CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » कसैको भित्री पहिरन देख्नेबित्तिकै यौन उत्तेजना बढ्छ किन ?

कसैको भित्री पहिरन देख्नेबित्तिकै यौन उत्तेजना बढ्छ किन ?


मलाई यौनसम्पर्कमा धेरै नै रुचि छ र गर्छु पनि । मलाई किन-किन युवतीहरूको भित्री पहिरन जस्तो कि ब्रा वा पेन्टीको रंगमा रुचि रहन्छ । कसैको भित्री पहिरन देख्नेबित्तिकै यौन उत्तेजना बढ्छ भने कसैको भित्री पहिरन देख्नेबित्तिकै उत्तेजना घट्छ र यौनसम्पर्क नै नगरौं जस्तो लाग्छ । किन यस्तो भएको होला ?


७०७७ 



भित्री पहिरन र यौन उत्तेजना 

किन पुरुषहरू महिलाको भित्री पहिरन जस्तै ब्रा वा पेन्टीप्रति आकषिर्त हुन्छन् ? थुनचोली (ब्रा) वा पेन्टीजस्ता कुरा महिला शरीरको यौन संवेदनशील अङ्ग वा भनौं यौनाङ्गको प्रत्यक्ष सम्पर्कमा हुन्छ । यी विशेष पहिरन सामान्यत: अन्य व्यक्तिको सम्पर्कमा आएका हुँदैनन् र धुने-सुकाउने कार्य पनि प्रायश: महिलाले नै गर्छन् । यो महिलाको अन्तरंग परिहन हो । यी परिहनले स्तन वा यौनाङ्गजस्ता अङ्ग छोप्ने भए पनि त्यसको पछिल्तिरको अङ्गको परिकल्पनालाई पनि प्रोत्साहित गर्छ जुन आफैंमा यौन उत्तेजक हुन्छ । 

सामान्य व्यक्तिलाई यौन उत्तेजना प्रदान नगर्ने वस्तु वा व्यवहारवाट यौन उत्तेजना प्राप्त गर्नु प्याराफिलिया हो । यस्तो प्याराफिलियामध्ये एक Fetishism  हो, जसमा यौन उत्तेजना प्राप्तिका लागि यौनसँग प्रत्यक्ष सम्बन्ध नभएको वस्तु वा शरीरको अङ्गको प्रयोग गरिन्छ । उदाहरणका लागि जुत्ता, महिलाको भित्री पहिरन, पन्जा वा कोमल वस्त्र । कहिलेकाहीं विशेष वस्तुले बनेको कुराप्रति पनि त्यस्तो आकर्षण हुनसक्छ, जस्तै कि छाला, रबर, रेशम वा भुवा । कतिपय त त्यस्ता वस्तु चोरी गर्नसमेत पछि पर्दैनन् । महिलाका भित्री पहिरनको सन्दर्भमा यो प्याराफिलिया हो वा होइन भन्ने कुरामा एक मत नभएको स्थिति पनि छ । 

रंग र यौन सम्बन्धी केही कुरा 

हाम्रो जीवनमा रंगको निकै महत्व छ । कतिपय रंग हामीलाई मन पर्छन् भने कति राम्रा लाग्दैनन् । हाम्रो मनस्थितीमा पनि त्यसले प्रभाव पार्छ । केहीले हामीलाई शान्त बनाउँछन् भने केहीले बेखुसी बनाउँछन् । रंग रुचिकर लाग्ने वा नलाग्ने कुरा प्रत्यक्ष चेतन मनसँग मात्र होइन, अचेतन मनसँग पनि जोडिएको हुन्छ, त्यसैले कतिपय स्थितिमा हामीले राम्रोसँग थाहै नपाएको पनि हुन सक्छ । जे होस्, रंगको प्रभाव हाम्रो मनस्थिति, अनुभुति अनि रुचि-अरुचिमा पर्छ ।

व्यक्तिले लगाउने पहिरनको रंगले उसको व्यक्तित्व वा पहिचानलाई मुखरित गर्छ । यो कुरा भित्री पहिरनमा पनि लागू हुन्छ । रंग र त्यसको यौनसँगको सन्दर्भका के-कस्तो अर्थ लाग्छ भन्ने विषयमा सबैको एकमत नभए पनि केही विशेष अर्थ लाग्छ वा लगाइन्छ र त्यसलाई सामाजिक समूह, जाति वा संस्कृतिजस्ता कुराले फरक पार्छ । जे होस्, रंग तथा यौनको सन्दर्भमा संसारमा प्रचलित केही कुराका सन्दर्भमा चर्चा गरौं । 

सेतो रंगले पवित्रता वा निर्मलतालाई संकेत गर्छ । कालो रंगले भने अश्लील अनि विकृतपनलाई संकेत गर्छ । खरानी रंगले दुविधायुक्त अनि अनिश्चिततालाई जनाउँछ । गुलाबी रंगले हँसी मजाक, मनोरञ्जन एवं आफ्नो सुखका लागि लागिपर्ने भन्ने जनाउँछ । पहेँलोले यौन 

परिस्थिति अनुकूल बनाउने तथा विनम्र हुने कुरालाई जनाउँछ, केहीले यसलाई अनिर्णय अनि रुग्णतासँग पनि जोड्छन् । सुन्तला रंगले आत्मकेन्दि्रत हुने कुरा जनाउँछ । प्याजी रंगले सतही रूपमा अनि श्रङ्गारमा मात्र ध्यान दिने जनाउँछ । रातो रंगले यौन आकर्षक हुनुका साथै कामुकतालाई पनि प्रदर्शित गर्छ । नीलो रंगले कोमल, रोमान्टिक हुने कुरालाई जनाउँछ । त्यसैगरी हरियो रंगले ताजापन, स्वच्छता अनि अबोधपनलाई संकेत गर्छ । खैरो रंगले न्यानोपन अनि संवेदनशीलतालाई संकेत गर्छ । 

व्यक्ति-व्यक्ति अनुसार रंग मन पर्ने वा मन नपर्ने हुन्छ । आफूले लगाउने वा आफ्ना नजिकका व्यक्तिले लगाउने सन्दर्भमा आफ्नो रुचिअनुरूपको पहिरन होस् भन्ने चाहना सबैमा देखिन्छ । सबैलाई केही निश्चित रंग अपि्रय लाग्छन् ।

भित्री पहिरनको भय

विरलै भए पनि केही व्यक्तिलाई भित्री पहिरनको भय उन्पन्न हुन्छ । त्यस्तो विशेष गरेर पुरुषलाई महिलाको पहिरनलाई लिएर हुन्छ । यो एक मानसिक रोग हो, जसलाई obsessive compulsive Disorder को सुरुवाती लक्षणका रूपमा पनि लिइन्छ । हामीलाई थाहै छ, यस्तो स्थिति संक्रमणको भयसँग सम्बन्धित हुन सक्छ । हामीलाई थाहै छ कि धेरैले यौनाङ्गलाई फोहोर अङ्गका रूपमा लिइने र सधैं त्यसको सम्पर्कमा रहने अङ्गलाई संक्रमणको स्रोतका रूपमा लिने हुनाले एक किसिमको भय उत्पन्न हुन्छ । भित्री पहिरनसँगको भयलाई अंग्रेजीमा snickophoia भनिन्छ । यस्तो स्थितिको सुरुवात वास्तवमा पहिले भित्री पहिरनलाई लिएर कुनै अपि्रय घटना घटेको भए त्यसको अमिट छाप परेको हुन सक्छ र त्यो पछि कुनै बेला अचानक देखिन्छ । कतिपयलाई यससँग सम्बन्धित पहिलेको अनुभवले यति असजिलो पार्छ कि उनीहरू त्यसबाट परहेज चाहन्छन् । यस्तो स्थितिमा भित्री पहिरनको दर्शन, स्पर्श वा गन्धले यौन उत्तेजनालाई बढाउनुको सट्टा मार्न सक्छ ।  

तपाईंलाई के भएको होला ?

तपाईंले दिनुभएको सीमित जानकारीका आधारमा यसै भन्न सकिने स्थिति छैन । विशेष किसिमको रंगको महिलाको भित्री पहिरनप्रति तपाईंको पूर्वअनुभव नकारात्मक भएको कुनै घटना भए त्यसमा ध्यान पुर्‍याउनुहोस् । तपाईंको स्थितिमा रंग विशेषको भित्री पहिरनसँगको भय भएको अनुमान गर्न सकिन्छ । यसले तपाईंको दैनिक वा यौनजीवनलाई प्रभावित गर्न लागे मनोचिकित्सकसँग सम्पर्क गर्नुहुन सल्लाह दिन्छु ।


साभार : ईकान्तिपुर् 
Share this article :

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis