प्रभावशाली नेपाली
नेपाल राष्ट्रिय साप्ताहिकको १५ वर्षे कालखण्ड राष्ट्रिय जीवनमा निकै उतारचढावपूर्ण रह्यो। पत्रिकाको प्रारम्भताका बहुदलीय राजनीतिक प्रणाली वाहक शक्ति र पात्रहरूका गैरव्यावसायिक क्रियाकलाप अनि लोकतन्त्रविरोधी दुई अतिवादी धारको चेपुवाका कारण संकटापन्न थियो। त्यसपछि क्रमशः प्रजातन्त्र खोसियो, जनताको संघर्षबाट फर्कियो पनि। गणतन्त्र आयो। संविधान र राज्य पुनःनिर्माणको प्रक्रिया सम्पन्न हुन बाँकी छ। राजनीतिमा अस्थिरता, राज्यका नीतिमा अनिश्चय र कार्यक्रमहरूमा अस्पष्टताको शृंखला पनि जारी छ। यो
संक्रमणको बिसौनी कहाँ र कहिले भन्ने प्रश्न अझै अनुत्तरित छ। त्यसैले गएको १५ वर्षमा अखबारका पानाहरू धेरै हदसम्म नकारात्मकताले भरिनु स्वाभाविकै हो।यद्यपि, मुलुकमा केही यस्ता पात्रहरू थिए, जसले समाजलाई गति दिन आफ्नै बलबुताले सकेको योगदान गरे। आशाको दियो निभ्न दिएनन्। सिर्जनाका फूलहरू फुलाइरहे। उन्नतिको अनुष्ठानमा अघ्र्य दिइरहे। तिनले राज्यको मुख ताकेनन्। अरूले के भन्लान् भनेर आफ्नो व्यावसायिक धर्म छाडेनन्। यहाँ यस्तै पात्रहरू छनोट गरी सम्बन्धित क्षेत्रकै उचाइ प्राप्त व्यक्तिहरूको मूल्यांकन प्रस्तुत गरिएको छ, जसले विगत १५ वर्षमा समाजका बहुविध क्षेत्रमा उल्लेख्य योगदान पुर्याएका छन्।
यो छनोट नेपाल टिमको हो। यीभन्दा बढी वा यीजस्ता सम्माननीय, प्रशंसनीय र प्रभावशाली अरू छैनन् भन्ने दाबी हाम्रो होइन। यी प्रतिनिधि भने अवश्य हुन्, जसले समाजमा सकारात्मक गति दिन आशा र उत्साहको सञ्चार गरेका छन्। कसैले आफ्नो क्षेत्रमा नयाँ नयाँ प्रयोग गरेर त कसैले जनताको जीवनलाई सहज र उत्पादक बनाएर। कसैले राज्यको प्रणालीप्रति आशा जगाएर त कसैले व्यक्तिगत जीवनबाट माथि उठेर समाजका खातिर सम्पूर्ण ऊर्जा खर्च गरेर। कोही ठीकलाई ठीक, बेठीकलाई बेठीक भन्न नसक्नेहरूका बीच एक्लो बृहस्पति बनेर उभिए। कसैले राज्यको दृष्टि नपुगेका र अपहेलना गरेका क्षेत्रमा आफ्नो जीवन समर्पित गरे। कसैले रैथाने ज्ञान, यहीँको स्रोत र साधनको प्रयोग गरी यहीँ केही गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गरे। कसैले अन्तर्राष्ट्रिय मैदानमा नेपाली पहिचानलाई गर्विलो उचाइ प्रदान गरे। त्यसैले यी १५ व्यक्तित्व आ-आफ्ना क्षेत्रमा अब्बल छन्। प्रतिभाशाली छन्। प्रभावशाली छन्। उदाहरणीय छन्। अनुकरणीय छन्।
गौरीबहादुर कार्की, न्याय सेवा
न्यायालयका गौरव
- रामप्रसाद श्रेष्ठ
पूर्वमन्त्री, पूर्वसचिव, सुरक्षा अधिकारी, सार्वजनिक संस्थानका प्रमुखहरूका मुद्दा हेर्नै डराउँथे, न्यायाधीशहरू। धेरै न्यायाधीशमा सकेसम्म त्यस्ता मुद्दा आफ्नो इजलासमा नपरे हुन्थ्यो भन्ने मानसिकता थियो। भ्रष्टाचार मुद्दाको सुरु सुनुवाइ हुने विशेष अदालतप्रति त कस्तोसम्म जनधारणा बनेको थियो भने धेरैले यसलाई सफाइ अदालत भन्थे। ०६५ सालमा विशेष अदालत, काठमाडौँको अध्यक्षमा नियुक्त भएपछि गौरीबहादुर कार्कीले त्यस्तो मान्यता खण्डित मात्र गरेनन्, सिंगो न्यायालयप्रति जनआस्था वृद्धि गर्न योगदान पनि गरे।
उनको इजलासबाट चर्चित भ्रष्टाचार मुद्दा छिनिए। प्रभावशाली व्यक्तिका मुद्दामा निर्भीकताका साथ निष्पक्ष फैसला गरे। कार्कीको सक्रियताले समाजमा भ्रष्टाचारीले सजाय पाउँछन् भन्ने सन्देश प्रवाह भयो। छिटोछरतिो रूपमा मुद्दा टुंगो लाग्छ भन्ने प्रभाव छाडे उनले। त्यसैले उनी एउटा सशक्त, इमानदार, कर्तव्यनिष्ठ, निष्पक्ष र निर्भीक न्यायाधीश हुन्। नेपालको न्यायालयमा अपवाद न्यायाधीश हुन्।
मेरो प्रधानन्यायाधीश कालमा भ्रष्टाचार मुद्दालाई प्राथमिकतामा राख्ने नीति लिइयो। सर्वोच्च अदालतमा पनि दशकौँदेखि नहेरी राखिएका प्रभावशाली व्यक्तिहरूका मुद्दा किनारामा प्रभावकारतिा अपनाइयो। विशेष अदालतको सक्रियताले यसमा झनै सघाउ पुग्यो। जबकि, त्यसका लागि हामीले कुनै सल्लाह गरेका थिएनौँ। मैले छुट्टै कुनै निर्देशन पनि दिएको थिइनँ। कार्कीको त्यो स्वतःस्फूर्त सक्रियताले निकै प्रशंसा पायो।
विकास योजना र सरकारी निर्माण कार्यमा भएका भ्रष्टाचारमा पनि दोषीले सजाय पाउन थाले। नगण्य रूपमा धरौटी माग्ने चलनलाई कार्कीले अपराधको सूचकका आधारमा हेर्ने परपिाटी बसाए। नेपाल वायुसेवा निगमका तत्कालीन महाप्रबन्धकबाट ६ करोड रुपियाँ धरौटी मागेकैले जहाज कम्पनीले बैना फिर्ता गर्यो। ठूला व्यापारकि घरानाले बैंकसँग मिलेर गरेको वित्तीय घोटालामा १ अर्ब ३७ करोड रुपियाँ भराउने अर्को उल्लेख्य फैसला हो। कार्कीले मुद्दा फस्र्योटमा शीघ्रता ल्याएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमेत ब्यूँझियो।
जनकपुर पुनरावेदन अदालतमा छँदा नगरपालिकाले फोहर फाल्नेसम्बन्धी वातावरणीय मुद्दा, जनकपुरका एक जिल्ला शिक्षा अधिकारीले सरकारी रकम भ्रष्टाचार गरेको मुद्दामा विषयको सुझबुझ, तथ्य, प्रमाण र कानुनको विवेचना गर्ने उनको अब्बल कौशल देखिन्छ। अहिले न्यायालयमा यिनीजस्ता प्रतिनिधि न्यायाधीशको खोजी जनताले गररिहेका छन्। एउटा व्यक्तिले मुलुकका लागि गर्न सक्ने भनेको पदमा रहँदा नै हो। इतिहासले बिर्सन नसक्ने उदाहरणीय कार्य गरेर कार्की निवृत्त भए। त्यसैले उनी हामी सबै न्यायकर्मी र न्यायालयका गौरव हुन्। यस्तो पनि लाग्छ, भगवान्का सच्चा भक्तले मात्र यस्तो फैसला गर्न सक्छन्।
(श्रेष्ठ पूर्वप्रधानन्यायाधीश हुन्।)
वीरेन्द्रबहादुर बस्नेत, पर्यटन/हवाई यातायात
उँचो उडान
- अशोक पोखरेल
अमेरिकामा निर्मित १९०० डी बिचक्राफ्ट जहाजबाट १७ वर्षअघि सेवा सुरु गरेको बुद्ध एयरले आज देशभित्र मात्र होइन, अन्तर्राष्ट्रिय क्षेत्रमा पनि नेपालको सफल ब्रान्डको पहिचान बनाएको छ। त्यस बेला विराटनगरमा बसिरहेको मान्छेले काठमाडौँ आएर हवाई कम्पनी सुरु गर्ने भन्ने कल्पनाभन्दा बाहिरको कुरा थियो। तर, त्यसलाई सफलतापूर्वक अगाडि बढाए, बुद्ध एयरका प्रबन्ध सञ्चालक वीरेन्द्रबहादुर बस्नेतले।
रोमाञ्चक र सुरक्षित पर्वतीय अवलोकन उडान 'माउन्टेन फ्लाइट' सुरु गर्ने श्रेय बुद्ध एयरलाई नै जान्छ। आज नेपालको पर्यटन क्षेत्रको प्रमुख आकर्षणमध्ये पर्छ, माउन्टेन फ्लाइट। बस्नेतले १७ वर्षका दौरान आफ्नो व्यवसाय विस्तार गर्ने क्रममा बुद्ध एयरलाई समयतालिका अनुरूप र सुरक्षित उडान गर्ने हवाई सेवा कम्पनीको छवि दिलाएका छन्।
बस्नेतले यस कम्पनीलाई अगाडि बढाउने क्रममा नवीन सोच र अवधारणालाई पनि अघि सारेका छन्। जस्तो: चलिरहेका जहाजहरूलाई बेचेर ठूला जहाज खरदि गर्नु। पुराना जहाजलाई समयमै विस्थापित गर्न परम्परागत सोचबाट सम्भव हुँदैन। त्यसका लागि कम्पनीको भविष्य र त्यही अनुसार बजारलाई आकलन गर्ने क्षमता आवश्यक पर्छ, जुन बस्नेतले प्रमाणित गरेर देखाइदिए।
पारदर्शी र सबल व्यवस्थापनले पनि बुद्ध एअरलाई यो उचाइमा पुर्याएको हो। पारदर्शी लेखापरीक्षण, मापदण्ड अनुसार सुरक्षा व्यवस्था, कानुन र नियमहरूको चुस्त पालना गरएिकै कारण विश्व बैंक अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम -आईएफसी) जस्ता संस्थाले यस विमान सेवालाई ऋण कारोबारका लागि पत्याएका हुन्। यसले नेपाली कम्पनीहरू पनि अन्तर्राष्ट्रियस्तरमा सञ्चालन हुन सक्छन् भन्ने प्रमाणित भएको छ।
यति मात्र होइन, बुद्ध एयर सञ्चालन हुँदाताका नेपालीले विमान सेवा चलाउन सक्दैनन् भन्ने आमधारणा थियो। किनभने, नेपाल वायुसेवा त ओरालो लागेकै थियो, निजी क्षेत्रका विमान सेवाहरू पनि क्रमशः धराशयी हुँदै थिए। तर, बस्नेतले यसलाई गलत साबित गरेर देखाए।
बुद्ध एयर नेपालभित्र सीमित रहनु हुँदैन र रहँदैन पनि। त्यसैले भविष्यमा बुद्ध एयर सफल अन्तर्राष्ट्रिय हवाई कम्पनी बन्यो भने कसैले अचम्म नमाने हुन्छ। किनभने, त्यो मुकाम हासिल गर्न आवश्यक पर्ने सोच र दूरदृष्टि बस्नेत र उनको टिममा छ।
(पोखरेल नेपाल एसोसिएसन अफ टूर अपरेटर्सका अध्यक्ष हुन्।)
डम्बरबहादुर नेपाली, जलविद्युत्
विकासमा नेपालीपनका प्रवर्द्धक
- कुलमान घिसिङ
चिलिमे जलविद्युत् कम्पनी अन्तर्गत २ सय ७० मेगावाट क्षमताका चारवटा परयिोजना निर्माणाधीन छन्। आगामी तीन वर्षभित्र यी चारवटै परयिोजनाबाट व्यावसायिक उत्पादन सुरु हुनेछ। यसको प्रस्थानविन्दु भनेको रसुवाको स्याप|mुबेसीस्थित २२.१ मेगावाटको चिलिमे जलविद्युत् आयोजना हो। र, यसका परकिल्पनाकार र विकासकार हुन्, इन्जिनियर डम्बरबहादुर नेपाली। यसको निर्माण सार्वजनिक निजी साझेदारी मोडलमा भएको थियो। स्थानीय जनताको समेत स्वामित्व रहेको यो नेपालकै नमुना आयोजना हो।
नेपालीकै अग्रसरतामा प्राधिकरणका कर्मचारीको २५ प्रतिशत, सर्वसाधारणको २४ प्रतिशत र प्राधिकरणको ५१ प्रतिशत सेयर लगानीमा नेपाल विद्युत् प्राधिकरण अन्तर्गत एउटा सहायक कम्पनी चिलिमे स्थापना गरएिको थियो। अर्को महत्त्वपूर्ण पक्ष भनेको यसमा वित्तीय लगानी र प्राविधिक दुवै नेपाली नै हुनु हो, कुनै विदेशी संलग्न थिएनन्। अर्थात्, खर्च गर्ने पनि नेपाली र आम्दानी गर्ने पनि नेपाली नै। १० प्रतिशत सेयर त आयोजनास्थल रसुवाका स्थानीयका लागि मात्रै थियो। त्यही मोडललाई अनुसरण गर्दै चिलिमेबाटै भएको आम्दानीबाट अहिले माथिल्लो सान्जेन -१४ दशमलव ८ मेगावाट), सान्जेन -४२ दशमलव ५ मेगावाट), रसुवागढी -१ सय ११ मेगावाट) र मध्य भोटेकोसी -१ सय २ मेगावाट) चारवटा परयिोजना अगाडि बढाइएका छन्। चिलिमेको भूमिगत पावर हाउसले नेपाली प्राविधिकहरूमा 'हामी पनि केही गर्न सक्छौँ' भन्ने आत्मविश्वास जगाएको छ। आज चिलिमे अन्तर्गत योजना र अहिलेसम्म प्राप्त उपलब्धिको श्रेय नेपालीलाई नै जान्छ, जो हाल रसुवाकै पाँच मेगावाट क्षमताकै एक अर्को निजी आयोजनाको विकासमा क्रियाशील छन्।
२० मेगावाटबाट सुरु भएको चिलिमे कम्पनी अन्तर्गत अबको तीन वर्षपछि तीन सय मेगावाटका परयिोजना सञ्चालनमा हुनेछन्। त्यसको पाँच वर्षपछि थप पाँच सय मेगावाट र अबको ११ वर्षमा एक हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ कम्पनी अगाडि बढिरहेको छ।
पछिल्ल्ाो डेढ दशकमा सानादेखि मध्यमस्तरका विद्युत् परयिोजनाहरू निर्माणमा स्वदेशी लगानीकर्ताहरूको आकर्षण बढ्नुका पछाडिको कारण पनि चिलिमेको सफल कार्यान्वयन नै हो। अहिले थुप्रै परयिोजना चिलिमेकै मोडलमा स्वदेशी लगानी र प्राविधिकहरूबाट निर्माण भइरहेका छन्। त्यसको पछिल्लो उदाहरण हो, ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी आयोजना। त्यसैले नेपालीले सुरु गरेको चिलिमे योजना ऊर्जा क्षेत्रमा एउटा विशिष्ट बाटो समेत कोरेको छ। ध
(घिसिङ चिलिमे जलविद्युत् कम्पनी लिमिटेडका पूर्वप्रबन्ध निर्देशक हुन्।)
धनञ्जय शर्मा, शिक्षा सेवा
प्रेरक नेतृत्व
- केदारभक्त माथेमा
प्रसंग हो, राजधानीको बाफलस्थित ज्ञानोदय उच्चमाविको। सरकारी विद्यालय भनेपछि भागाभाग थियो। केटाकेटी नै नपठाउने। यस्तो अवस्थामा विद्यालयका प्रधानाध्यापक धनञ्जय शर्माले समुदायको विश्वास जिते। हरेक दिन नियमित कक्षा लिने, कोर्स पूरा गर्ने, विद्यार्थीलाई जहाँनेर सहयोग गर्नुपर्ने हो, त्यहाँ गर्ने, यी जम्मै कुरा भएपछि समुदायको विश्वास आर्जन गरे। यिनले शिक्षकहरूलाई पढाउन मात्र होइन, विद्यार्थी र अभिभावकबीच सहजीकरणका लागि समेत प्रेरति गरे। नियमित गृहकार्य दिन र जाँच्न शिक्षकलाई उत्प्रेरति गरे। यिनकै नेतृत्वमा कमजोर विद्यार्थीलाई सहयोग गर्ने संयन्त्रको विकास गरयिो। वास्तवमा विद्यालयमा विद्यार्थीले पाउनुपर्ने कुरा त्यही हो।
त्यसपछि त निजी विद्यालयमा पढ्नेहरू पनि उनको कुशल नेतृत्वमा सबल बन्दै गएको ज्ञानोदय उच्चमाविमै आउन थाले। यो भनेको विद्यालय शिक्षामा नदीमा पानी उल्टो बगेजस्तै हो। सरकारी विद्यालयलाई केही गर्दा पनि माथि उठाउन सकिँदैन भन्ने कमजोर मानसिकतालाई चुनौती पनि हो यो।
यतिले मात्रै धनञ्जय आदर्श प्रधानाध्यापक भएका होइनन्। उनलाई के राम्ररी थाहा थियो भने सरकारले मात्र दिएको पैसाले पुग्दैन। त्यसैले उनले विद्यार्थीका अभिभावकहरूको चित्त बुझाएर स्रोत जुटाए, सक्नेबाट शुल्क लिने र नसक्नेलाई निःशुल्क गरििदने सूत्रमार्फत। सरकारी विश्वविद्यालय, विद्यालय चलाउने काइदा भनेकै यही हो। किनभने, अहिलेको शिक्षा बजेटले विद्यालय शिक्षा सुधार्ने काममा एक छेउ पनि पुग्दैन। उनले कहिल्यै शतप्रतिशत नतिजा ल्याउनुपर्छ भनेर फुर्ति लगाएनन्। न त त्यो बोझ विद्यार्थी, अभिभावक, शिक्षक कसैलाई बोकाए। जबरजस्ती गरेनन्, 'नेचुरल वे'मै हुन दिए। उनको सरल जीवन आफैँमा पाठशाला हो।
शिक्षामा क्षमतावान् र समर्पित व्यक्तित्वको नाम हो, धनञ्जय। जहाँ समर्पण हुन्छ, त्यहाँ असम्भव केही हुँदैन। सबैलाई प्रोत्साहित गरेर नेतृत्व दिन सक्ने विलक्षण खुबी छ उनमा।
सरकारी विद्यालय सफल बनाउन राजनीतिक हस्तक्षेप, स्रोतको अभाव र सर्वसाधारणको अविश्वासलाई चिरेर अगाडि बढ्नुपर्छ। यी सबै चिरेर धनञ्जयले कमजोर विद्यालयलाई सफलताको उचाइमा पुर्याइदिए। धनञ्जयले निम्छरो सरकारी संस्थालाई सलाम गर्न लायक बनाए। यो सफलताका स्रोत उनको व्यक्तित्व र कार्यशैलीबीचको कुशल संयोजन नै हो।
(माथेमा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति हुन्।)
सीके लाल, लेखन/विद्वता
प्राज्ञिकताका भण्डार
- खगेन्द्र संग्रौला
इटालियन चिन्तक एन्टोनियो ग्राम्स्कीले बौद्धिकको प्रवृत्तिगत विशिष्टताका सन्दर्भमा 'अग्र्यानिक इन्टेलेक्चुअल' अर्थात् प्राङ्गारकि बौद्धिकको कुरा गरेका छन्। नेपालको सन्दर्भमा समकालीन थोरै बौद्धिक व्यक्तित्वमध्ये सीके लाल एक त्यस्ता पात्र हुन्, जसलाई ग्राम्स्कीले झैँ अग्र्यानिक इन्टेलेक्चुअल भन्न सुहाउँछ। प्रलोभन, भय र भक्तिबाट अपेक्षाकृत मुक्त उनी उत्पीडितको आवाज र लोकतन्त्रका प्रखर पैरवीकार हुन्। निरपेक्षताका यिनी अटल पक्षधर हुन्।
मधेसी अतिवादको आँखाले हेर्दा यिनी पहाडी अतिवादी देखिँदा हुन्। किनभने, यिनी एक मधेस एक प्रदेश स्वीकार्दैनन्। पहाडी अतिवादका आँखाले हेर्दा यिनी मधेसी अतिवादी देखिँदा हुन्। किनभने, यिनी पहाडी अहंकारवादका कठोर आलोचक हुन्। तर, खासमा सीके लाल सामाजिक न्याय र समानताका पक्षधर खरा लेखक र चिन्तक हुन्। सामयिक, सटीक र साहसपूर्ण आलोचना गर्ने मामिलामा उनी बेजोड छन्। कतिपय कम्युनिस्टको नजरमा, कतिपय सन्दर्भमा उग्र कम्युनिस्टविरोधी लाग्दा हुन्। तर, खासमा उनी कम्युनिस्ट संकीर्णता र रूढिका विरोधी हुन्। कम्युनिस्टको संघर्षशीलता र सामाजिक न्यायको आग्रहका मित्र हुन्। त्यसैले उनी गैरकम्युनिस्ट वामपन्थी हुन्। मधेसी दलहरूको अस्थिरता, अवसरवादीपना र सत्तालोलुपताका यिनी हक्की आलोचक हुन्। त्यसैले यिनी विस्तीर्ण दृष्टिकोणयुक्त चिन्तक हुन्।
जागिर खाउन्जेल पेसाले सीके लाल सरकारी सिभिल इन्जिनियर थिए। उनी जुन पदमा नियुक्त भए, उही पदबाट निवृत्त भए। उनको बढुवा कहिल्यै भएन। जागिरको जन्जिरबाट फुक्का भएपछि सीके लाल निरन्तर सत्य, न्याय र समानताको वैचारकि विमर्शमा कटिबद्ध छन्। यिनी विरलाकोटीका निष्ठावान् विद्वान् हुन्।
अभिव्यक्तिका माध्यमहरूका हकमा सीके लाल समृद्ध र सौभाग्यशाली हुन्। उनको मैथिली, हिन्दी, अंग्रेजी र नेपाली भाषामा दक्खल छ। उनी यी चारै भाषामा धाराप्रवाह बोल्न र लेख्न जान्दछन्। कतै सुनेको थिएँ, यिनका घरमा जति इँटा छन्, त्यति नै किताब छन्। दैनिक नित्य कम्तीमा ६ घन्टा अध्ययनमा बिताउने लाल जति तिक्खर लेख्छन्, त्यति नै तिक्खर बोल्छन्। यिनका विचार यथास्थितिका वर्चस्वशाली पैरवीकारहरूका लागि बहुधा अपाच्य हुन्छन्। र, यिनमाथि अनर्गल गालीको वषर्ा हुन्छ। यिनी चुपचाप गाली सुन्छन् र आपmनो शब्दकर्मको सार्थकता बोध गर्दै फिस्स हाँस्छन्। सीके लालका विचारको शक्ति उनी यसरी निन्दित हुनुमा निहित छ।
(संग्रौला स्तम्भ लेखक एवं साहित्यकार हुन्।)
सुनील पोखरेल, कला/मनोरञ्जन
रंगमञ्चका नायक
- अनुप बराल
सुनील पोखरेललाई म नेपाली रंगमञ्चका सन्तका रूपमा चिन्छु। उनका समकालीनहरू आर्थिक तथा अन्य समस्यालाई सामना गर्न नसकेर रंगकर्मबाट टाढा भए तर सुनील आज पनि उत्तिकै सक्रिय छन्। उनकै पाइला पछ्याउँदै युवा पुस्ता नाटकतर्फ आकषिर्त भएको छ। नाटकमा सबैको आशा र भरोसाका केन्द्रविन्दु पनि उनै हुन्।
सुनील किन पनि विशेष छन् भने नेपाली नाटक निकै विकट अवस्थाबाट गुजि्ररहेका बेला उनको प्रवेश भएको थियो। सरल भाषामा भन्दा नाटक जन्मँदै मात्र थियो तर त्यसलाई पालनपोषण गर्ने, हुर्काउने, बढाउने सबै जिम्मेवारी उनकै काँधमा आयो। यो जिम्मेवारी कति निष्ठा र इमानदारीपूर्वक पूरा गरे भन्ने कुरा आजको नेपाली नाटकको लोकपि्रयता र व्यावसायिकताबाटै पुष्टि हुन्छ।
उनको योगदानलाई मुख्यतः चार आयामबाट मूल्यांकन गर्न सकिन्छ, निर्देशक, कलाकार, गुरु र नाट्य अभियन्ताका रूपमा। अहिले धेरै विदेशी नाटक नेपालीमा रूपान्तरण गरेर मञ्चन गरन्िछ तर ती नाटक हेर्दा हामीलाई नाटकको परविेश, पात्र र कथावस्तु आफ्नै जस्तो लाग्छ। पराइ र नौलो लाग्दैन। किनभने, नाटक चयन र 'एडप्टेसन' स्थानीय परविेशमा सुहाउँदो हुने ढंगबाट गरएिको हुन्छ। यो 'ट्रेन्ड' सुरुआत गर्ने पहिलो निर्देशक सुनील नै हुन्। लेखकको सोचलाई पात्र र संवादमार्फत दर्शकसम्म पुर्याउनु उनको निर्देशनको सबैभन्दा सबल पाटो हो।
कुशल निर्देशकसँगै उनी अथाह क्षमता भएका कलाकार पनि हुन्। मैले एउटा नाटकमा उनलाई काम गराउने मौका पाएको थिएँ भने दर्जनौँ नाटक, फिल्म र टेलिफिल्म हेरेको छु। तर, उनको अभिनयमा कहीँ पनि नाटकीयता वा बनावटीपन भेटिँदैन। पात्रको पृष्ठभूमि अध्ययनका कारण उनको अभिनय जीवनसँग जोडिएका हुन्छन्। निर्देशक र पात्रले आफूबाट के खोजिरहेको छ, सोही अनुरूपको प्रस्तुति दिन सिपालु छन्।
उनले नाटकमा जे सिके, त्यो ज्ञान नयाँ पुस्तालाई बाँडे। आफूजस्तै आफ्ना चेलाहरूलाई पनि राजनीतिक र सामाजिक सुझबुझयुक्त हुन प्रेरणा दिए। आरोहण र गुरुकुलबाट उनले जन्माएका दर्जनौँ विद्यार्थी आज रंगमञ्च र फिल्ममा जमिरहेका छन्। राजधानी र राजधानीबाहिर खोलिएका हरेक नाटक घरमा प्रत्यक्ष/परोक्ष रूपमा उनको देन छ। यीसँगै नाट्य अभियन्ताका रूपमा उनले पुर्याएको योगदान पनि अतुलनीय छ। नाट्य संस्कृतिको विकास, नेपाली नाटकको स्तर वृद्धि र मौलिकताको खोजी गर्ने पहिलो अभियन्ता उनै हुन्। यी विविध कारणले उनलाई नेपाली रंगमञ्चका मुख्य नायकभन्दा सायदै कसैको विमति होला।
(बराल नाट्यकर्मी तथा सिने कलाकार हुन्।)
सरूभक्त, साहित्य
'लिटिल देवकोटा’
- महेशविक्रम शाह
एक दिन तलेजु मन्दिरनेर एउटा घरको भित्तामा अडेस लगाएर उभिइरहेको मान्छे देखेर मेरा पाइला त्यत्तिकै रोकिए। झ्यापुल्ले लट्टेेदार कपाल पालेको, कपालको बीचमा सिउँदो कोरेको, आफ्नैै लवाइप्रति निर्मम अनि एकोहोरो शून्यमा ताकिरहेको त्यो व्यक्तिलाई मैले जिज्ञासु आँखाले हेरेँ। मेरो मनमा आफूले कल्पना नगरेको वस्तु आफ्ना आँखाअगाडि एक्कासि प्रकट भएको भान भयो। अनि, मैले साथीलाई सोधेँ, "तिमीले चिन्यौ उनी को हुन् ?"
उसले मलाई निर्निमेष हेर्यो र हाँस्दै भन्यो, "नेपाली हिप्पी वा पागल प्रेमी !" मैले भनेँ, "तिमीले ठीक भन्यौ, उनी पागलप्रेमी नै हुन् !" उसले अवाक् मुद्रामा मलाई हेर्यो र भन्यो, "साँच्चै !" मैले मुस्कुराउँदै भनेँ, "हो ! उनी पागल बस्तीका पागल प्रेमी हुन्।" यही थियो, सरुभक्तसँगको मेरो पहिलो एकतर्फी साक्षात्कार। उनलाई यो अवतारमा पहिलोपटक देख्दा मैले मदन पुरस्कार विजेता उपन्यास पागल बस्ती दुईपटक पढिसकेको थिएँ।
सरुभक्तलाई भेट्दा जहिले पनि लाग्छ, नेपाली साहित्यको एक तपस्वीसँग भेटिरहेको छु। उनलाई भेट्दा मात्र पनि आफूमा ऊर्जा थपिएको अनुभूति हुन्छ। सारा जीवन साहित्यका लागि अर्पण गरेका सरुभक्त आफ्नो विचारलाई व्यवहारमा उतार्न सक्ने सीमित लेखकमध्ये एक हुन्। राजधानीबाहिर रहेर पनि मानवीय संवेदना र अनुभूतिका प्रखर वक्ता बनेर आममानिसका भावनालाई अक्षरमार्फत आवाज दिइरहेका छन् उनी। कविता, गीत, गजल, मुक्तक, काव्य, कथा, नाटक तथा उपन्यास आदि विविध विधाका तीन दर्जनभन्दा बढी पुस्तकमार्फत विराट सर्जकका रूपमा फैलिएका सरुभक्त सरल जीवनयापन, साहित्य साधना, बौद्धिकता र कल्पनाशीलताको दृष्टिकोणले नेपाली साहित्यका 'लिटिल देवकोटा' नै हुन्।
उनले एक अन्तर्वार्तामा भनेका पनि छन्, 'सरुभक्त मानवीय अहम्लाई अभिव्यक्त गर्न लेख्छ। आफूले देखेका, भोगेका र परकिल्पना गरेका कुराहरू जीवन र जगत्लाई सम्बोधन गर्न लेख्छ। समग्रमा भन्नुपर्दा समयको आवाजलाई सुनाउनका लागि लेख्छ।" पक्कै पनि सरुभक्त जीवन र जगत्को उत्थान र प्रगतिका साथै नेपाली साहित्यको श्रीवृद्धि र रूपान्तरणका लागि लेखिरहेका छन्।
(शाह कथाकार हुन्।)
अनुराधा कोइराला, सामाजिक सेवा
चेलीकी सारथि
- अंगुरबाबा जोशी
समाजसेवा गर्छु भन्नु र आत्मादेखि त्यसलाई स्वीकारेर अघि बढ्नु फरक कुरा हुन्। अनुराधा कोइरालाचाहिँ सेवा गर्न नै जन्मेकी हुन् जस्तो लाग्छ। अहिले पो माइती नेपाल र अनुराधा विश्वप्रसिद्ध भए। जतिबेला उनले काम थालिन्, त्यतिबेला परण्िााम यस्तो आउँछ भनेर सोचेकी पनि थिइनन्। त्यसबेला उनको उद्देश्य चेलीबेटी बेचबिखन रोक्नु र बेचिएकाको उद्धार गर्नुबाहेक केही थियो जस्तो लाग्दैन। जुन बेला एचआईभी/एड्सको नाम सुन्दा मानिसहरू एक बित्ता पर सर्थे, त्यस बेला अनुराधाले एचआईभी भएका महिलालाई ल्याइन्। तिनको सक्दो उपचार गराइन्। स्याहार-सुसार गरनि्। रोजीरोटीका स-साना सीपका काममा लगाइन्।
कतिपय बेचिएका चेली फर्केर आएपछि आफ्नो परविार लिन आउँदा माइती नेपाल नै सबथोक हो भनेर घर जान नमानेका घटना पनि बारम्बार सुनिन्थ्यो पहिला। त्यसबाट पनि थाहा हुन्छ, माइती नेपालकी संस्थापक अनुराधाले कसरी महिलालाई बस्ने व्यवस्था मिलाएकी थिइन्। आफ्नो जीवन यसै कर्ममा खर्चिन् अनुराधाले। उनको यस कामको जति प्रसंशा गरे पनि कम हुन्छ।
पछिल्लो समय समाजसेवा माथि उक्लने भर्याङजस्तो बनेको छ। तर, अनुराधाको समाजसेवामा त्यस्तो कुनै छनक देखिएको छैन। निरन्तर एउटै अभियानमा लागेर ठूलो सफलता हात पारनि् उनले। त्यस सफलतासँगै सयौँ निर्दोष नेपाली चेलीको अनुहार जोडिएर आउँछ।
उनको कामको धेरै चर्चा सुनेपछि मात्रै प्रत्यक्ष भेटेकी हुँ मैले। भेट्न मन हुँदाहुँदै पनि अवसर जुटिरहेको थिएन। अकस्मात् एउटा कार्यक्रममा भेट्दा बधाई दिएँ मैले। तिनी खुसी भइन्। 'कर्म गर, फलको आशा नगर' भन्ने गीताको सार अनुराधाले काममार्फत प्रमाणित गरेकी छन्।
उसो त अनुराधाको निःस्वार्थ समाजसेवाको प्रशंसा देशमा मात्रै भएको छैन। सीएनएन हिरोजस्तो प्रतिष्ठित अवार्ड जित्नुमा यही समाजसेवा कारक हो। नेपालको समाजसेवालाई अन्तर्राष्ट्रियकरण गर्नमा पनि अनुराधाले ठूलो योगदान पुर्याएकी छन्। आउने पुुस्ताले अनुराधाको कामको सानो अंश मात्र अनुसरण गरे भने पनि देशलाई ठूलो गुन हुन्छ।
(जोशी समाजसेवी हुन्।)
श्याम कक्षपति, उद्यम
फास्ट फुड किङ
- सुजिव शाक्य
नेपालमा केही व्यवसाय गर्न सकिँदैन भन्ने सोच रहेका बेला श्याम कक्षपतिले जोखिम नै मोलेर भए पनि नयाँ-नयाँ सोच अघि सारे। कहिले ट्याक्सी, कहिले सुपर मार्केट, कहिले रेस्टुराँमा हात हाले। सन् १९७६ देखि दरबारमार्गमा नाङ्लो रेस्टुराँ सञ्चालन गरेकै थिए। नाङ्लोको चाइनिज रेस्टुराँले पर्यटकहरूबीच पनि राम्रै ब्रान्ड बनाइसकेको थियो। सन् १९९७ मा अर्को तर नयाँ 'प्रोडक्ट' अघि सारे, द बेकरी क्याफे। त्यसैले नाङ्लो समूहका अध्यक्ष श्याम कक्षपतिलाई म स्वप्नद्रष्टा ठान्छु।
त्यतिबेलासम्म पनि नेपालीमा परविारसहित बाहिर खान जाने संस्कार विकास भएको थिएन। मध्यम र निम्नमध्यम वर्गमा मदिरा सेवनका लागि मात्र बाहिर जाने चलन थियो। यसैबीच नेपालीको विदेश ओहोरदोहर गर्ने क्रम बढ्यो। विदेशमा म्याकडोनाल्ड, बर्गर किङजस्ता 'फास्टफुड चेन' चिनेकाहरूले नेपाल आउँदा त्यस्तै स्वाद र गन्तव्य खोज्न थाले। यही वर्गलाई लक्षित गर्दै सुरु गरएिको थियो, नाङ्लो रेस्टुराँ। पछि त्यसैलाई बेकरी क्याफेका रूपमा विस्तार गरयिो।
समाजको रूपान्तरण हुने क्रमसँगै परविारसहित बाहिर खाने संस्कार विकास भयो। नेपाली समाजमा सानो परविारको संस्कार पनि विकसित हुँदै गयो। महिलाहरू पनि बाहिर काम गर्न थाले। त्यहीँनेर बेकरी क्याफे र त्यसका परकिारले आफ्नो स्थान बनायो। मःमलाई फास्टफुडका रूपमा व्यापक बनाउने श्रेय पनि यिनलाई नै जान्छ। आजभन्दा दुई दशकअघि काठमाडौँमा भेज मःम रेस्टुराँहरूमा सायदै पाइन्थ्यो। श्यामले त्यहाँ पनि नवीन सोच देखाए, जसका कारण शाकाहारी समुदाय पनि नाङ्लोका रेस्टुराँतर्फ आकषिर्त भए।
आकर्षक मेन्यु, एउटै पोसाक लगाएका कर्मचारी। यी कुरा काठमाडौँका लागि बिलकुल नयाँ थिए। पाँचतारे होटलमा जाने हैसियत भएकाहरूलाई समेत बेकरी क्याफेको माहौल र खानाले लोभ्यायो। पारविारकि जमघट गर्न समेत बेकरी क्याफे नै धाउन थाले। सन् १९९१ मा पहिलो आउटलेट सुरु भएको बेकरी क्याफेको व्यापार अहिले काठमाडौँभित्रै आठवटा शाखामा विस्तार भइसकेको छ। काठमाडौँबाहिर चारवटा शाखा छन्। सन् १९९७ मा खुलेको नयाँ बानेश्वरको शाखामा १२ जना लाटा-बहिरालाई रोजगारी दिएर उनले व्यवसायसँगै सामाजिक उत्तरदायित्व पनि निर्वाह गरेका छन्। हाल यो समूहले ४५ जना बहिरासहित ६ सय जनालाई रोजगारी दिएको छ।
श्यामको सबैभन्दा ठूलो विशेषता भनेको उनले अरूको अनुसरण गरेनन्। जोखिम नै लिएर भए पनि नवीन सोच अघि सारे। नेपाली फास्टफुडको चेन खोल्ने पनि उनको त्यही नवीन विचार नै थियो। यसको सिको आज अरू उद्यमीहरूले पनि गररिहेका छन्। तर, नेपालका फास्टफुड किङचाहिँ श्याम कक्षपति नै हुन्।
(शाक्य आर्थिक मामिलाका जानकार हुन्।)
विष्णु लामा, पर्यावरण/वन्यजन्तु
रैथाने ज्ञानका प्रसारक
- शिवराज भट्ट
३० वर्षभन्दा लामो समयदेखि वन्यजन्तु संरक्षणको क्षेत्रमा लगातार खटिने कोही मान्छे नेपालमा छन् भने ती हुन्, विष्णु लामा। लामा धेरै समयसम्म आफ्नो कार्यथलोमा खटिएर मात्रै अब्बल भएका होइनन्। संरक्षणको क्षेत्रमा उनको ज्ञान, अनुभव र तीक्ष्णताले उनलाई बेजोडा बनाएको हो। ४० वर्षअघि चितवनमा सुरु भएको टाइगर इकोलोजिकल प्रोजेक्टमार्फत वन्यजन्तु संरक्षणको क्षेत्रमा होमिएका लामा त्यसयता निरन्तर संरक्षणसम्बन्धी रैथाने ज्ञानको विकास र प्रसारमा समर्पित छन्।
उनीसँग केही अद्भुत सीप र दक्षता छ। त्यही भएर चितवन निकुञ्जमा कुनै पनि जनावरलाई स्थानान्तरण गर्न, उपचार गर्न वा रेडियोकलर जडान गर्नुपरे लामाको उपस्थिति अनिवार्य हुन्छ। उनी डार्ट -जनावरलाई लट्ठयाउनका निम्ति बन्दुकमार्फत सुई हान्ने विधि)का अचूक निसानाबाज हुन्। जनावरको वासस्थान कहाँ छ, जनावरहरू कस्तो अवस्थ्ाामा छन् र तिनीहरूको अनुगमनका लागि के के आवश्यक छ, सबै ज्ञान लामासँग अद्यावधिक हुन्छ। कति औषधी हालेर कुन जनावरलाई डार्ट गर्दा कतिबेरसम्म बेहोस पार्न सकिन्छ, उनलाई यकिन ज्ञान छ। यस्तो ज्ञान उनले आफ्नो निरन्तरको अभ्यासद्वारा हासिल गरेका हुन्, जुन विश्वविद्यालयबाट पाइने ज्ञानभन्दा तिक्खर छ।
अमेरकिा, अस्ट्रेलिया र विभिन्न युरोपेली मुलुकबाट आउने वा नेपालकै जति पनि वन्यजन्तुका अध्ययन र अनुसन्धानकर्ता छन्, तिनका निम्ति लामा निर्विकल्प स्रोतव्यक्ति हुन्। लामाकै सहयोगमा कैयौँ नेपाली र विदेशीले वन्यजन्तुको विषयमा विद्यावारििध गरसिकेका छन्, कैयौँले उनकै सहयोगमा विश्वविद्यालयका विभिन्न तहको शोध सकेका छन्। अनुभवी र वषौर्ंदेखि संरक्षणका क्षेत्रमा सक्रिय रहेर कहलिएकाहरूलाई पनि उनले ज्ञान दिएका छन्।
सम्पन्न परविारमा नजन्मिए पनि र विश्वविद्यालयमा नपढे पनि उनीसँग वन्यजन्तुको विषयमा अथाह ज्ञान छ। वन्यजन्तु संरक्षणको रैथाने ज्ञानका उनी असली प्रसारक हुन्। किनभने, उनी समुदायसम्म पुगेर काम गर्छन्। यही ज्ञान र अनुभवकै कारण लामा पछिल्ला वर्षमा अमेरकिादेखि युरोपससम्म संरक्षणको नेपाली अनुभव साटिरहेका छन्।
(भट्ट चितवन राष्ट्रिय निकुञ्जका पूर्वप्रमुख वार्डेन हुन्।)
कर्णबहादुर विष्ट, कृषि
अगुवा किसान
- युद्धप्रसाद वैद्य
इलाम नगरपालिका-७, सिङपि|mङका कर्णबहादुर विष्टको शरीरको संरचना र सक्रियता हेर्दा ७० वर्ष पुगेको जस्तो लाग्दैन। अहिले पनि उनी परविारका सदस्यसँगै अदुवा खेतीमा निरन्तर लागिरहेका छन्। उनले ३० वर्षअघि थालेको अदुवा खेतीले आफ्नो मात्र परविार धानेको छैन, दैनिक दर्जनजतिले रोजगारी पनि पाएका छन्। उनको सिको गर्दै व्यावसायिक रूपमा १० मनदेखि सय मनसम्म अदुवा रोपी त्यसको आयबाट आर्थिक उन्नति गर्ने कृषक जिल्लामा उल्लेख्य छन्।
जतिबेला मसला र दबाईबाहेक अदुवा बिक्री गरेर आम्दानी गर्न सकिन्छ भन्ने मान्यता बसिसकेको थिएन, त्यस बेला विष्टले पहिलोपटक सोयाङ र गोदकबाट २० किलो अदुवा ल्याएका रहेछन्। उनले घरबारीमा रोपेको अदुवा २० किलोबाट साढे सात मन -४० किलोको एक मन) बनाए। त्यहीँबाट छरछिमेकमा बीउ वितरण गरेका हुन्। अहिले उनको गाउँ अदुवामय भएको छ। लोभलाग्दो आम्दानी पाएपछि उनले केही वर्षअघि ८५ मनसम्म अदुवा रोपे। रोगको प्रकोप, महँगो मजदुरी, भण्डारणको अभावजस्ता समस्याका बाबजुद घर चलाउन र आधुनिक जीवनयापनका लागि उनको आम्दानीको प्रमुख स्रोत अहिलेसम्म अदुवा नै बनेको छ।
प्रहरी सेवामा जागिर खाने क्रममा भोजपुरबाट ०२४ सालमा इलाम आएका विष्ट परविारले परम्परागत खेतीको साटो अदुवालाई प्राथमिकतामा राखेपछि विकल्प खोज्नुपरेको छैन। उनलाई बजारको समस्या छैन। बीउ किन्ने कृषक पनि घरमै आउँछन् भने बाँकी उत्पादन पनि व्यापारीहरूले घरबाटै उठाउँछन्। अन्तरबाली प्रणालीको ज्ञान भएका विष्टले मकैबारी र सुन्तलाबारीभित्र पनि अदुवा फलाएका छन्।
अदुवा खेतीमा उनले बढाएको आकर्षणले अदुवा उत्पादनमा इलाम अहिले मुलुककै एक नम्बरमा पुगेको छ। विडम्बना के भने अदुवावाट राम्रो आम्दानी गर्न सकिने अवस्था हुँदाहुँदै युवा विदेश जाँदा गाउँमा जनशक्तिको अभाव छ। विष्टले जस्तै मिहिनेत गर्ने हो भने अब कमाउनकै निम्ति विदेश
जानु पर्दैन।
(वैद्य इलामका खोजकर्ता हुन्।)
रवीन्द्र पुरी, संरक्षण
सम्पदाका संरक्षक
- रवीन्द्र मिश्र
नेपाली वास्तुकला पछिल्ला कैयौँ दशकदेखि अत्यन्त दुःखद ढंगबाट क्षयीकरण भएको छ। पहिले-पहिले हरेक इँटामा कला हुन्थ्यो। हरेक ढुंगामा कला हुन्थ्यो। हरेक घरमा कला हुन्थ्यो। हरेक मन्दिरमा कला हुन्थ्यो। अहिले ती सबै गुम्दै गएका छन्। र, हामी शौचालयमा हाल्ने टायल मन्दिरमा टाँस्न थालेका छौँ र अचेल ईश्वर बस्ने मन्दिर पनि ढलान गरेको घरजस्तो देखिन थालेको छ। यस्तो परपि्रेक्ष्यमा रवीन्द्र पुरीले नेपाली वास्तुकलालाई पुनःजीवन दिने जुन अभियान सुरु गरे, त्यसबाट नेपाली समाज र नेपाली आर्किटेक्टहरूले धेरै सिक्न सक्छन्। उनले नेपाली वास्तुकलालाई पुनःजीवन दिने अभियान भक्तपुरको नमुना घरबाट जसरी सुरु गरे, त्यो अहिले विस्तार भएर नमुना गाउँदेखि नमुना विद्यालयसम्म फैलिएको छ।
दक्षिण कोरयिाको राजधानी सोउल आधुनिक सहरका रूपमा विकास भएको छ। तर, सहरको एउटा गाउँलाई भने परम्परागत रूपमै राखिएको छ। पुरानो परम्परा झल्काउनका लागि काठमाडौँ उपत्यकाको समृद्ध वास्तुकलाबाहेक अब न त त्यस्त्ाा गाउँ बाँकी छन्, न त्यो परम्परागत र अत्यन्त समृद्ध वास्तुकलालाई कसैले नै पछ्याएको छ। यस्तो परििस्थतिमा रवीन्द्र पुरीले जे गर्दै छन्, त्यो नेपाली सम्पदा संरक्षण, पर्यटन र नेपाली समाजका लागि अद्वितीय योगदान हो।
नेपाली मूर्तिकला संरक्षणमा पनि उनको भूमिका ठूलो छ। अद्वितीय कलाले भरपिूर्ण नेपाली मूर्तिहरू सयौँको संख्यामा चोरी भएर बिक्री भए। बिक्री भएका त्यस्ता मूर्तिहरूको प्रतिरूप बनाएर चोरएिका मूर्तिहरूको संग्रहालय बनाउने अभियानमा पनि दत्तचित्त भएर लागेका छन्। जसका लागि हामी सबैले उनको नमन गर्नैपर्छ।
(मिश्र सञ्चारकर्मी हुन्।)
लवदेव मिश्र, स्वास्थ्य
योगका योद्धा
- हरिप्रसाद पोखरेल
योगका कुशल प्रचारक हुन्, लवदेव मिश्र। डोटीमा जन्मेको १७ दिनमै आमाको काखमा बोकिएर धनगढी झरेका मिश्र आज पनि एक ठाउँमा स्थिर भएर बस्न सक्दैनन्, योगको सन्देश बोकेर हिँडिरहन्छन्, हिँडिरहन्छन्।
०४९ सालमा काठमाडौँस्थित ल क्याम्पसमा स्नातक गर्ने क्रममा वाल्मीकि विद्यापीठमा योग एवं प्राकृतिक चिकित्साको प्रशिक्षण लिएपछि उनको जीवनको बाटो बदलियो। दुई-चार जना बटुलेर योगासन-प्राणायाम सिकाउन थाले । भारतमा स्वामी रामदेवले खुला स्थानमा धेरै मानिसलाई योगासन-प्राणायाम गराएको टेलिभिजनमा देखेपछि हरद्विार पुगेछन्। हरद्विारबाट फर्केपछि रामदेवकै शैलीमा कैलालीका गाउँ-गाउँमा थारू भाषामा खुला योग शिविर चलाए उनले। आफ्नो फोटो राखेर शिविर चलाएको थाहा पाएर प्रभावित रामदेवले ०६३ तिर उनलाई नेपाल आउनुअघि पतञ्जलि योगपीठ हरद्विारको आधिकारकि नेपाल प्रभारी बनाए।
मुलुकका दूरदराजमा आफू र आफ्ना योग शिक्षक पठाएर योग शिक्षा दिने काममा अरूले यति धेरै समय, श्रम र सीप खर्चेको मैले पाएको छैन। उनको कामले भारतमा स्कुल स्कुलमा योग शिक्षा फैलाउने विश्व यातनका संस्थापक धीरेन्द्र ब्रह्मचारीलाई सम्झाएको छ। उनको योग शिक्षाले जनस्वास्थ्यमा पारेको प्रभाव एकदमै सकारात्मक छ। यसबाट रोग लागेकाको स्वास्थ्यमा सुधार आएकै छ, रोग लाग्न नदिन पनि उत्तिकै सघाएको छ। खानपान र आहारविहारमा आएको सचेतनाले मानव शरीरको प्रतिरक्षात्मक र प्रवर्द्धनात्मक प्रणाली राम्रो हुनु स्वाभाविकै हो।
अख्तियार र प्रहरीले मात्र समाजमा नैतिकता र सदाचार स्थापना गर्न सक्दैनन्। योग र ध्यानको माध्यमबाटै विचार परविर्तन सम्भव छ भन्ने पुष्टि भइसकेको छ। मिश्रले देश दौडाहा गरेर घरघरमा योगका माध्यमबाट स्वास्थ्य चेतना फैलाएका छन्। हजारौँका संख्यामा योग शिक्षक तयार गरेका छन्। आमनागरकिलाई स्वस्थ रहन उनले फैलाएको चेतना स्तुत्य छ।
(पोखरेल प्राकृतिक चिकित्सक हुन्।)
फूलमाया तामाङ, सामाजिक उद्यम
भट्टेडाँडाकी सेना
- लुना श्रेष्ठ (ठाकुर)
केही समयअघि पाहुनाका साथ हामी धुलिखेल गएका थियौँ। एक रात बस्नुपर्ने भयो र हामी फूलमाया तामाङको होमस्टेमा बस्न पुग्यौँ। त्यस बेलासम्म मैले उनलाई एउटा उद्यमीका रूपमा मात्र चिनेको थिएँ। तर, भोलिपल्ट पो थाहा भयो उनी त अनुकरणीय सामाजिक कार्यकर्ता पनि रहिछन्। भोलिपल्टको एउटा दृश्यले हामीलाई झन् आश्चर्यमा पार्यो। हामीले चिया पिउँदै गर्दा उनको घरमा किसानको लाइन नै लागिसकेको थियो। उनी ती किसानहरूले ल्याएको दूध परीक्षण गर्दै बनेपा पठाइरहेकी थिइन्।
गाउँलेको सहयोगार्थ एउटा क्लबले उनलाई आर्थिक सहयोग गरेको समेत हामीले थाहा पायौँ। उक्त रकमबाट उनले गाउँलेलाई भैँसी किनेर दिएकी रहिछन्। तर, दूध बेचेर भएको आम्दानीले छोरीलाई स्कुल पठाउन खर्च गर्नुपर्ने सर्त राखिन्। उनको उक्त सकारात्मक पहलका कारण आज स्कुल जाने छोरीहरूको संख्यामा उल्लेख्य वृद्धि भएको छ। उनी र उनको समूहलाई स्थानीय बासिन्दा भट्टेडाँडाका महिलाको सेना पनि भन्दा रहेछन्।
त्यसो त भाले बास्नुपर्नेमा पोथी बास्यो भनेर उनको अभियानमाथि ब्रेक लगाउन खोज्नेको पनि कमी थिएन। तर, उनले हरेस खाइनन्। यसैबीच, पैसा चाहिएका बेला महिलाहरूले आफ्नो घरखेत साहू वा बैंकमा चर्को ब्याजमा बन्धक राख्न नपरोस् र बचत गर्ने बानी पनि बसोस् भनेर उनले सहकारी पनि सञ्चालनमा ल्याइन्। सुरुका दिनमा महिलालाई आश्वस्त पार्न ठूलै मिहिनेत गर्नुपर्यो। तर, सञ्चालनमा आएको १० वर्षमा सयौँ महिला सहकारीको सदस्य बनेका छन्। सहकारीमा गरेको बचतबाट उनीहरूलाई स-साना उद्यम गर्न सहज भएको छ। भट्टेडाँडा होमस्टे यसैको एउटा उदाहरण हो।
हामीले पाँच वर्षयता सामाजिक उद्यमशीलतालाई सहयोग गर्दै आएका छौँ। आ-आफ्नो पेसा-उद्यम गर्दै समाजमा योगदान पुर्याइरहेका यस्ता गुमनाम 'नायक'हरूको खोजी गर्नु नै हाम्रो प्रमुख उद्देश्य हो। अरूका लागि उदाहरण बनून् भन्नका लागि पनि फूलमायाजस्ता व्यक्तित्वलाई हामीले पुरस्कृत गर्ने गरेका छौँ। मानवीयता, साहस, लगन र दृढताका साथै कहिल्यै हरेस नखाने स्वभावकै लागि हामीले उनलाई पुरस्कृत गरेका हौँ। त्यति मात्र होइन, महिलाहरू एकजुट भएमा जस्तोसुकै अवरोध पार गर्न सक्छन् भन्ने समेत प्रमाणित गरेको छ, फूलमायाको सामाजिक उद्यमशीलताले।
(श्रेष्ठ चेन्ज फ्युजन नेपालसँग आबद्घ छिन्।)
पारस खड्का, खेलकुद
'कम्प्लिट प्याकेज’
- विनोद दास
कुनै पनि खेलाडीका लागि विश्वकप खेल्नु आफँैमा गौरवको कुरा हो। त्यसमा पनि आफ्नो टोलीको नेतृत्वदायी भूमिका कमै खेलाडीलाई मात्र प्राप्त हुन्छ। नेपाली खेलकुदमा यस्तै भाग्यमानी खेलाडीमा पर्छन्, पारस खड्का। उनकै नेतृत्वमा गत वर्ष नेपालले बंगलादेशमा आयोजना भएको टी-२० विश्वकप क्रिकेट प्रतियोगिता खेल्यो।
त्यसो त पारसलाई म भाग्यमानी मात्र मान्ने पक्षमा छैन। उनी बेजोडका खेलाडी हुन्, आफ्नो क्षमताप्रति पूर्ण विश्वस्त। म नेपाली टिमको कप्तान हुँदा उनले सत-प्रतिशत प्रदर्शन गर्दै मलाई धेरै सघाए। अहिले आफैँ कप्तान बन्दा पनि उनको खेलमा कुनै समस्या देखिएको छैन। मैदानमा उनी 'लिडर' देखिन्छन्। खेलाडीलाई संगठित गर्ने मात्र होइन, आफैँ पनि बलिङ, ब्याटिङ र फिल्डिङबाट खेलाडीलाई प्रोत्साहित गररिहेका हुन्छन्।
सन् १९९६ देखि अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेयता नेपालले धेरै खेलाडी उत्पादन गरसिकेको छ। तीमध्येका उत्कृष्ट खेलाडी उनै हुन्। सन् २००२ को एसिया कपमा पहिलोपल्ट पारस युथ-१५ टोलीका लागि छनोट हुँदा म राष्ट्रिय टोलीमा समावेश भइसकेको थिएँ। तर, त्यसको दुई वर्षपछि नै उनी राष्ट्रिय टोलीमा समावेश भए। त्यो पनि सन् २००४ मा नेपालमै आयोजना भएको आईसीसी इन्टर कन्टिनेन्टल कपको दोस्रो खेलमा। त्यसबेला कुमको समस्याका कारण म आफैँ टोलीबाट बाहिर बस्नुपर्ने भयो। नेपाललाई मेरो स्थानमा अर्को प्रभावशाली अलराउन्डर आवश्यक थियो। त्यसैले मलेसियाविरुद्धको खेलमा उनलाई पहिलोपल्ट राष्ट्रिय टोलीमा स्थान दिइयो। नभन्दै उनले त्यो खेलमा १ विकेट लिनुका साथै ४४ रन बनाए। त्यसपछि उनी छिट्टै राष्ट्रिय टिमको हिस्सा बनेका हुन्।
पारसले युथ-१५, युथ-१७ हुँदै सन् २००८ मलेसियामा आयोजना भएको युथ-१९ विश्वकपमा कप्तानी गरेे। यसको दुई वर्षपछि उनी मलाई नै पदस्थापन गर्दै राष्ट्रिय टोलीका कप्तान नियुक्त भए। उनको कप्तानीमा नेपालले आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन-५, डिभिजन-४ र डिभिजन-३ जितेको छ। मेरो विचारमा पारसको खेल सन् २००७ देखि निकै माझियो। त्यसयता उनले उत्कृष्ट प्रदर्शन गररिहेका छन्। केही वर्षअघिसम्म शरद भेषवाकर र ज्ञानेन्द्र मल्ल ब्याटिङमा खासै जम्न नसकिरहेका बेला उनले एक्लै 'मिडिल अर्डर'को ब्याटिङ सम्हाले। मलाई लाग्छ, पारस नेपाली क्रिकेटका 'कम्प्लिट प्याकेज' हुन्।
(दास नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान हुन्।)
साभार : नेपाल
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !