मागेजति दिने
नाम र दाम दुवै कमाउने उद्देश्य बोकेर रंगीन दुनियाँमा पाइला राख्ने युवतीको लहर दिनानुदिन बढ्दो छ। दोलखाकी कविशा श्रेष्ठ पनि त्यस्तै युवती हुन्, जो सिनेमामा आफ्नो नाम चम्काउन संघर्ष गररिहेकी छन्। छल, स्पर्शजस्ता फिल्ममा अभिनय गरसिकेकी उनी हाल डन्ट ब्रेक माई हार्टको सुटिङ्मा व्यस्त
छिन्।
यसबीचमा उनले केही उदार शैलीमा फोटोसुट गराउन भ्याइन्। 'कथाले मागेजतिको सिन दिन्छु' भन्न पछि पर्दिनन् उनी। यति भएपछि सिने नगरीमा उनको हल्काफुल्का चर्चा सुरु भएको छ। कतिपय उनको चर्चालाई 'पानीको फोका' पनि भन्छन्। तर, उनी आफू चर्चाका लागि नभई केही गरेर देखाउन सिने क्षेत्रमा आएको बताउँछिन्। भन्छिन्, "क्षणिक चर्चा कमाउने उद्देश्य होइन।"
Labels:
Entertainment,
Movies,
Society
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !