मुम्बई– शाहरुख खान अभिनित फिल्म 'चेन्नई एक्सप्रेस'ले सफलताका नयाँ कीर्तिमान कायम गरिरहँदा शाहरुख भने सोही फिल्मबाट सबैभन्दा खराब अभिनेताको रुपमा मनोनयनमा परेका छन्।
वर्षभरका फिल्म तथा अभिनेतालाई चर्चाका बावजुद राम्रो काम नगरेवापत दिइने 'घन्टा अवार्ड'मा शाहरुख मनोनित भएका हुन्। शाहरुखसँगै अक्षय कुमार र प्रतीक बब्बर पनि सबैभन्दा खराब अभिनेताको मनोनयमा परेका छन्। अक्षय कुमार 'वन्स अपन अ टाइम इन मुम्बई दोबारा'बाट खराब अभिनेताको मनोनयमा सामेल भएका हुन् भने प्रतीक 'इशक'बाट।
अभिनेत्रीतर्फ भने प्रियंका चोपडा, कंगना रणावत र सोनाक्षी सिन्हा सबैभन्दा खराब अभिनेत्री लागि भिड्ने भएका छन्। पिं्रयका 'जंजीर'बाट मनोनयनमा छिन् भने सोनाक्षी फिल्म 'बुलेट राजा' बाट। भर्खरै रिलिज भएको 'क्विन'बाट अभिनयमा प्रशंसा बटुलिरहेकी कंगना भने 'रज्जो' फिल्मबाट मनोनयनमा परेकी हुन्।
चर्चा अनुसारको काम देखाउन नसकेका अभिनेता, अभिनेत्री तथा फिल्मलाई अवार्ड दिने 'घन्टा अवार्ड' हलिउडको 'रास्पबेरी अवार्ड'को बलिउड संस्करण हो। अवार्डको यो चौथो संस्करण हो।
दर्शकले अनलाइन भोटिङमार्फत् आफ्नो मत दिन सक्छन्। १३ विधामा प्रदान हुने अवार्ड विजेताको नाम शुक्रबार सार्वजनिक गरिनेछ।

साभार : नागरिक
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !