।
सिंहदरवार छिरे लगत्तै पौडेलले सुनिल कोइराला, अभ्युदय श्रेष्ठ लगायत २२ जना पत्रकारको तलब चुक्ता नगरेसम्म न्युज २४ ले पाउने लोक कल्याणकारी विज्ञापन बापतको ८ लाख रुपैयाँ भुक्तानी सूचना बिभागबाट रोक्का गराएपछि अनिल जोशी पैसा दिन बाध्य भएका थिए। यसपटक पनि जोशीले तलब नदिने छाँट देखाएपछि सविना कोइराला, अनुज थापा, विकास थपलिया, प्रदिप बस्नेत लगायतका न्युज रिडरहरूले तलब मागेका थिए। जोशीले माघ १५ सम्म दिन्छु भने पनि नदिएपछि १६ गतेदेखि उनीहरूले न्युज पढ्न छाडेका थिए। सबै न्युज रिडरले न्युज पढ्न छाडेपछि पहिले नै छाडेर एनजीओतिर काम गर्ने अनिता सिलवाललाई बोलाएर न्युज पढाउन खोजेका थिए। तर एमसीआर र स्टुडियोका प्राविधिकहरूले नमानेपछि न्युज २४ मा समाचार बन्द भएको हो। न्युज एंकरले थालेको आन्दोलनमा सबै पत्रकार कर्मचारी पनि सामेल भएपछि टिभी ठप्प भएको थियो। चिरन्जीवी देवकोटा, सुशील अर्याल, प्रेम बानियाँ लगायतका केही हर्ताकर्ताले आन्दोलन मत्थर पार्न खोजे पनि यसपटक उधारो आश्वासन नमान्ने भन्दै पत्रकारहरूले उनीहरूको प्रयास विफल बनाएका थिए। माघ १८ गते शनिवार अध्यक्ष जोशीले स्टाफ मिटिङ बोलाएर १ महिनाको तलब दिन्छु भन्दै काममा फर्किन आग्रह गरे पनि पत्रकारहरूले मानेनन्। उनीहरूले कम्तीमा पनि भदौदेखि मंसिरसम्मको तलब दिनुपर्ने अडान राखेका थिए।

http://sanghu.weeklynepal.com/2014/02/04/article-item141391504097/
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis