CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » ओए मन्त्रीज्यू ! हेर्नोस् राजधानीबासीको पीडा (फोटोकथा) काठमाडौंमा गाडी चढ्न सगरमाथाजस्तै कठिन

ओए मन्त्रीज्यू ! हेर्नोस् राजधानीबासीको पीडा (फोटोकथा) काठमाडौंमा गाडी चढ्न सगरमाथाजस्तै कठिन

night bus (21)२ मंसिर, काठमाडौं । कर्णालीवासीले गाडी चढ्न पाएनन् भन्ने सुन्दा अनौठो नहोला । तर, मुलुकको राजधानीकै फराकिलो सडकमा सार्वजनिक सवारीमा यात्रा गर्नु मल्लयुद्ध जित्नजस्तै कठिन हुन थालेको छ काठमाडौंबासीलाई ।

रत्नपार्क, पुरानो बसपार्क, सुन्धारा र अनामनगर लगायतका स्थानमा अपराहृनदेखि साँझसम्म गन्तव्यमा पुग्ने गाडी नपाएर छटपटाइरहेका
यात्रुहरुको विशाल भीड लाग्ने गरेको छ ।
night bus__650ठूला नेता, प्रशासक, ट्राफिकका हाकिम र मन्त्रीहरु यही बाटो भएर झण्डावाल गाडीमा हिँड्छन् । तर, उनीहरुले यात्रुहरुको यो भीडभाड र समस्याप्रति अलिकति पनि वास्ता गर्दैनन् ।
हेर्नुहोस् भिडियो-
night bus (14)बलिया पाखुरा भएका युवालाई समेत गाडी चढ्न मुस्किल हुन्छ । काखे बच्चा लिएका आमा, वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति, रोगी वा बिरामीहरुले त सार्वजनिक सवारीको ढोकाबाट भित्र छिर्ने कल्पना नगरे पनि हुन्छ ।
night bus (6)दिनभरि शहरमा, अध्ययन, व्यापार व्यवसाय, जागिर, किनमेल वा मजदुरी गरेर घर फर्कनका लागि राजधानीवासीले दिनहुँ सास्ती खेपिरहेका छन् ।
night bus (19)जनताको यति ठूलो हिस्साले दिनहुँ भोगेको यो दुःखप्रति सरकारले कुनै चासो दिएको छैन ।
night bus (30)यात्रुहरुको भीड लाग्ने गरेको पुरानो बसपार्ककै नजिकबाट सिंहदरबार देखिन्छ । त्यहाँभित्र ‘हेल्लो सरकार’ पनि छ । तर, सिंहदरबारभित्रको हेल्लो सरकारले आफ्नै नांगो आँखै अगाडिको यो समस्या देख्दैन भने कर्णालीका जनताको दुःख कसले देखोस् ? night bus (28)राजधानीमा बढ्दो शहरीकरणसँगै पर्याप्त सार्वजनिक सवारी साधनहरु नहुँदा जनसंख्यालाई धान्ने यातायातका साधनको अभाव भएको हो ।
night bus (17)दिउँसो चल्ने सवारी साधनको विकल्पमा महानगरपालिकाले रात्रीबस सेवा सञ्चालन गर्ने भने पनि साँझमा घर जाने बाध्यतामा रहेका सर्वसाधारणले यो सुविधा पाउन सकेका छैनन् ।
night bus (24)नागरिकको दुःखलाई मध्यनजर गर्दै यातायात व्यवस्था विभागले उचित विकल्प दिन सकेको छैन ।
साभार : अनलाईन खबर 
Share this article :

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis