CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , , , » विनोद चौधरीले नविल बैंकको ५० प्रतिशत सेयर बेच्नुपर्ने भयो

विनोद चौधरीले नविल बैंकको ५० प्रतिशत सेयर बेच्नुपर्ने भयो

Binod-Chaudhary
पुष्प दुलाल
२७ फागुन काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालका बैंक तथा वित्तीय संस्थामा विदेशी बैंक तथा वित्तीय संस्थाले मात्रै लगानी गर्न पाउने व्यवस्था गरेको छ । विदेशी बैंक वा वित्तीय संस्थाबाहेक विदेशी व्यक्ति वा गैरवित्तीय संस्थाले नेपाली बैंकमा लगानी गर्न नपाउने भएका छन् ।
राष्ट्र बैंकको यो व्यवस्थासँगै उद्योगपति विनोद चौधरीलाई बंगलादेशको कम्पनी एनबी इन्टरनेसनलको नाममा रहेको नविल बैंकको ५० प्रतिशत सेयर बिक्री गर्न दवाव परेको छ । एक अर्ब
२१ करोड ८४ लाख रुपैयाँको सो सेयर मंगलबारको मूल्यअनुसार करिब १६ अर्ब रुपैयाँ पुगेको छ ।
विनोद चौधरीले ‘उद्यमीका आँखामा अर्थतन्त्र’ र ‘विनोद चौधरीको आत्मकथा’ पुस्तकमा एनबी इन्टरनेसनलमा आफ्नो लगानी भएको खुलासा गरेका थिए ।
चौधरीको पुस्तक सार्वजनिक भएपछि उनलाई विषेश सहयोग गरेका पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीलगायतका एमाले नेताहरु आफूलाई उक्त पुस्तकमा राम्रो स्थान नदिएको भन्दै रिसाएका थिए । अनलाइनखबरसँगको एक भेटमा अधिकारीले भनेका थिए -’विनोद चौधरीले सबैलाई प्रयोग मात्रै गर्दा रहेछन् ।’
राष्ट्र बैंकले मंगलबार एक निर्देशन जारी गरि यस्तो व्यवस्था गरेको हो । गत बुधबार अर्थसचिव शान्तराज सुवेदीले राष्ट्र बैंकले जारी गर्न लागेको यो निर्देशनका बारेमा अनलाइनखरसँग भनेका थिए -’अव विनोद चौधरीहरुले सेयर बेच्नुपर्ने नीति ल्याउँदैछौं ।’
राष्ट्र बैंकले जारी गरेको निर्देशनमा भनिएको छ -’यो निर्देशन जारी हुनुपूर्व विदेशी व्यक्ति वा कम्पनीको नामबाट नेपालका बैंक तथा वित्तीय संस्थामा भएको लगानी २०७२ असार मसान्तसम्ममा विदेशी बैंक वित्तीय संस्था वा नेपाली बैंक वित्तीय संस्था वा कम्पनीलाई बिक्री नगरे लाभांस वितरण गर्न र हकप्रद सेयर वितरणमा समेत रोक लगाइने छ ।’
राष्ट्र बैंकले चालु आर्थिक वर्षमा नविल बैंकको नगद लाभांस वितरण गर्ने प्रस्ताव रोकेको थियो । चौधरीको एनबी इन्टरनेसनलमा लगानी भएको र एनबी इन्टरनेसनल नविल बैंकको प्रवर्द्धक भएकाले केन्द्रीय बैंकले नगद लाभांसमा रोक लगाएको हो । बैंकको उक्त प्रस्तावमा लामो समय निर्णय लिन नसकेको केन्द्रीय बैंकले तीन महिना लगाएर बोनस सेयरको मात्रै स्वीकृति दिएको थियो ।
नेपालको विद्यमान कानूनअनुसार कुनैपनि नेपालीले विदेशमा रकम लान पाउने छैन । एनबी इन्टरनेसनलमार्फत् उद्योगपति चौधरीले नविल बैंकको नाफा विदेश लगेको ठहर गरी यस्तो निर्देशन जारी गरेको हो । राष्ट्र बैंकले विदेशी लगानीको सेयर आफूलाई सोधेर मात्रै विक्री गर्न पाइने भनेको छ ।
‘कुनै विदेशी बैङ्क वा वित्तीय संस्थाको लगानी रहेको कारणबाट इजाजतपत्रप्राप्त संस्थाले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०६३ को दफा ७ बमोजिम सर्वसाधारणलाई बिक्री वितरण गर्नको लागि आˆनो कुल जारी पुँजीको कम्तीमा तीस प्रतिशत शेयर छुट्याउनु पर्ने व्यवस्थामा छुट पाई कुनै कारणवश विदेशी लगानी फिर्ता लगि नेपाली व्यक्ति वा संस्थालाई विक्री गरेको अवस्थामा सम्बन्धित इजाजतपत्रप्राप्त संस्थाले एक वर्षभित्र सर्वसाधारण शेयरको हिस्सा कम्तीमा तीस प्रतिशत पुर्याउनु पर्ने छ ।
हाल कुनै इजाजपत्रप्राप्त संस्थाले उक्त दफाको पालना गर्न बाँकी भएको अवस्थामा २०७२ असार मसान्तभित्र सर्वसाधारण शेयरको हिस्सा कम्तीमा तीस प्रतिशत पुर्याउनु पर्ने छ ।’ निर्देशनमा भनिएको छ ।
साभार : अन्लाईन खबर 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis