CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » 'अभागी’ नेपाली फिल्म

'अभागी’ नेपाली फिल्म

  • दर्शकसम्म नपुग्दै बासी भएका चलचित्र


नवीन सुब्बाले गुडबाई काठमाडौँ बनाएको पाँच वर्ष बित्यो। सुटिङ सकिएकै तीन वर्ष नाघिसक्यो। तर, अहिलेसम्म फिल्म सार्वजनिक हुने टुंगो छैन। निर्देशक, कलाकार र विषयवस्तुका कारण निर्माण सुरु भएदेखि नै धेरैको ध्यान तानेको भए पनि समयमै रििलज नभएपछि गुडबाई काठमाडौँको चर्चासमेत हुन छाडेको छ। मूलधारका मिडियामा मात्र होइन, सामाजिक सञ्जाल र फिल्मी जमघटमा पनि
यसको खोजी भएको छैन।

उसो त सुटिङ सकिएको लामो समय बितिसक्दा पनि रििलज नभएको फिल्म गुडबाई काठमाडौँ मात्र होइन। कति फिल्मले पोस्ट प्रोडक्सन सकेर सिनेमाघरमा प्रवेश पाएका छैनन् भने कति सुटिङ हुँदाहुँदै रोकिएका छन्। सुटिङपश्चात् प्राविधिक समस्याले थन्किएका फिल्मको सूची पनि लामो छ। ढिला रििलज हुँदा एकातिर लगानी बढ्छ, अर्कातिर विषयवस्तु र परविेशका कारण फिल्म बासीजस्तो हुन्छ। त्यसमाथि प्राविधिक समस्या पनि थपिन्छ। ढिला सार्वजनिक भएका अधिकांश फिल्म 'स्टक क्लियरेन्स'जस्तो मात्र हुने र लगानी उठाउन नसक्ने देखिएका छन्।

पोस्ट प्रोडक्सनको काम सकिएर पनि रििलज हुन नपाएका 'अभागी' फिल्ममध्ये एक हो, नारायण पुरी निर्देशित मातृभूमि। वैदेशिक रोजगारमा जाने नेपालीको कथा-व्यथा समेटिएको यो फिल्म पूरा भएको चार वर्ष भए पनि रििलजको कुनै सुरसार छैन। कार्टेलिङ र फिल्मलाई समोसाको भाउ नदिने वितरकहरूको प्रवृत्तिले गर्दा बनिसकेको फिल्म पनि रििलज गर्न नसकिएको दुखेसो पोख्छन्, निर्देशक पुरी। रििलज ढिला भएकाले स्वाभाविकरूपमा प्रविधि र लोकेसनका हिसाबले फिल्म कमजोर भएको छ भने कलाकारहरू सुशील क्षेत्री र सौजन्य सुब्बाको लोकपि्रयता पनि घटिसकेको छ। त्यसैले २२ लाख डुब्ने चिन्तामा छन् उनी। भन्छन्, "जति ढिला भयो, नोक्सान बढ्दै जान्छ। त्यसैले अब लगानी उठ्ने भयो भने मात्र फिल्म दिन्छु।"

नारायणकै अर्को फिल्म ए फर अमेरिकाको काम पनि एक वर्षदेखि रोकिएको छ। कारण हुन्, नायिका रेखा थापा। रेखाले अमेरकिामा सुटिङ गर्न गएका बेला त्यहाँ रहेका नेपालीको अपमान हुने अभिव्यक्ति दिएपछि उनको ठाउँमा नयाँ नायिकालाई अभिनय गराउनुपर्ने बाध्यता आएको छ। किनभने, फिल्मका वितरक अमेरकिाका हुन् र फिल्म अमेरकिा नै लक्षित गरेर बनाइएको हो। तर, अपमानजनक अभिव्यक्तिपछि रेखालाई त्यहाँ बहिष्कार गरएिको छ। त्यसैले रेखाको भूमिकामा रूपा उपाध्यायलाई खेलाउन नारायण छिट्टै अमेरकिा उड्दै छन्।

राजु पराजुली निर्देशित फिल्म हारजितको सुटिङ रोकिएको एक दशक बितिसकेको छ। राजेश हमाल र सञ्चिता लुइँटेलको अभिनय रहेको यो फिल्म निर्माताबीच विवाद उत्पन्न भएपछि ९० प्रतिशत सुटिङ भइसकेपछि अलपत्र परेको हो। कलाकार तथा निर्माता विवेक सापकोटा सहमतिबमोजिम निर्देशकले लगानी नगरेकाले काम अघि नबढेको गुनासो गर्छन्। सोही कारण विकेकसहित अर्का निमर्ाता एलबी तामाङको २८ लाख रुपियाँ डुबेको छ। शंकर घिमिरे र ऋचा घिमिरे जोडीको तुलसी निमर्ाण सम्पन्न भएको पाँच वर्ष बितिसक्दा पनि रििलज भएको छैन। जबकि, घिमिरे दम्पतीले तुलसीभन्दा पछि बनाएको ब्रेकफेल रििलज भएको तीन वर्ष बितिसकेको छ। यो जोडी हाल अमेरकिामा रहेकाले तुलसी अझ केही समय रििलज नहुने पक्का छ। आफ्नो पहिलो फिल्म रििलज नहुँदा नायक विमलेश अधिकारी सबैभन्दा बढी पीडामा छन्। उनको फिल्मीयात्राले पनि गति लिन सकेको छैन।

अशोक शर्माको लगानी रहेको फिल्म शून्यको हल टिजर सार्वजनिक भएको डेढ वर्ष बिते पनि अझै रििलज भएको छैन। बल्ल पोस्ट प्रोडक्सनको काम अन्तिम चरणमा पुगेको छ। फिल्म अब्बल बनाउन बढी समय लागेको र छिट्टै रििलज गर्ने बताए पनि शर्माले समय भने खुलाएनन्। कुमार शाह निर्देशित फिल्म कार्तिक पनि बीच बाटोमै अलपत्र परेको छ। आधा सुटिङ सकिएपछि अघिल्लो असारमा रोकिएको फिल्मको काम अझ अगाडि बढ्न सकेको छैन। शाह भने नायक भूपेन चन्दको डेट मिल्नासाथ सुटिङ सुरु गर्ने बताउँछन्।

लामो समयसम्म रििलज नभएको अर्को प्रतीक्षित फिल्म हो, मिसन पैसा रिलोडेड। लुटजस्तो हिट फिल्म दिएको जोडी माधव वाग्ले र नरेन्द्र महर्जनबीच भएको खटपटका कारण यो फिल्म रििलज हुन नसकेको बताइन्छ। तर, नरेन्द्र  महर्जन यो कुरा स्वीकार्दैनन्। आफूहरूबीच अन्य खालका समस्या भए पनि फिल्मको सवालमा सहकार्य भएको बताउँछन् उनी। छड्केको असफलताले सिकाएको ज्ञान यो फिल्ममा प्रयोग गर्न खोज्दा ढिला भएको उनको दाबी छ। "प्रविधि, प्रस्तुति र विषयवस्तुमा अब्बल बनाउन पटक-पटक रसिुट गर्दै छौँ," उनी भन्छन्, "त्यसैले यसलाई फिल्म राम्रो बनाउन थप समय लिएको अर्थमा बुझ्नुपर्छ।" फिल्ममा ५० लाख लगानी भइसकेको छ। करअिर संकटमा परेका बेलामा पनि फिल्म रििलज नभएपछि फिल्मका चारै मुख्य कलाकार निशा अधिकारी, अमीर गौतम, रेश मरहट्ठा र हषिर्का श्रेष्ठ चिन्तित छन्।

मरहट्ठाकै लगानी रहेको फिल्म च्यालेन्ज रििलज हुने हल्ला चलेको चार वर्ष बितिसक्यो। तर, अझ अत्तोपत्ताे छैन। फिल्म पूरा भए पनि हेर्दा चित्त नबुझेकाले ५०-६० प्रतिशत दृश्य रसिुट गरएिको मरहट्ठाको भनाइ छ। उनले पाश्र्वध्वनिदेखि कलरङिसम्म परविर्तन गरएिको बताए। भन्छन्, "सबैले गर्व गर्न लायक फिल्म बनाउने कोसिस गर्दै छु। त्यसैले लगानी र समय बढी लागे पनि आत्तिएको छैन।" फिल्म यस वर्षभित्र रििलज गर्ने योजनामा छन् उनी।

गुडबाई काठमाडौँ पनि पोस्ट प्रोडक्सनको काम निर्देशक सुब्बालाई चित्त नबुझेर रोकिएको हो। सम्पादनका लागि फिल्म प|mान्स लगिएको थियो भने इटालीबाट सम्पादक झिकाइएको थियो। हालसम्म स्वदेशी र विदेशी गरी १ करोड ३० लाख लगानी भइसकेको निर्मातामध्ये एक पदम सुब्बाले जानकारी दिए। पटक-पटकको सम्पादनका कारण लगानी बढेको र यस वर्षभित्र फिल्म रििलज गर्ने योजना बनाइएको उनको भनाइ छ। पूर्वमिस नेपाल माल्भिका र सहाना बज्राचार्यको यो डेब्यु फिल्म हो तर रिलिज नभएपछि उनीहरूको फिल्मी यात्रा अगाडि बढेको छैन। अभिनेता कर्म र प्रमोद अग्रहरि पनि त्यस्तै संकटमा छन्।

निर्देशक दीपक रायमाझीको निधन भएपछि डेस्टिनेसन काठमाडौँ रििलज हुन सकेको छैन। रायमाझीको 'डि्रम प्रोजेक्ट'लाई मधुसूदन भट्टराईले पूरा गर्ने चासो देखाए पनि तत्काल रिलिज हुने छाँटकाँट छैन । उता, रामराजा दाहालको हे युवा र रामकृष्ण बजगाईंको जनता जिन्दावादको सुटिङ पनि बीचमै रोकियो। दुवै फिल्मको पुनः सुटिङ सुचारु हुने सम्भावना निकै कम छ।

अधिकांश नेपाली निर्मातालाई प्रि-प्रोडक्सनदेखि पोस्ट प्रोडक्सन हुँदै रिलिजसम्म कति खर्च र समय लाग्छ भन्ने थाहा हुँदैन। व्यावसायिकभन्दा अन्य स्वार्थ लिएर फिल्म निर्माण गर्नेको जमात ठूलो छ। लहलहै र देखासिखीको भरमा सुटिङ सुरु गर्छन्। त्यसैले सुटिङ भ्याउनै मुस्किल हुन्छ। बल्लतल्ल सुटिङ सके पनि पोस्ट प्रोडक्सनमा समस्या आइपर्छ। र, लगानी बालुवामा पानी खन्याएजस्तै हुन्छ। निर्माता संघका प्रवक्ता सुरेश दर्पण पोखरेल भन्छन्, "बजेट र विषयवस्तुको यथेष्ट गृहकार्यबिना नै सुटिङ सुरु गर्ने गलत प्रवृत्तिले फिल्महरू गर्भमै तुहिन्छन्।"
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis