काठमाडौं- राजधानीका सडकमा सवारी दुर्घटना परेर ज्यान गुमाउन आफूले गल्ती गर्नैपर्दैन। आफ्नो लेनमा सुरक्षित सवारी चलाउँदा पनि बत्तिएर आउने सार्वजनिक गाडीले ठक्कर दिन सक्छन्। कुनै पनि बेला अकालमा ज्यान जानसक्छ। स्कुटर वा मोटरसाइकल चलाउनेहरूमा माइक्रोबसलगायत सार्वजनिक सवारीको ठक्करबाट दुर्घटना हुने दर सबभन्दा बढी छ। यसैको ज्वलन्त उदाहरण हो, लोकगायिका मञ्जु महतको मृत्यु।
रेकर्डिङका लागि जमलस्थित मालश्री स्टुडियो आउँदै गर्दा बिहीबार उनलाई तीव्र गतिमा हुइँकिएको माइक्रोबसले ठमेल गल्कोपाखामा ठक्कर दियो। ट्राफिक प्रहरीका अनुसार २८ वर्षीया महत आफ्नै लेनमा स्कुटर चलाइरहेकी थिइन्। विपरीत दिशाबाट अनियन्त्रित गतिमा आइरहेको बा१ज ९२१३ नम्बरको माइक्रोले ठक्कर दिएपछि गम्भीर घाइते महतको शनिबार दिउँसो उपचार क्रममा मृत्यु भयो। प्रहरीले माइक्रोचालक राजेश कार्कीलाई पक्राउ गरी थुनामा राखेको छ।
गायिका महत मात्र होइन, गत मंसिरमा स्कुटर दुर्घटनाकै कारण २८ वर्षीया सविना कार्कीले पनि महाराजगन्जमा ज्यान गुमाउनुपर्योो। प्रहरीका अनुसार कार्कीको पनि मृत्युको कारण थियो– सार्वजनिक यातायात चालकको चरम लापरबाही।'
सार्वजनिक यातायात (माइक्रो) मा असुरक्षित महसुस गरी आफ्नै स्कुटर चढ्ने राजधानीका धेरै महिलाका लागि अहिले त्यही माइक्रो त्रास बनेको छ। सवारी चालकको अराजक कुदाइको सबभन्दा बढी मार स्कुटर तथा मोटरसाइकललाई नै पर्ने गरेको ट्राफिक प्रहरीको तथ्यांकले देखाउँछ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार अधिकांश स्कुटर दुर्घटनाको कारक सार्वजनिक सवारीको लापरबाही नै हो। महाशाखाको पछिल्लो ९ महिनाको तथ्यांकअनुसार यस अवधिमा २ सय ८९ स्कुटर दुर्घटना भएका छन्, जसमा धेरैजसो महिला परेका छन्। कति महिलाको ज्यान गइसकेको छ भने कति अपांग भएका छन्।
महाशाखा प्रमुख डिआइजी केशव अधिकारीले ९ महिनामा भएका झन्डै तीन सय स्कुटर दुर्घटनामा ८० प्रतिशत सार्वजनिक सवारी नै कारण रहेको जानकारी दिए। ती दुर्घटनामा आठजनाको ज्यान गएको छ। मृत्यु हुनेमा चारजना पुरुष छन् भने चारजना महिला।
'अहिलेसम्मका अधिकांश स्कुटर दुर्घटना सार्वजनिक यातायातको ठक्करबाटै भएको देखिएको छ,' डिआइजी अधिकारीले आइतबार नागरिकसँग भने, 'सार्वजनिक सवारी चालकले सडक अनुशासनको सामान्य नियम पनि पालना गरेको पाइँदैन, यसले दुर्घटना दर बढेको छ।' निजीभन्दा सार्वजनिक सवारी चालकमा ट्राफिक नियमको ज्ञान कम भएको र उनीहरूको अराजक कुदाइले धेरै दुर्घटना निम्त्याएको उनले बताए।
विश्व बैंकले गत मंसिरमा गरेको अध्ययनले पनि काठमाडौं उपत्यकाका सार्वजनिक सवारी चालक निकै लापरबाह रहेको र उनीहरूकै लापरबाहीका कारण धेरै दुर्घटना हुने गरेको देखाएको थियो। विश्व बैंकको अध्ययन प्रतिवेदनले उपत्यकाका माइक्रोबसलाई 'खतरनाक सवारी'को संज्ञा दिएको छ।
'सार्वजनिक गाडी चालकहरू एकदमै लापरबाह छन्,' विश्व बैंकको प्रतिवेदनमा भनिएको छ, 'माइक्रोबस त निष्पि्कक्री सडकमा लम्किरहेका कागजका हात्तीजस्तै छन्, हेर्दा कमजोर तर खतरनाक।' सार्वजनिक यातायातको अराजकता र असुरक्षित यात्राकै कारण महिलाहरूमा निजी स्कुटर चढ्ने प्रचलन बढेको पनि प्रतिवेदनले औंल्याएको छ।
तर, स्कुटर चढ्दा पनि उनीहरूलाई माइक्रोले तर्साउन र कतिपय अवस्थामा ज्यानै लिन छाडेको छैन। सार्वजनिक यातायातमा हुने दुर्व्यवहार र असुरक्षाबाट बच्न आफ्नै स्कुटर किनेर दैनिक जोरपाटीबाट लाजिम्पाट धाउँदै आएकी सन्जिना श्रेष्ठ स्कुटर चलाउँदा झन् ज्यानकै जोखिम बढेको गुनासो गर्छिन्।
'आफ्नै सवारीमा सुरक्षित होला भन्ने लागेको थियो,' उनले भनिन्, 'नहुने रहेछ। माइक्रो र अरू ठूला बसले स्कुटर देख्यो कि सिधै ल्याएर ठोकुँलाझैं तर्साउने गर्छन्।' ठूला बसभन्दा साना माइक्रोका चालकले एकसुरमा चलाइरहेका बेला अनावश्यक पेल्ने गरेको उनले सुनाइन्।
माइक्रो चालककै हेपाहा प्रवृत्तिका भुक्तभोगी हुन्, मैतिदेवी निवासी निमिष श्रेष्ठ। माइक्रोको ठक्करले कलेज जाँदा दुर्घटना परेको अनुभव छ उनीसँग। 'म आफ्नै सुरमा स्कुटीमा कलेज जाँदै थिएँ, लेन मिचेको थिइनँ,' उनले भनिन्, 'पछाडिबाट हुत्तिँदै आएको माइक्रोले मेरो स्कुटीतिर पेल्दै ल्यायो र सिधै ठक्कर दिएर मलाई लडाइदियो। म उठ्न पनि नभ्याउँदै मिलिक्कै भागिहाल्यो।' स्कुटी चलाउँदा दैनिकजसो माइक्रो ालकले आफ्नो लेन नभए पनि पेलेर स्कुटीतिर ल्याउने गरेको दुखेसो उनले सुनाइन्।
राजधानीका सडकमा स्कुटर चलाउने धेरै महिलाको अनुभव सन्जिना र निमिषको जस्तै छ। ट्राफिक महाशाखा प्रमुख अधिकारीलाई पनि उनीहरूको पीडा थाहा छ। स्कुटर चलाइरहेका महिला देखेपछि सार्वजनिक सवारी चालकले जिस्क्याउने नियतले जानीजानी पेलेर चलाउने गरेको उनले बताए। 'महिलालाई जिस्क्याउने बहानामै धेरै दुर्घटना भएको रेकर्ड छ,' उनले भने, 'त्यस्ता सवारीचालकलाई सकेसम्म कडा कारबाही गर्ने गरिन्छ।'
यातायात व्यवस्था विभागका प्राविधिक निर्देशक सरोजराज अधिकारी पनि पछिल्लो समय महिलाहरूले सार्वजनिक यातायातको त्रासबाट जोगिन स्कुटर किन्ने गरेको स्वीकर गर्छन्। 'सार्वजनिक सवारीको अराजकता र असुरक्षित भीडले महिला यात्रु निकै त्रसित छन्,' उनले भने, 'सडकमा स्कुटरको बाक्लो उपस्थिति देखिनु यसैको नतिजा हो, तर स्कुटर चढ्दा पनि उनीहरू सार्वजनिक सवारीको अराजकताको सिकार भइरहेका छन्।'
सार्वजनिक यातायातको ज्यादती नियन्त्रण गर्न विभागले छुट्टै कार्यक्रम ल्याउने तयारीसमेत गरिरहेको उनले जानकारी दिए। 'चालकहरूको दादागिरी धेरै नै बढेको पक्कै हो,' उनले भने, 'उनीहरूको लापरबाहीपूर्ण दौडादौडमा सर्वसाधारणको ज्यान गइरहेकाले तत्काल नियन्त्रण कार्यक्रम ल्याउनुपर्ने भएको छ।'
ट्राफिक डिआइजी अधिकारीले पनि सार्वजनिक सवारी चालकलाई अनुशासन सिकाउन तीनदिने तालिम सुरु गर्न लागेको बताए। 'अब हामीले कारबाहीसँगै सवारी अनुशासनको पाठ पनि पढाउन थालेका छौं,' उनले भने, 'सडक अनुशासन नमान्ने प्रवृत्ति नै राजधानीमा दुर्घटनाको मुख्य कारण हो।'
अनुशासन मिच्नेमा सार्वजनिक सवारीसँगै मोटरसाइकल र स्कुटर चालक पनि कम नभएको उनले बताए। भीडभाड हुँदा आफ्नो लेनमा पालो कुरेर बस्ने धैर्य मोटरसाइकल र स्कुटर चालकमा नभएको उनको भनाइ छ। 'अलिअलि जाम हुँदा सबै मोटरसाइकल हुत्तिएर अगाडि आउँछन्, अर्को लेनसमेत मिचेर थुप्रिदिन्छन्,' उनले भने, 'यसले एकै छिनमा खुल्ने जाम पन्छाउन घन्टौं लाग्छ।'
यतिमात्र होइन, भर्खरै स्कुटर चलाउन सिकेकाले पनि समस्या पार्ने गरेको ट्राफिक प्रहरी बताउँछन्। कतिपय स्कुटर चालक निकै हतार भएजस्तो गरी तीव्र गतिमा हुइँकिने गर्छन्। सानो सवारी भएकाले रफ्तार तीव्र हुँदा खिसिक्क केही भयो कि लडिहाल्ने खतरा हुन्छ। चाहिनेभन्दा सुस्त गतिमा चलाउँदा पनि सडकमा असहज स्थिति आउने गरेको कतिपय ट्राफिक प्रहरीको अनुभव छ। बीच सडकमा विस्तारै गुडिरहेको स्कुटीलाई ओभरटेक गर्न अप्ठ्यारो हुने र यसले ठोक्किने खतरा बढी भएको उनीहरू बताउँछन्।
'सार्वजनिक गाडीजस्तै कतिपय स्कुटर चलाउनेहरूले पनि सवारी नियम मिचिरहेका हुन्छन्,' डिआइजी अधिकारीले भने, 'दुर्घटना बढ्नुमा यो पनि कारक हो। सडकको गति सीमा र लेनको नियम सबैले पालना गर्नुपर्छ।' यत्ति गर्दा पनि धेरै दुर्घटना स्वतः कम हुने उनले बताए।
आठ महिनामा ८७ को मृत्यु
गत साउनदेखि फागुन मसान्तसम्म उपत्यकामा भएको सवारी दुर्घटनामा ८७ जनाको मृत्यु भएको छ भने १ सय ५५ जना गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमध्ये ८० प्रतिशत मोटरसाइकल तथा स्कुटीचालक रहेको महाशाखाले जनाएको छ। महाशाखाको तथ्यांकअनुसार यस अवधिमा ३ हजार ५७ सवारी दुर्घटना भएका छन्। तीमध्ये मोटरसाइकल र स्कुटर दुर्घटनाको संख्या २ हजार ११ छ।
आठ महिनामा भएका सबै दुर्घटनामध्ये २ हजार ६ सय २९ वटा दुर्घटना चालककै लापरबाहीका कारण भएका छन्। त्यस्तै तीव्र रफ्तारका कारण १ सय २२, मादक पदार्थ सेवन (मापसे) का कारण १ सय ६, ओभरटेक गर्न खोज्दा ९१ र सडकको अवस्थाका कारण ८ वटा दुर्घटना भएका छन्।

के भन्छन् स्कुटी चालक?
निमिष श्रेष्ठ, मैतिदेवी
मैले कहिल्यै निर्धक्क भएर स्कुटर चलाउन सकिनँ। जहिले पनि माइक्रो र यात्रुवाहक बसले पेलेर हैरान पार्ने गरेका छन्। आफ्नै सुरमा चलाइरहेको हुन्छु, पछाडिबाट पेलेर ठोकुँलाजस्तो गर्छन्। कतिले त गलत साइडबाट ल्याएर अर्कोतिर पुर्यााइदिउँला जस्तै गर्छन्। धेरैजसो त निलो रङका माइक्रोको ज्यादती छ। तिनीहरूको स्पिड पनि धेरै हुन्छ, अनि हाम्रो कानै नजिक आएर बेस्सरी हर्न बजाउँछन्। त्यत्तिकै तर्सिएरै लड्लाजस्तो हुन्छ।

सन्जिना श्रेष्ठ, जोरपाटी
म सधैं स्कुटरमा जोरपाटीबाट लाजिम्पाट आउजाउ गर्छु। यो बाटोमा स्कुटी चलाउँदै सधैं डराइरहनुपर्छ। साना होस् वा ठूला सवारी, सबैले अनावश्यक हर्न बजाउँछन्, ओभर टेक गर्न खोज्छन्, तर ओभरटेक चाहिँ गर्दैनन्, खालि हामीलाई जिस्काउने मात्र। धेरै त साना माइक्रोले खाली बाटो भए पनि स्कुटरतिरै पेलेर ल्याउने गरेको मेरो अनुभव छ। अगाडि सडकतिर हेरेर चलाइरहेका बेला छेउबाटै पेलेर ल्याएर अनावश्यक चर्को हर्न बजाएर अत्ताउने गर्छन्। सार्वजनिक सवारीमा यात्रा गर्दा असुरक्षित भइयो भनेर आफ्नै स्कुटर किनेको, यसमा पनि त्यही सार्वजनिक सवारी चालकले सास्ती दिएर ज्यानै धरापमा परेको छ। प्रहरीले कारबाही नगर्दा पनि चालकहरूमा अराजकता र दादागिरी बढेको हो।

जानवी सिम्खडा, थली
स्कुटर लिएर कलेज जाँदा होस् वा काम परेर अन्यत्र जाँदा, मैले सधैं सार्वजनिक सवारीको अनावश्यक पेलाई भोग्नुपरेको छ। ढुक्क भएर आफ्नै सुरमा स्कुटर चलाउन पाएको छैन। घरबाट स्कुटर निकालेर सडकमा पुग्नेबित्तिकै सार्वजनिक सवारीको अनावश्यक दुःख सहनुपर्छ। एक सुरमा स्कुटर दौडाइरहेका बेला पछाडिबाट एक्कासि आएर तर्सिने गरी कराइदिन्छन्। कतिपय त ओभरटेक गर्दै फेरि पछाडि जाने अनि फेरि ओभरटेक गर्ने गर्छन्। धेरैजसो हामीलाई पेलेर लडाउन खोज्ने हुन्छन्।

विपना पुरी, कोटेश्वर
केटीहरूलाई स्कुटर चलाउँदा पनि सुख छैन। आफ्नै लेनमा चलाइरहेको भए पनि माइक्रो र अन्य भाडाका गाडी आएर पेलेर लडाइदिन खोज्छन्। धेरैजसो माइक्रोले झ्यालबाट जिस्काउँदै पेल्दा दुर्घटनासमेत हुन्छ। सात्तो जानेगरी चलाउँछन् अनि हाँस्दै, हामीलाई जिस्क्याउँदै अगाडि बढ्छन्। सार्वजनिक यातायातमा दुःख पाइयो भनेर स्कुटर किनेको, यसमा पनि ज्यान जाला भन्ने डर छ।

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !