CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » सुषमा कार्की : बल्ल खुल्यो आँखा

सुषमा कार्की : बल्ल खुल्यो आँखा



निरन शाहीलाई भेटेपछि हिरोइन सुषमा कार्कीले करिअरलाई दोस्रो प्राथमिकतामा राखिन्। निरनसँगको प्रेममा चुर्लुम्म डुबिन्। तर, त्यो प्रेमले उनलाई आत्मसन्तुष्टि र खुसी होइन, मानसिक तनाव मात्र दियो। प्रेमीबाट बारम्बार पिटाइ खानु उनको नियति बन्यो। एकातिर करिअर संकटमा, अर्कोतिर शारीरकि र मानसिक यातना। यस्तो अवस्था आएपछि सुषमाले हालै बोल्ड डिसिजन गरिन्। अर्थात्, चार वर्षको प्रेमसम्बन्धलाई टुंग्याइन्। मिडियामा रुँदै अन्तर्वार्ता दिएबाट पनि उनको मनमा कति पीडा रहेछ भन्ने अनुमान लगाउन सकिन्छ।
यति हुँदाहुँदै पनि हरेस नखाई फेरि फिल्ममा जम्ने प्रयास गररिहेकी छन्। फिल्ममा र्फकन पहिलो अस्त्र बनेको छ, हट फोटोसुट। खासमा नेपाली फिल्ममा सुषमाको पहिचान नै हट गर्लकै रूपमा बनेको थियो। पछिल्लो फोटोसुट हेर्दा यस्तो लाग्छ, उनी आफ्नो सेक्सी इमेज फर्काउने ध्याउन्नमा छिन्। हेरौँ, नयाँ नयाँ हिरोइनको बोलवाला बढिरहेका बेला सुषमाको जवानी कत्तिको हिट हुन्छ ?
साभार : नेपाल 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis