धेरै खायो भने गुँड पनि तीतो हुन्छ भन्छन्। आजकल नेपाली टीभी च्यानलहरूमा हास्य टेलिश्रृङ्खलाहरूबाट हाँस्य रस हराउँदै गएको छ। हाँस्यका नाममा शारीरिक अपांगता (हिड्दा खोच्याउने, बोली स्पष्ट नभएको) भएका जातजाति, विशेष व्यक्तिका उपहासलाई कुनै पनि रुपमा सही मान्न सकिन्न।
यसबारे अपांगता भएका व्यक्तिको अधिकार रक्षासम्बन्धी संयन्त्रले टेलिभिजन सञ्चालकहरूलाई ध्यानाकर्षण गराई सकेको छ। कथा, प्रस्तुति र अभिनयले हँसाउने हो।
तीतो सत्यमा ८० प्रतिशत क्यामेरा फ्रेमिङ दीपकराज गिरी र दीपाश्रीमा हुन्छ, आफैमा अत्याधिक क्यामेरा फ्रेमिङ गराउँदा कसरी दर्शकबाट वितृष्णा पाइन्छ भन्ने कुराको इतिहास सन्तोष पन्तको हिजोआजका कुरा हाम्रासामु इतिहास साक्षी छ। जिरे खुर्सानीमा हास्य कम, जितु नेपाल आफूलाई सुपर हिरोका रुपमा प्रस्तुत गर्दैछन्। यहाँनेर ओभर एक्टिङले चतुरेको दाउपेचबाट खेम शर्माका ख्याति डुबेको स्मरण गर्नैपर्ने हुन्छ।
मेरी बास्सैमा निर्देशकद्वय केदार घिमिरे र सीताराम कट्टेलका विवादले अहिले सेकेन्ड लेयरका कलाकारले धानिदिइएका छन्, श्रृङखला कथा न कुथुरी, चिउँडामुनी गाँडका रुपमा अघि बढेको छ। केदार र सीताराम दुवै राम्रा हास्य अभिनेता हुन्। तर, केदार तीतो सत्यमा देखिन छाडिसकेका छन्, सीतारामलाई मेला महोत्सवमा प्रस्तुति गर्दैमा फुर्सद छैन। विल्सन विक्रम राई (तक्मे बुढा) सिनेमामै बढी व्यस्त छन्। कथा कसले लेखिदिने, निर्देशन कसले गरिदिने? यही कारण हास्य टेलिफिल्महरूको टीआरपी घट्न थालेको छ।
यदि बेलैमा हास्य टेलिश्रृङ्खलाका लेखक, निर्देशक, कलाकारहरूले बेलैमा आफूलाई नसच्याउने हो भने हिजोआजका कुरा जस्तै टेलिभिजन व्यवस्थापनले पत्रै लेखेर बन्द गराउने दिन नआउला भन्न सकिँदैन। –गजेन्द्र बुढाथोकी
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !