CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » जिमाखाना जानेले खानुपर्छ यस्तो खाना

जिमाखाना जानेले खानुपर्छ यस्तो खाना

daietey supplimentकाठमाडौँ – बत्तीस पुतलीका पेशाकर्मी प्रसिद्ध अधिकारी अचेल आफ्नो बडी बनाउँन दिनहुँ ‘मसल गेईनर प्रोटीन’ खान्छन् । यो यस्तो पौष्टिक खाद्य पाउडर हो, जसलाई शारीरिक सुगठन क्षेत्रमा ‘डायट्री सप्लीमेन्ट’ भनिन्छ । नेपालमा केही वर्ष यता भित्रिएको डायट्री सप्लीमेन्टसँगै बडी बिल्डीङको गुणस्तर पनि बढेको महसुस गरिएको छ । चर्चित बडी बिल्डर मिलन सिजापती हुन् या सानु गुरुङ, नेपाली बडी बिल्डरले अचेल अन्र्तराष्ट्रिय मंचमा
पनि आफनो पर्फमेन्स देखाउन थालेका छन् । टेनिस र किक बक्सीङ खेलाडी भास्कर शाह ‘प्रोटीन सुपर एनर्जी’ प्रयोग गरीरहेका छन् । ‘प्रोटीन सुपर एनर्जीको नियमित प्रयोगका कारण मेरो स्टामिना बढेको त छ नै, शारीरिक सन्तुलन पनि कायम भएको छ’, भास्कर भन्छन् । अहिले अभिनेता, राजनीतिकर्मी, मोडल, संचारकर्मी, खेलाडीलगायत नयाँ पुस्ता आकर्षित छ, डायट्री सप्लीमेन्टतर्फ । नेपालमा बिस पच्चिस वर्षअघिसम्म पनि शारीरीक सुगठन तालीमका लागि जिमखाना निकै कम थिए । बडी बिल्डीङका लागि चाहिने मुल आधार ‘डायट्री सप्लीमेन्ट’ प्रयोग गर्ने चलन पनि थिएन । १६ वर्षदेखी शारीरिक सुगठनमा लागेका मिलन सिजापती भन्छन्, ‘हामी त पहिले पहिले अन्डा, उसीनेको आलु र चनाकै भरमा बडी बिल्डीङ गथ्र्यौं । अहिले भने अन्र्तराष्ट्रिय स्तरकै डायट्री सप्लीमेन्ट नेपालमा पनि उपलब्ध हुन थालेको छ ।’ ती सप्लीमेन्टमध्ये प्रोटीन पाउडरले मसल्सको आकार बढाउँछ । ग्लुटामीनले रसायनको अभाव पुरा गर्छ । काबरेले एमीनो एसीड पुर्ती गर्छ । तौल घटाउने र बढाउने दुबै खाले सप्लीमेन्ट पाईन्छ, अचेल । अहिले राजधानीमा मात्रै २ सय भन्दा बढि जिम खाना खुलेका छन् । विभिन्न पाँचतारे होटल र हेल्थ क्लवमा पनि जिम खाना खुलेका छन् । ‘तर जिम गरेर मात्र बडी बन्ने हैन’, महाराजगंजस्थित फ्रीडम फिटनेश सेन्टरका बडी बिल्डर मिलन भन्छन्, ‘उचीत कसरत खाना, आराम, सन्तुलीत जिवनशैली, सप्लीमेन्ट, कोचर र डायट्रीे सप्लीमेन्टको सन्तुलन हुनुपर्छ ।’ सप्लीमेन्ट एक्सपर्ट पारस रावलले नेपालमै पहिलो पटक बडी बिल्डीङका लागि आवश्यक सप्लीमेन्ट र काउन्सीलीङ सेवा उपलब्ध गराउन राजधानीको लाजीम्पाटमा शो रुम स्थापना गरेपछि नेपाली बडी बिल्डरहरुलाई सजिलो भएको हो । ‘पहिले पहिले विदेशबाट महंगो मुल्यमा डायट्री सप्लीमेन्ट मगाउने चलन थियो’, सप्लीमेन्ट एक्सपर्ट पारस भन्छन्, ‘अब भने नेपालमै संसारका नाम चलेका ब्रान्डका सप्लीमेन्ट गुणस्तरीय र सुपथ मुल्यमा पाईन्छन् । हामीले त्यसबारेमा चलाएको सचेतना अभियानमा सफल भएको छ । त्यसले युवा पुस्तामा सकारात्मक प्रभाव पारेको छ ।’ जिम खानामा कार्डियो वासक्युलर र मसल्स बनाउने तालीम दिईन्छ । कार्डियो वासक्युलरले मुटुमा अक्सीजन प्रवाह बढाउँछ । मसल्स बढाउन भने वेट लिफटीङ गराईन्छ । ‘तर एकै पटक वेट लिफटीङ गर्नु हुँदैन’, मिलन भन्छन, ‘त्यसको सन्तुलित विधि हुन्छ । नेपालमा भने जथाभावी कसरत गर्ने र बडी बढाउने चलन भएकाले त्यसका नकारात्मक प्रंभाव देखीएको मिलन बताउँछन् । शारीरिक सुगठनका क्रममा चेस्ट, ब्याक, लेग, बाईसेप, ट्राइसेप र सोल्जर आदिको भिन्नाभिन्नै कसरत गर्नुपर्छ । मिलनका अनुसार एक दिनमा दुई वटा बडी पार्टसको मात्र कसरत गर्नुपर्छ । ‘एउटा बडी पार्टसका लागि २४ देखी ४० घन्टा आराम चाहिन्छ । तर नेपाली युवा सात दिनमा सातै दिन जिम जान्छन् । त्यो गलत हो । सातामा दुई दिन त आराम गर्नैैपर्छ’, मिलन भन्छन् । ‘सही ढंगले व्यायाम नगरे मसल क्राम्प हुनसक्छ । मांसपेसी बाउँडीने, हाड खिईने, ढाडमा समस्या देखिन सक्छ । सही ढंगले व्यायाम नगरेका कारण युवा उमेरमा जीम गर्नेहरु बुढेशकालमा जीउ दुख्ने रोग लागेको पाइएको छ’, पारस भन्छन्, ‘उमेर र तौल अनुसारको सन्तुलन मिलाउनुपर्छ । त्यसका लागी डायट्री सप्लीमेन्ट र परामर्श आवश्यक पर्छ ।’ सप्लीमेन्ट कति सुरक्षित ? डायट्री सप्लीमेन्ट मुलतः शक्ति संश्लेषीत खाना नै हो । भारतलगायत विदेशमा नायकहरु आफनो बडी बनाउन विभिन्न प्रकारका इन्जेक्सन लगाउँछन् । त्यसको ‘साईड इफेक्ट’ हुने भएकाले ‘डायट्री सप्लीमेन्ट’ पनि त्यस्तै त हैन भन्ने आम जिज्ञासा रहेको पाईन्छ । तर सप्लीमेन्ट एक्सपर्ट पारसका अनुसार सप्लीमेन्ट भनेको फुड सप्लीमेन्ट नै हो । ‘यो औषधि हैन, खाना हो’, पारस भन्छन । बडी बिल्डरहरुले प्रयोग गर्ने सप्लीमेन्टको कुनै साइड इफेक्ट नहुने चिकित्सक बताउँछन् । ‘मसल्स बनाउन बडी बिल्डरहरुले प्रयोग गर्ने फुड सप्लीमेन्टको कुनै साइड इफेक्ट हुँदैन’, वीर अस्पताल कार्डीयो युनिटका प्रमुख डा. प्रकाशराज रेग्मी भन्छन, ‘बडी बिल्डरहरुको मसल्स अली कडा हुनुपर्छ । सामान्य र सन्तुलीत आहारबाट त्यसको पुर्ती हुन नसक्ने भएकाले ठिक मात्रामा ठिक शक्ति शरीरमा पठाउन डायट्री सप्लीमेन्ट लिने गरिन्छ ।’ डा. रेग्मीका अनुसार अन्य पौष्टीक आहारबाट पनि आवश्यक प्रोटीन ग्रहण गर्न सकिन्छ । तर त्यसबाट बडी बिल्डरलाई ठ्याक्कै चाहिएको भन्दा बढी वा घटी शक्ति शरीरमा पैदा हुने भएकाले जति चाहिन्छ, त्यति शक्तिका लागी डायट्री सप्लीमेन्ट लिने चलन रहेको हो । ‘आम मानिसले त सकेसम्म घरायसी खानाबाटै प्रोटीनको आवश्यकता पुर्ती गर्दा राम्रो हुन्छ’, डा. प्रकाश भन्छन्, ‘खेलाडी र बडी बिल्डरले डायट्री सप्लीमेन्ट लिँदा कुनै हानी हुँदैन । यो भनेको एक प्रकारले नियोजीत पोषण विधि नै हो । अझ, प्राकृतिक रुपमा प्राप्त गर्न सके झन् राम्रो ।’ एस्टोरोयडको असर वृध्द उमेरमा रोगले रुग्ण भएका मानिसलाई चिकित्सकले अतिरिक्त उर्जाका लागी ‘एस्टोरोयड’ नामक सप्लीमेन्ट दिने गर्छन् । नेपाली काँग्रेसका सभापति स्व गिरिजाप्रसाद कोईरालालाई पनि जिवनको उत्तरार्धमा ‘एस्टोरोयड सप्लीमेन्ट’ दिइएको थियो । मानिसलाई तन्दुरुस्त र उर्जाशील बनाउने एस्टोरोयडको प्रयोग अचेल केही युवा बडी बिल्डरहरुले गर्न थालेका छन् । तर चिकित्सकका अनुसार विशुद्ध प्रोटीन र एमीनो एसीड भएका सप्लीमेन्ट बाहेक एस्टोरोयडले भने नकारात्मक असर पु¥याउन सक्छ । ‘मसल गेनर, प्रोटीनलगायत शुध्द फुड सप्लीमेन्ट खानु एउटा कुरा’, पारस भन्छन्, ‘तर एस्टोरोयडलगायतका सप्लीमेन्ट भने निश्चित रोगीका लागी निश्चित मात्रामा निश्चित अवधिका लागी दिईने हो । बडी बिल्डरले जथाभावी एस्टोरोयड लिनु हानीकारक हुन्छ । तर हामी विशुध्द फुड डायट्री सप्लीमेन्ट लिन नै सल्लाह दिन्छौं ।’ सप्लीमेन्ट एक्सपर्टको सल्लाह (सप्लीमेन्ट एण्ड एस्सेसरीज नेपाल प्राली सप्लीमेन्ट एक्सपर्ट पारस रावलसँग गरिएको कुराकानी) बडी बिल्डीङ कसरी गर्ने ? बडी बिल्डीङका लागी व्यायामका साथै ब्यालेन्स डाईट, प्रोटीन, कार्बोहाईड्रेट आवश्यक छ । सबैभन्दा ठूलो कुरा आराम पनि उत्तीकै चाहिन्छ । जति धेरै कसरत ग¥यो, उती धेरै बडी बन्छ भन्ने गलत मानसिकता हटाउनुपर्छ । बडी बनाउँदा के खाने ? नेपालमा पहिले पहिले ब्यालेन्स डाईटका साथ शारीरिक सुगठनको चलन थिएन । पहिलेका बडी बिल्डर चना, उसीेनेको आलु र अण्डका भरमा थिए । तर अब भने नेपालमा पनी अन्र्तराष्ट्रिय ब्रान्डका ‘डायट्री सप्लीमेन्ट’ उपलबध छन् । मैले नेपालमै पहिलो पटक लाजीम्पाटमा ‘एनसीएस स्टोर’को स्थापना गरेको छु, जहाँ लेटेस्ट फर्मुलाका डिएस अर्थात् डायट्री सप्लीमेन्टका साथ परामर्श पनि दिईन्छ । डायट्री सप्लीमेन्ट भनेको के हो ? बडी बिल्डरका लागि आवश्यक सम्पूर्ण पौष्टीक आहार हो । बडी बिल्डरका लागि प्रोटीन, क्रेटीन, थर्मोजेनिक्स, प्mयाट कटर, मसल गेईनर आदि तत्व भएको पाउडर हुन्छ । सप्लीमेन्ट एक्सपर्टको सल्लाहमा सन्तुलीत मात्रामा सप्लीमेन्ट ग्रहण गर्नुपर्छ । सप्लीमेन्ट एण्ड एक्सेसरीज प्रालीको भूमिका ? हामी बडी बिल्डरका लागि आवश्यक प्रोटीन, मसल्स गेइनर र वेट लसका लागि चाहिने सम्पूर्ण सप्लीमेन्टका साथै परामर्श पनि दिन्छौं । जुनसुकै उमेर र तौलका मानिसका लागि तौल घटाउन र बढाउन चाहिने सप्लीमेन्टका साथै कस्तो व्यायाम गर्ने भन्नेबारे आवश्यक परामर्श दिन्छौं । 
साभार : रातो पाती
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis