CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » यौन क्रियाकलापले धेरै किसिमको फाइदा गर्छ , हो भने कसरी ?

यौन क्रियाकलापले धेरै किसिमको फाइदा गर्छ , हो भने कसरी ?


म ३५ वर्षको भएँ। यतिबेला म विभिन्न मानसिक एवं शारीरिक समस्याबाट घेरिएको छु। यही कारण श्रीमतीसँग महिनाको दुई-तीन पटक मात्र यौनसम्पर्क हुन्छ। मलाई यौन क्रियाकलापमा त्यति चासो नलाग्ने भएका कारण यस्तो भएको हो। विभिन्न लेखमा यौन क्रियाकलापले धेरै किसिमको फाइदा गर्छ भन्ने निष्कर्ष पढ्न पाइन्छ। यसले हौसला दिन्छ तर केही दिनपछि फेरि म सेलाइहाल्छु। के यौन क्रियाकलापले जीवनमा सकारात्मक असर गर्छ भन्ने कुरा सत्य हो ? हो भने कसरी ?
 

जी.एस.

तपाईंले पढेका यौन क्रियाकलापले मानिसको जीवनमा सकारात्मक परिवर्तन आउँछ भन्ने लेखहरू सत्य हुन्। शिष्ट, भद्र र आवश्यक मात्राको यौन क्रियाकलापहरूले जीवनमा सकारात्मक असर पारिरहेको हुन्छ। कहिलेकाहीं मानिसहरू एउटै कुरामा अति आशक्त हुन्छन्। यस्तो किसिमको आशक्तिले नकारात्मक असर पनि निम्त्याउँछ। मानिसका त्यस्ता व्यवहारहरूमा थुप्रै किसिमका अध्ययन-अनुसन्धान भएका छन्। 

अनुसन्धानहरूअनुसार यौन क्रियाकलापले शरीर र मन दुवैलाई फाइदा पुर्‍याउँछ। पेन्सिल्भेनियाको स्कुल अफ मेडिसिनका चिकित्सक माइकल किरिगलियानोले त यौन क्रियाकलापलाई एक किसिमको शारीरिक व्यायाम भनेका छन्। उनका अनुसार यदि हप्तामा तीन पटक यौनसम्बन्ध राख्ने हो भने त्यसले झन्डै ७ हजार ५ सय क्यालोरी नष्ट गर्छ जुन ७५ माइल पैदल यात्रा गरे बराबर हो। यौन सम्बन्धका क्रममा श्वासप्रश्वास तीव्र हुन्छ जसले शरीरका तन्तुहरूमा अक्सिजनको मात्रा बढाउँछ। पर्याप्त मात्रामा प्रवाहित अक्सिजनले शरीरका अंगहरूलाई स्वस्थ राख्न मद्दत गर्छ। शिकागो नर्थ वेस्टर्न युनिर्भसिटीका निर्देशक डा. करिन डोनाहेका अनुसार कुनै पनि किसिमको शारीरिक व्यायामले पुरुषमा टेस्टोटेरिन हार्मोन बढाउँछ र उक्त हार्मोनले पुरुषको हड्डी तथा मासंपेशीलाई बलियो बनाउँछ। नियमित रूपमा स्वस्थ यौनसम्पर्क राख्नाले कोलेस्टोरलको मात्रा विस्तारै कम हुँदै जान्छ।  अमेरिकन एसोसियसन अफ सेक्स एजुकेटर डाक्टर विभरली विपलका अनुसार यौन क्रियाकलाप र चरमसुखका क्रममा निस्कने हार्मोनका कारण मांसपेसी एवं टाउकोमा हुनेे पीडा कम हुन्छ। कुनै औषधिको प्रयोग बिना डी एच ई ए हार्मोनको विकास हुन्छ। यो हार्मोन शरीरका लागि महत्त्वपूर्ण मानिन्छ। यो हार्मोन चरम सुख वा स्खलन हुनुभन्दा ठीक अघि निस्कन्छ। यौन क्रियाकलापका क्रममा यो हार्मोन सामान्य अवस्थामा भन्दा ३ देखि ५ प्रतिशत बढी निस्कन्छ। अनुसन्धानकर्ताहरू भन्छन्— एक प्रकारको तरल पदार्थले प्रोस्टेटको समस्या हुन्छ। उमेर छिप्पिँदै जाने क्रममा धेरै पुरुषमा यो समस्या बढ्दै जान्छ। नियमित स्खलनले यही तरल पदार्थलाई यौन क्रियाकलापका क्रममा बाहिर निकाल्ने काम गर्छ र प्रोस्टेटको समस्या कम गर्न मद्दत पुग्छ।  

डा. डोनाहेले यौनलाई तनाव कम गर्ने प्रभावकारी माध्यम मानेका छन्। यौन क्रियाकलापले दुई जनाबीचको सम्बन्धलाई बलियो बनाउँछ। एक-अर्कालाई स्पर्श गर्दा ओक्सिटक्सिन हार्मोन बढ्छ। यसलाई दुई जनालाई नजिक ल्याउने हार्मोन पनि भनिन्छ। ओक्सिटक्सिन हार्मोनलाई यौन इच्छा बढाउने हार्मोन पनि भनिन्छ। हार्मोन नियमित रूपमा निस्कँदा यौनसम्बन्ध स्वस्थ रूपमा अघि बढ्छ। नियमित यौनसम्बन्धले महिलामा एस्ट्रजोन हार्मोन वृद्धि हुन्छ, जसले मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ र योनीको तन्तुहरूलाई नरम बनाउने काम गर्छ। यौन क्रियाकलापले स्वास्थ्य एवं शरीरमा देखिने विभिन्न प्रकारका असन्तुलनमा समेत ठोस मद्दत पुर्‍याउँछ। धेरै मानिसको जन्मजात स्वाभाव मीठो चीज धेरै खाने हुन्छ र धेरै समस्या यही स्वाभावले निम्त्याउँछ। यौन क्रियाकलाप पनि त्यस्तै हो। यो अनुशासित, मर्यादित, नियमित एवं एउटा सीमाभित्र हुनुपर्छ। अनुशासन र सीमाबाहिर हुने गतिविधिले रोग लाग्ने, समस्यामा परिने र तनाव बेहोर्नु पर्ने  खतरासमेत हुन्छ। 
साभार : साप्ताहिक
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis