CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » दीपक राज गिरीले बल्ल बुझे, धेरै निर्माताहरु झूठा छन्

दीपक राज गिरीले बल्ल बुझे, धेरै निर्माताहरु झूठा छन्

 dipakraj-giri-and-dhurmus‘छ एकान छ’ हिट भएपनि नेपालबाट लगानी मात्र उठेको बताउन थालेका छन्, निर्माता तथा कलाकार दीपकराज गिरीले । सिनेमाको आक्रामक व्यापारले नेपालबाटै राम्रो कमाइ हुन्छ भन्ने सोचाइ थियो, उनको । तर ५० लाख लगानीको सिनेमालाई लगानी उठाउन मात्र १ करोड २०
लाखमाथिको व्यापार गर्नुपर्छ भन्ने उनले बल्ल वुझेको बताउँछन् ।

‘नेपालमा ९९ प्रतिशत सिनेमाले लगानी उठाएको हुँदो रहेनछ’ उनले भने ‘निर्माताहरु सन्तोष जनाउनमात्र लगानी उठेको गफ दिँदा रहेछन् ।’ १५ देखि २० लाख घाटा खाएका सिनेमा हिटको सूचिमा पर्नेगरेको उनको आँकडा छ ।

उनले आफ्नो सिनेमा ब्लकबस्टरको सूचिमा परेतापनि बल्ल लगानी उठेको बताए । ‘हिट सिनेमाको त यो हालत छ, ठिकै चलेका सिनेमाको हुन्छ होला ?’ दीपकले प्रश्न गरे ।

छ एकान छ ले नेपालबाट लगानी उठाएको भन्दै उनले ओभरसिज व्यापारमात्र आफूहरुका लागि फाइदा हुने जनाएका छन् । धेरै निर्माताहरु बुझ्दै नबुझी सिनेमामा लगानी गर्न आउने गरेको तर्क उनको छ ।
साभार : अनलाईन खबर
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis