CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » ३१ ज्यान लिएको दुर्घटना, कारण सबलाई थाहा छ, निवारण नि?

३१ ज्यान लिएको दुर्घटना, कारण सबलाई थाहा छ, निवारण नि?

busसोमबार जुम्ला उडेको नेपाल वायुसेवा निगमको ३० वर्ष पुरानो चिलगाडी दुर्घटनाबाट जोगियो। तर त्यही दिन डोटीबाट अर्को दुर्घटनाको खबर आयो। छतिवन गाउँ विकास समिति–५,कट्कटेमा एउटा बस सडकबाट करिब ३ सय मिटर तल खस्यो। कति भयानक थियो दुर्घटना भनेर त माथि वरुण पनेरुको फोटोमा क्षतविक्षत भएको बस देखेरै अनुमान गर्न सकिन्छ। मंगलबार उपचार गराइरहेका थप दुई जनाको मृत्यु भएपछि मर्नेको संख्या ३१ पुगिसकेको छ। ३१ भनेको ३ र १ को संख्या मात्र हैन, हरेकको परिवारमा पीडा जोडिएको छ। एउटै गाउँका १९ जना परेका छन्। त्यो
गाउँका सबैजसो पुरुष मृत्यु वा घाइते भएका रहेछन्। दुर्घटनामा बाबुआमा मरिसके तर अस्पतालको बेडमा रहेका घाइते बालबालिकाहरु आमा आउनु हुन्छ भनेर पर्खिबसेको ह्रदयविदारक खबर आइरहेका छन्। किन भयो त यस्तो भयावह दुर्घटना ?
कारण थाहा नभएको होइन। प्रधानमन्त्री सुशील कोइरालाले जारी गरेको समवेदना सन्देशमा कारण बुझिने गरी लेखिएको छ-
‘नेपालमा सडक दुर्घटना ठूलो समस्याको रुपमा रही आएको छ। साँघुरा कच्ची सडक, सवारी साधनमा भारवहन क्षमताभन्दा बढी यात्रुको चाप, सवारी साधनको मर्मत संभारमा हेलचक्र्याई ,चालकहरुको असावधानीका साथै सीट नभएपनि जबरजस्ती कोचिएर यात्रा गर्ने यात्रुहरुको प्रबृत्तिले यस्ता दुःखद दुर्घटनामा कमी आउन सकेको छैन। यस दुःखद घडीमा आगामी दिनमा यस्ता कमजोरी हटाउदै सड्क यातायात दुर्घटनाबाट भैरहेको मानवीय क्षति रोक्न संस्थागत प्रयासको थालनी गरिने बचनबद्धता व्यक्त गर्दछु।
स्थानीय जनताकाको माग र आवश्यकता अनुसार निर्माण गरिएका सडकहरुलाई बैज्ञानिक तवरको बनाउदै स्तरोन्नति गर्ने, सवारी साधनको अवस्थामा नियमित निगरानी राख्ने, सवारी साधनको भारवहन क्षमता र यात्रु तथा सामानको भारको नियमित जाँचमा पनि संबन्धित निकायहरुलाई परिचालित गरी सडक दुर्घटनालाई न्यून गर्नेतर्फ सरकारले आवश्यक कदम चाल्ने आश्वासन दिन चाहन्छु।’
भनेपछि जसले प्रधानमन्त्रीको यो वक्तव्य ड्राफ्ट गर्‍यो, उसलाई अनि उसले थाहा पाएपछि देशका टाउकेहरु सबलाई थाहा छ किन यस्ता दुर्घटना हन्छन् भनी। अनुगमन र निगरानी गर्न नसक्ने प्रशासनको घैँटोमा अब प्रधानमन्त्रीले वचन दिएपछि घाम लाग्ला त?
उता दुर्घटनाको दोष कसको टाउकोमा थोपर्ने भन्ने विषयमा प्रतिस्पर्धा भइरहेको जस्तो देखिएको छ।
सिट क्षमताभन्दा दोब्बरभन्दा बढी करिब ९० जना चढेको यो बस पहिलोपटक दशैँमा गुडाइएको रहेछ। डोजरले समेत नकाटेको जिपमात्रै चल्ने बाटोमा बस गुडाइएको रहेछ। त्यही पनि कोचाकोच भरेर। अझ गाडीको पट्टा बीच बाटैमा भाँचेको पो रे। अप्ठेरो घुम्तीमा पहिरो गएको ठाउँमा मोड्न खोज्दा बस तल खसेको रहेछ।
सुदूर पश्चिम यातायात व्यवसायी संघले इजाजत नभएको र बाटो पनि राम्रोसँग नबनेको ठाउँमा गाडी चलाएकोले दुर्घटना भएको भन्दै दोष जति अर्काको टाउकोमा थोपर्न खोजेको छ। तर समितिले इजाजत नदिएको भने पनि गाडीको चलानी भने सोही यातायातले दिएको छ। भनेपछि समितिको पनि लापरवाही त हो नि।
विमान दुर्घटना हुँदा मात्र छानबिन समिति बनाउने गाडी दुर्घटना हुँदा नहुने भनेर आलोचना भइरहेको बेला भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय छानबिन समिति पनि गठन गरिसकेको छ। मन्त्रालयका सहससचिव रविन्द्रनाथ श्रेष्ठको संयोजकत्वमा सडक विभाग, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी र यातायात व्यवसायी महासङ्घको प्रतिनिधि रहने समिति गठन गरिएको हो। गठित समितिलाई दुर्घटनाको कारण दोषीको पहिचान गरी १५ दिनभित्र आफ्नो प्रतिवेदन मन्त्रालय समक्ष पेस गर्न निर्देशन दिइएको छ।

साभार : माई संसार 
Share this article :

1 comment:

  1. मेरो नाम केभिन एडम्स, बंधक ऋण उधारो एडम्स तिर्ने कम्पनी को एक प्रतिनिधि, म 2% ब्याज मा ऋण दिनेछ छ। हामी विभिन्न को सबै प्रकार को 2% ब्याज मा ऋण प्रदान प्रदान। हामी ऋण को सबै प्रकार प्रदान। यदि
    तपाईं सम्पर्क अब यो इमेल एक ऋण आवश्यक adams.credi@gmail.com:

    ReplyDelete



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis