CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » हत्तेरिका यहि हो त पर्यटकीय नगरी ठमेल ? ! (फोटोफीचर)

हत्तेरिका यहि हो त पर्यटकीय नगरी ठमेल ? ! (फोटोफीचर)

Thamel mess (2)काठमाडौं, पुस २१– ठमेल देशको प्रमुख पर्यटकीय स्थल हो । बाह्य पर्यटकको खान–पान उठबस हुने स्थल नै त्यहि ठमेल हो । त्यसो त ठमेललाई राजधानी भित्रको राजधानीसमेत भनिन्छ । तर त्यहि ठमेल पुग्ने प्रमुख द्वार लैनचौर पुग्नेबित्तिकै तपाईंलाई हिलाम्य सडकले स्वागत गरिरहेको हुनेछ ।



Thamel mess (1)

Thamel mess (2)लैनचौरदेखि सोह्रखुट्टेसम्मको यात्रा गर्दा मात्रै ठमेलको असलीरुप देखिनेछ । सडकमा सवारी साधन गुडिरहेका हुन्छन्, तिनिहरु रोपाईंका बाउसे र रोपारजस्ता देखिन्छन् । सडक विस्तारको लागि भन्दै दुई वर्ष अघिदेखि भत्काइएको सडक हाल सम्मपनि मर्मत नहुँदा पर्यटक मात्रै होइन सो क्षेत्रका बासिन्दासमेत समस्यामा पर्दै आएका छन् । ‘हामीलाई त बानी परिसक्यो यो हिलाम्य सडक हिड्ने ।’ स्थानीय अजयमान प्रजयले भने ‘पर्यटकले चाहि साह्रै असहज महसुस गर्छन् ।’
ठमेलको इज्जत राष्ट्रको इज्जत हो ।
Thamel mess (5)यहाँ देखिने भद्रगोलले अन्तराष्ट्रिय रुपमा नेपाललाई चिनाउँछ । यहाँको हिलाम्य सडकका कारण पर्यटक घट्न थालेकोसमेत पर्यटन व्यावसायीको गुनासो छ । पर्यटन व्यावसायी राम सापकोटा ‘कमल’ ठमेलको सडक अवस्थाले पर्यटक अत्यन्त समस्यामा पारेको बताउँछन् । ‘आजकाल ठमेल भित्रिएका पर्यटक पहाडबाट झरेका पहाडियाजस्तै लाग्छन् ।’ उनले भने ‘ यसबाट नेपालीहरु राम्रो व्यवस्थापन गर्न असफल छन् भन्ने सन्देश जान्छ ।’
Thamel mess (3)Thamel mess (4)Thamel mess (6)Thamel mess (7)Thamel mess (8)Thamel mess (9)Thamel mess (10)Thamel mess (11)
तस्बिरः गोकर्ण लामिछाने
साभार : रातो पाटी 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis