CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » यौनकर्मीको संगत छाड्न सकिएन .. लौन के गरूँ ?

यौनकर्मीको संगत छाड्न सकिएन .. लौन के गरूँ ?

म २३ वर्षीय स्नातक तहको विद्यार्थी हुँ । अहिले म ब्याइज होस्टलमा बसेर अध्ययनरत छु । गाउँबाट मेरा लागि आमा-बुबाले सकी-नसकी खर्च पठाउनुहुन्छ । म भने यौन आवेगमा यौनकर्मीकहाँ जान्छु र धेरैजसो पैसा त्यसैमा खर्च गर्छु । बेरोजगार भएकाले विवाह गर्न सक्दिनँ । एउटी केटीलाई मन पराउँथें, तर उनीसँग यौनप्रस्ताव राख्न सकिनँ । यसले मेरो चिन्ता बढाएको छ । म गलत बाटोमा लागिरहेको छु भनेर आफैंलाई
धिक्कार्छु । मेरो पढाइ पनि बिग्रन थालेको छ । यति हुँदाहुँदै पनि यौनकर्मीको संगत छाड्न सकेको छैन । यो कस्तो खालको रोग हो र मैले के गर्नुपर्छ ?

बीएस



तपाइर्ंले यौनकर्मीकहाँ जानु एकातिर समस्या हो भन्ने कुरा बुझ्नुभएको छ भने अर्कातिर जान छोड्न सकेको छैन पनि भनिरहनुभएको छ, जसअनुसार तपाईं उल्झनमा हुनुहुन्छ भन्ने प्रस्ट बुझिन्छ । अब चर्चा गरौं, यो विषयलाई लिएर गरिएका केही अध्ययनको । अमेरिकामा १५ वर्ष लगाएर गरिएको अध्ययनअनुसार पुरुषहरू जो यौनकर्मीकहाँ जान्छन् उनीहरूलेे पैसा तिरेपछि क्षणिक भए पनि यौनकर्मीले पूर्ण रूपमा माया गरेको, हेरविचार गरेको र आफूप्रति समर्पित भएको महसुस गर्छन् । उनीहरूले यौनकर्मीसँगको सम्पर्कमा कुनै जिम्मेवारी बहन गर्नु नपर्ने, आत्मीयताका कारण पुग्ने चोटको सामना गर्नु नपर्ने, उसलाई खुसी दिने कुरा सोच्नु नपर्ने जस्ता तथ्य उल्लेख गरेका छन् । सर्वेक्षणमा सहभागी पुरुषहरूले विशेष गरेर आफू आकर्षणको केन्द्रबिन्दुमा भएको महसुस गर्ने कुरा पनि बताएका छन् । 

तपाईंले यौनकर्मीकहाँ जाने लत नै लागिसकेको छ कि छैन भन्ने कुरामा ध्यान पुर्‍याउनुपर्ने हुन्छ । लत नै पछि कुलतमा परिणत हुन्छ । त्यसले तपाइर्ंको दैनिक जीवनमा हानि-नोक्सानी नपुर्‍याएसम्म त्यति नराम्रो गर्दैन, तर दैनिक कामकाज वा सिर्जनशीलतामै हानि-नोक्सानी पुर्‍याउन थाल्यो भने त्यसलाई नराम्रो मान्नुपर्ने हुन्छ । कुनै मान्छेले दिनहुँ लामो समयसम्म यस्तो कुरा सोचिरहने हो भने उसको मनोभावनामा असर पर्न थाल्न सक्छ । किनभने लामो समयसम्म यस्तो गतिविधिमा लागिरहँदा त्यसको सीधा असर उसका अन्य गतिविधिहरूमा पर्न थालिसकेको हुन्छ, अन्य सम्बन्ध टुट्न थालिसकेको हुन्छ । कार्यालयमा काम गर्ने हो भने समयमा काम पूरा गर्न नसक्ने तथा सिर्जनशील हुन नसक्ने समस्या उत्पन्न भैसकेको हुन्छ । कामको दबाब महसुस हुन थालिसकेको हुन्छ । त्यसबाट गाली खान वा आलोचना खेप्न थालिसकेको हुन्छ । दैनिक उठबस, हिँडडुल, शारिरीक अभ्यास आदि गतिविधिमा असन्तुलन आइसकेको हुन्छ । मान्छेले थाहा नपाइर्ं त्यसलाई कुलत बनाइसकेको हुन्छ । त्यसका अनेकन मनोवैज्ञानिक असर हुन्छन् । केही विज्ञले त आफ्नो सम्बन्धभन्दा बाहिरका कुनै पनि प्रकारका यौनजन्य गतिविधिलाई नै गलत भन्ने गरेका छन् । घरमा आफ्नी यौनसाथी छँदाछँदै यौनकर्मीप्रति निर्भर हुन थाले त्यसले सम्बन्धमा समस्या पैदा गर्ने कुरा त छँदैछ । धेरै यौनकर्मीसँगको सम्पर्कले शारीरिक तथा सामाजिक जीवनमा समेत असर पर्न सक्छ । यसबाट यौनरोगहरूको संक्रमणको प्रबल सम्भावना हुन्छ र पछि पश्चातापको भावना उत्पन्न हुन सक्छ । बाहिरबाट अरूले सम्बन्धित व्यक्तिको मानसिकता बुझ्न नसक्दा आक्षेपको सामना गर्नुपर्ने तथा कानुनी झन्झटमा पर्न सकिने सम्भावना पनि उत्तिकै छ ।  

त्यसैले सेक्सबाहेकका मनोरञ्जनका माध्यममा समय बिताउने वा अन्य मनोरञ्जक गतिविधिमा सहभागी हुने बानी बसाले यौनकर्मीकहाँ जाने बानीमा परिवर्तन हुँदै जान्छ । स्थायी रूपमा यौनसाथीको संगतमा पुग्दा पनि यस्ता बानीमा कटौती हुन्छ । 
साभार : साप्ताहिक 
फोटो : इन्टरनेट बाट 
Share this article :

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis