CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » फोनबाट 'नक्कली’ माया गाँस्दा...!

फोनबाट 'नक्कली’ माया गाँस्दा...!

अधिकांश रेडियोले श्रोतासँग नजिक हुन रेडियोमा फोन-इन कार्यक्रम चलाउँछन्। धेरैले फोन-इन कार्यक्रममार्फत असल साथीसमेत बनाएका हुन्छन् तर, चितवनकी एक युवती भने स्थानीय एक रेडियोमा सञ्चालित फोन-इन कार्यक्रममा आफ्नो व्यक्तिगत नम्बर दिएकै कारण यौन शोषणमा परेकी छिन्। ती युवतीले रेडियोमा दिएको मोबाइल नम्बरमार्फत एक युवाले उनलाई साथी बनाए। पछि मित्रता प्रगाढ बनाउँदै उक्त युवकले
ती युवतीको यौन शोषण गरेको घटना हालै सार्वजनिक भएको छ। 

यो घटना चितवन अदालतमा मुद्दा परेपछि सार्वजनिक भएको हो। चितवनको कोराक गाविसका ३७ वर्षीय सागर तामाङ भनिने सिमसोन चेपाङले ती युवतीको यौन शोषण गरेका हुन्। घटनाअनुसार एक वर्षसम्म दुवैको फोनमा कुराकानी भयो। त्यसपछि चितवन मेडिकल कलेजमा दुवैको भेट भयो। ती युवक बिरामी भएर अस्पताल भर्ना हुँदा युवती भेट्न जान्थिन। दुवैको सम्बन्ध विस्तारै गाढा बन्दै गयो। ०६९ साल जेठ ५ गते ती युवकले विवाहको प्रस्ताव राखे। श्रीमती बनाउँछु, जागिर लगाउँछु र विवाह गर्छु भन्दै यौन शोेषणसमेत गरे र त्यसलाई निरन्तरता दिए। युवतीले साउनमा मात्र ती युवकले अरू युवतीलाई पनि आफूलाई जस्तै झुटो आश्वासन दिएर यौन शोषण गर्ने गरेको पत्तो पाइन्।  उक्त कुरा थाहा पाएपछि उनले जिल्ला अदालतमा ०६९ भदौ ६ गते मुद्दा दायर गरिन्। अदालतले ९ महिनापछि मुद्दाको फैसला गर्‍यो। फैसलाअनुसार ती युवकलाई २ वर्ष कैद सजाए सुनाएको छ। 

त्यसबाहेक जाहेरीवालालाई ५० हजार रुपैयाँ क्षतिपूर्ति समेत दिलाउने फैसलामा उल्लेख छ। उक्त घट्नामा संलग्न अर्का अभियुक्त असिमकुमार चेपाङ भने फरार छन्। सिमसोन भने लमजुङ कारागारमा पुर्पक्षका लागि थुनामा छन्। लमजुङमा समेत मानव बेचबिखन तथा ओसारपसार मुद्दा दायर भएपछि उनलाई पुर्पक्षका लागि थुनामा पठाइएको हो। लमजुङ जिल्ला अदालतमा ०६९ साल असोज १ मा दायर भएको उक्त मुद्दाको फैसला भने हुन सकेको छैन। 
साभार : साप्ताहीक 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis